how-to-get-jobआजको समयमा मानिसहरू प्राय जागिर बाटै आफ्नो गुजारा चलाउने गर्छन् । धेरै मानिस आफ्नो र परिवारको जीवन गुजारा गर्नका लागी अर्को जागिर नै खाने बाटोलाई सहज सोच्छन् र सकेसम्म जागिरको खोजीमा नै हिड्ने गर्छन् । यस्तो अवस्थामा धेरैलाइ जागिरको निकै महत्व हुन्छ । यो निकै प्रतिष्पर्धाको बजारमा सहजै जागिर पाउनु निकै गाह्रो हुन्छ भने बढुवा पाउन पनि त्यति सहज हुँदैन ।

यस्तो अवस्थामा मानिसले गर्नुपर्ने केही केही कार्य तथा पर्याउनुपर्ने विचारहरु छन्, जसलाई मानिसले विचार गर्न सके सफल हुन सहज हुन्छ । राजनीति र अर्थनीतिका महान् आचार्य चाणक्यले यस्ता ६ कुराहरू भनेका छन् जसलाई ध्यान दिन सके आफ्नो जीवनमा जागीर र बढवाको चिन्ताबाट मुक्ति पाइनेछ । थाहा पाऔ ती कुराहरू के-के हन् र जीवनमा लागू गर्ने प्रयास गरौ…

– मानिसले आफ्नो वर्तमान अवस्था कस्तो छ कुन परिस्थितिबाट आफुलाई गुजारिरहेको छ त्यो बारेमा ध्यान दिनु जरूरी हुन्छ । यसै आधारमा आफूले गर्नुपर्ने कामलाई विचार गर्नु उपयुक्त हुन्छ ।

– मानिसले आफ्नो शत्रु र मित्र छुट्टयाउन सक्नु पर्छ । आफ्नो साँचो मित्र को हो भनेर छुट्टयाउन सक्नु पनि सफलताको एउटा शुत्र हो । धेरै अवस्थामा मित्रको रूपमा शत्रु लुकेका हुन्छन् । उनीहरुबाट बच्न सक्नु निकै गाह्रो हुन्छ र बच्न सकेको खण्डमा मानिसलाइ अगाडि बढ्न निकै सहज हुन्छ ।

– मानिसले आफू बसेको वातावरणलाई पनि विचार पुर्याउनु पर्छ । आफू बसेको वातावरण कस्तो छ र त्यसले आफूलाई कस्तो प्रभाव पारिरहेको छ भन्ने ज्ञात हुनु आवश्यक हुन्छ ।

– मानिसलाई आफ्नो आय र व्ययका बारेमा जानकारी हुन जरूरी हुन्छ । आयव्ययको जानकारीबाट मात्र मानिसले आफू घरव्यवहार चलाउनुपर्छ ।

– मानिसलाई आफू कति योग्य छु र के-के काम आफूले राम्रोसँग गर्छु भन्ने ज्ञान हुनु पनि आवश्यक छ । जुनमा काममा आफूलाई सफलता पाउन सहज हुन्छ सोही काममा हात हाल्नाले काम गर्न सहजता आउँछ र कामको फल पनि सहजै पाइन्छ ।

– मानिसले आफ्नो गुरू को हो भन्ने पनि थाहा पाउनु जरूरी हुन्छ । र गुरूको आज्ञा अनुसार नै काम गर्नु फलदायी हुन्छ । गुरूको निर्देशन अनुसार काम गर्न सके मानिस कुनै दुःख भोग्नबाट बच्न सक्छ ।

यसरी मानिसले हरेक समयलाई चिन्ने, आफ्नो समय कस्तो छ जान्ने, आफ्नो मित्र र शत्रु छुट्याउने, कमाई र खर्चबारे जानकारी राख्ने जस्ता कुराहरु विचार गरे कुनै प्रकारको दुःख र चिन्ताको सामना गर्नु पर्दैन ।