दिल निसानी मगर

मेरो बाल्यकाल कसरी बित्यो स्वयं मलाई पनि थाहा छैन । तर बाबाले भन्नुहुन्थ्यो ‘हेर लोकु पछि गएर तिमी ठुलो मान्छे हुनेछौ ।’ त्यसैले मेरो शारिरीक बनावट निकै ठुलो छ, खाइ लागेको ज्यान छ, हृष्टपुष्ट छु ।

लेखक

लेखक

गाँउको सामान्य किसान परिवारमा जन्मेको म आँटो, ढिडोँ, गुन्द्रुक नखाने त कुरै भएन । तर यी अर्गानिक खान्किहरु खाएका कारण मात्रै मेरो जिउ सप्लाएको होइन । कालान्तारमा म राजखानदानीको सामिप्यमा पुगे । अनि अरु धेरै थोक खाँए ।

जेल, नेल, हण्डर बाहेक सबैथोक खाए । बाबाले ‘लोकु’ भनेर बोलाउँथे । अब बिस्तारै म सम्माननिय लोकमानसिंह कार्की हुदैँ गए । अति बिशिष्ट कक्षमा बस्न थाले ।

जीवन रफ्तार रहेछ हेर्नुहोस् । यात्राको डौडानमा घोडा चढिन कि, हात्ति चढिन कि, रेल चढिन कि, मैले के-के गरिन, के-के चढिन ? हुँला अहिले ति कुरा संमरणले सम्झन भ्याउँदैन । सेना र प्रहरीहरु तनक्क तन्किए। मलाई सलाम हान्दा बाबाले ठुलो मान्छे बन्छस् भनेको साँच्चै रहेछ भन्ने भयो ।

ज्ञानेन्द्र शाहलाई पूर्व राजा भन्छन् मानिसहरु । म अहिले पनि उहाँ नै राजा होइबक्सन्छ भन्छु । यो कुनै मजाक होइन । मलाई अरु कसैले मजाक गर्नु अलग कुरा हो तर मैले अरु कसैमाथि मजाक गर्न जिन्दगिमा जानेको छैन ।

अरु वरिष्ठतम सचिवहरु हुँदा हुँदै पनि मर्यादाक्रम मिचेर मलाई ( लोकमानलाई ) मुख्यसचिव बनाइएको कुरा केवल मजाक थियो । मलाई त्यस्तो लाग्दैन कि नेपालमा म भन्दा वरिष्ठतम् मान्छे अरु कोहि छन् भनेर । वरिष्ठतम बन्न त म जस्तो रिष्ठपुष्ठ देखिन पर्यो नि यार ।

त्यो गिरिजाप्रसाद थिए नि गिरिजाप्रसाद ? हो ति प्रधानमन्त्री भएपछि मलाई मुख्यसचिवबाट फिर्ता बोलाइएको थियो । गिरिजासंग च्यालेन्ज लिने ताकत हुदाँहुदैँ म फिर्ता भएको थिए ।

किनभने बाबाले ‘लोकु भो महाराजालाई दिक्क नबनाउ’ भनेपछि फिर्ता भएको हुँ । वीरेन्द्रको हुकुम प्रमांगीबाट सिधै उपसचिवमा नियुक्ति पाएको म जस्तो मानिसको शिर झुकाउने काम गिरिजाले गरे । तर लोकबासीलाई याद रहोस्-राजपरिषद् सभापति भुपालमानसिंह कार्कीका छोरा हुँ म र सदैव रहिरहनेछु ।

खै यो के रायमाझी भन्ने हो, थाहा छैन । नारायण रायमाझी हो कि बिदुर प्रसाद रायमाझी हो । जे होस् रायमाझी आयोग हो कि जस्तो लाग्छ । २०६२/२०६३ को जनआन्दोलन दबाउन भूमिका निर्वाह गरेको भन्दै मलाई दोषि ठहर गरियो । कहाँ भएको थियो आन्दोलन ? मलाई त कुनै जानकारी छैन ।

म रुम भित्र सुतेर रम पिउदै थिए, सडकमा मान्छे कराएको त सुनेको थिए । लाग्यो- कोहि पाखे र जंगलीहरु होलान् भनेर वास्ता नै गरिन । मैले यो आफ्नै मोबाईलमा नम्बर दबाउन त सहयोगी चाहिन्छ, कसरि दबाउन सक्छु जनआन्दोलन ?

मलाई सरकारी सेवाका लागि अयोग्य ठहर गरियो । तर मैले हिम्मत हारिन । म अयोग्य लडाकु जस्तो निकम्बा भएर घर कहाँ फर्कन सक्छु भनेर जिद्दि गरेपछि माओवादीले म माथी महान न्याय गर्यो । आखिरिमा अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका प्रमुख भएरै छाडे ।

अनि ‘बितेका कुरा भुलौ, अब नयाँ कुरा गरौँ’ भनेर सपथ खाएपछि मलाई झन् उर्जा प्राप्त भयो ।

कालीदेवीको पूजा गर्न जाँदा पुलिसलाई जुत्ता खोलिदिन, पाईतला नि सफा गरिदिन लगाउनुको कारण नै उर्जा थियो तर पत्रकार भाईहरुले बुझेनन् ।

कालिदेवी र दिल्लीको दर्शन एकै हुन् । हरिद्वारमा ९ करोडमा आश्रम मेरो लागि बनाउनुको कारण पनि यहि हो । राजा, राणा खलकका मानिसहरुले पनि मलाई निकै हौसला दिए सुरुमा ।

त्यो छन् नि कपाल सेतै फुलेका एकजना पत्रकार । अंङ्रेजी नि खुब मिलाएर बोल्छन् । भारतको अडियो, भिडियो मिडियामा पनि खुबै बोल्छन् कहिलेकाँही । लेख्छन् पनि । मानव अधिकार र पत्रकार जगतको होनाहार मनुष्य रे उहाँ । तर चिया दोकानको फुच्चे कामदारले समेत ‘डलरणी’ भनेर उपनाम राखिदिन्छन् उनको । दुख लाग्छ यार ।

तिनले साथ नदिनुमा तिनको कुनै दोष होइन, राज खानदानको सम्पत्तिको दोष थियो । म त्यो सम्पत्ति ( जग्गा ) राजा कै बाहुलिमा सुम्पिन चाहान्थे । पत्रकारिताको गुरु जि नै जेल जाने चाला आएपछि भर्खर सिक्दै गरेका यात्रु, तिनका सह-चालक, खलासी सबै चिच्चाएर कराउन थाले ।

उहिले-उहिलेको कुरा ब्युँझाएर मेरो मर्यादाको अपमान गर्न थालियो । दुनियाँले गरेको आर्थिक अनियमितताको छानबिन गर्ने जिम्मा लिएको म, अब मलाई नै छानबिन गर्नु पर्छ भनेपछि त सक्कि गयो नि ।

पत्रकार भाईहरु संग मेरो लाखौँ गुनासो छन् । चित्त दुखेको छ । यसरी कसैलाई पानी माथिको ओभानो त कसैलाई हिलोले अनुहार नै नदेखिने गरि छ्याप्नु उचित काम होइन ।

सेतो कपाल वालाको गल्ति लुकाएर लुक्दैन । म त भन्छु कि उनी माफिया नै हुन् । उनलाई चाँहि माफि मलाई चाँहि खेदो खनेको छ, खनेको छ । भित्तामा पुराउने काम भयो । मिडियामा मेरो कुनै गन्ति नै हुन छाड्यो । म भ्यालुलेश हुदै गए । खिस्सीको पात्र बने ।

शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीले पनि मलाई अति गरे । मलाई पद मुक्त गर्न उनी मर्न पनि तयार भए । कि गर्छु कि मर्छु भनेर अनशन बस्ने हो । कस्तो जमना आयो यो ?

अचम्म लाग्छ बाबै । तिनले अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन माग गरेका थिए । चार बुँदे माग सार्बजनिक गर्दै माग पूरा नभए २६ असारदेखि आमरण अनसनमा बस्ने घोषणा नि गरे । म छक्क परे ।

मलाई भ्रष्टाचारमा लिप्त भएको, आसेपासे र भाइ भतिजाले खोलेका मेडिकल कलेजलाई प्रवर्द्धन गर्न जिम्मेवार निकायका सरकारी पदाधिकारीलाई ब्ल्याक मेलिङ गरेको आरोप लगाए ति केसी थरका डा. साहेबले ।

भ्रष्टहरुलाई संरक्षण दिए, कार्यक्षेत्र नाघेर केयूको प्रवेश परीक्षामा हस्तक्षेप गरे भनेर चिच्चाए । तर भ्रष्टहरु मध्यको एक भ्रष्ट त तिनै मानवअधिकारवादी पत्रकार थिए । कारबाही गर्छु भन्दा डा. साबले तिनको बारेमा चुईक्क बोल्दैनन् ।

अन्तत, म माथि रिट पर्यो । म जस्तो शक्तिशालि मानिसलाई फसाउन कमजोर भनिएकाहरु बाघ बनेर निस्के । केहि सांसदहरु कराउन थाले । त्यो गगन भाई नि करायो ।

फैसलाको पुनरावलोकन गर्ने नगर्ने भन्ने निर्णयका क्रममा सर्वोच्च अदालतले भदौ १० गते दुई फाइल झिकाउन आदेश दिएको थियो । के को फाईल ? राजाको मान्छेको नि फाईल हुन्छ ? मलाई त मतलबै थिएन । सानोतिनो कुरा मनमा बोकेर हिड्ने मानिस होइन म । फाईल, साईलको बारेमा सरकारलाई थाहा थियो होला ।

जे होस् फाईल हराएको रहेछ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग सम्बन्धित दुई महत्त्वपूर्ण फाइल भूकम्पका कारण फेला पार्न नसकिएको भनेर समाचारमा ब्रेकिङ्क न्यूज नै आयो ।

अरे यार यस्तो जाबो सामान्य कुरा को नि ब्रेकिङ्क न्यूज हुन्छ र ? हो मलाई राम्रो थाहा छ- गत वर्षको विनाशकारी भूकम्पबाट यस कार्यालयको भवनमा क्षति पुगेको थियो । ति प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङ मान्छे नि हावा छन्- हराउन नि सक्थ्यो नि फाईल ? के महान कुरा थियो र ?

एक अनलाईन मिडियामा समचार पढे- ‘सामान्य प्रशासन मन्त्रालयले पनि फाइल नभेटिएको जवाफ सर्वोच्चमा पठाएको छ। सामान्य प्रशासन मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव भागवत प्रसाद खनालले पठाएको पत्रमा फाइलको खोजी भइरहेको व्यहोरा उल्लेख छ। ‘उल्लेखित पत्रसहितको सक्कल फाइल खोजी गर्ने कार्य भइरहेको, उक्त अभिलेख १० वर्ष पुरानो रहेको र पुरानो अभिलेख फेला पर्ने गरी व्यवस्थित रूपमा राखेको नपाइएको हुँदा भेट्टाउन नसकिएको,’ पत्रमा भनिएको छ, ‘फेला पर्नासाथ अदालतसमक्ष पठाइने व्यहोरा अनुरोध गर्दछु।’ समाचार पछेपछि म करिब दश मिनेट खित्का छाडेर हाँसे ।

त्यसको केहि दिन पछि अर्को समचार नि पढे-‘अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा सर्वोच्चले म्याद नटाँसी फर्किएको छ । कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयलाई अस्वीकार गरेर म्याद नबुझेको भन्दै अदालतको टोली घरमै म्याद टाँस्न पुगेको थियो । तर घर भाडामा दिइएको र घरधनी नभएको घरमा सुचना टास्न नमिल्ने भन्दै अदालतका कर्मचारी फर्किएका थिए ।’

यो समाचार पढेपछि झन् धेरै समय खित्का छाडेर हाँसे ।

र अन्तत; हाँसो फुत्केर सबैले सुन्लान् भनिकन म विदेश सयरमा निस्किए ।

१० दिनको बिदा लिएर म क्यानडा गए । तर लोकमान सिंह कार्की बेपत्ता भएका छन् भनियो । समाचारमा उल्लयेख थियो-‘नेपालमा सर्बोच्च अदालतले खोजेपछि उनी बेपत्ता भएका हुन् । उनी क्यानडाबाट भारतमा आएको आशंका गरिएपनि अमेरिकातिर छिरेको भन्दै अमेरिका र क्यानडाबाट देशनिकाला गर्न हस्ताक्षर अभियान सुरु गरिएको छ । चेन्ज डट ओर्गमा सुरु गरिएको हस्ताक्षर अभियान तोकिएको हस्ताक्षर संख्या पूरा भएपछि अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिस र क्यानडा सरकारको अध्यागमन विभागमा पुग्ने जनाइएको छ ।’

क्यानडा पुगेर पनि म हाँस्न छाडिन ।

अहिले म नेपाल फर्केको छु । मन अमिलो भएको छ । ऐना हेर्दा अनुहार निराश पाउँछू । हेरौँ के हुन्छ ।