communist-flag३२ साउन, बुटवल । विभिन्न पार्टीमा सक्रिय रहेका करिब ६ सय ५० युवा एकीकृत नेकपा (माओवादी)मा छिरेको पार्टीले दावी गरेको छ ।

आगामी संविधानसभाको निर्वाचन सफल पार्न एकीकृत नेकपा माओवादीले चलाएको जनसम्बन्ध अभियान अन्तर्गत शुत्रबार बुटवलमा अवध राज्य स्तरीय जनसभा कार्यक्रममा ती युवाहरूलाई पार्टी अध्कय्ष पुषड्पकमल दाहाल प्रचण्डले अविर लगाएर पार्टी प्रवेश गराएका छन् ।

यसअघि क्रान्तिकारी पत्रकार संघ रुपन्देहीद्वारा शुक्रबार भैरहवाको गौतम बुद्ध विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफूहरू निर्वाचन सार्ने पक्षमा नरहेको बताएका छन् । उनले बैद्य माओवादीलाई निर्वाचवनमा ल्याउने वातावरण तयार भइसकेको बताउँदै वैद्य समूह पनि निर्वाचनमा आउने दावी गरेका छन् ।

अध्यक्ष प्रचण्डले वैद्य नेतृत्वको माओवादी पहिलेको अडानभन्दा लचक भएकाले निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका हुन् । निर्वाचन बहिष्कारको लोकतान्त्रिक अधिकार सबैको भए पनि निर्वाचनमा नआए वैद्यजीहरुलाई घाटा हुने प्रचण्डको भनाई थियो ।

बिहिबार उच्च स्तरीय राजनीतिक समिति र संघीय लोकतान्त्रिक मोर्चाबीच ६ बुँदे सहमति भई मोर्चा चुनावमा जान सहमत भएकोले मंसिर ४ गते नै संविधानसभाको निर्वाचन हुने उनको दावी थियो ।