Couple-in-conflictमहिला र पुरूषको सम्बन्ध सुमधुर राख्नका लागी निकै नै कठिन हुन्छ । दुई बीचको सम्बन्धमा कुनै किसिमको फाटो आउन नदिनाका लागी दुवैले नै निकै नै सोच विचार पुर्याउनु पर्दछ । सानो कुराले पनि दुई बीचको सम्बन्धमा चिसोपन आउन सक्दछ । महिला र पुरूष दुवैले एक-अर्काको विषयमा विचार गर्न सके दुई बीचको सम्बन्धमा चिसोपन आउने सम्भावना निकै कम रहन्छ । 

यस्तो चिसोपनलाई मनोचिकित्सक जुडी फोर्ड कम गर्ने केही उपाय बताएका छन् । यी उपायहरू सबै महिलाका लागी मात्र रहेका छन् । महिलालेपुरूषलाई भन्न नहुने कुराहरू उनले बताएका छन् । उनले ‘इभरी डे लभ’ नामक पुस्तक समेत लेखेका छन् । उनका अनुसार महिलाले यी केही कुरामा विचार पुर्याए सम्बन्धमा समस्या कम आउने बताउँछन् । थाहा पाऔ ती कुराहरू जुन महिलाले पुरूषका विषयमा विचार गर्नुपर्छ । 

– तिमी तिम्रो बाबुजस्तै छौ । त्यस्तै ठ्याक्कै त्यस्तै । यसरी पुरूष साथीलाई भन्दा उसको मनमा तपाईप्रति नराम्रो मानसिकता विकास हुन्छ जसले दुईबीचको सम्बन्धमा समस्या उत्पन्न हुन्छ । 

– तिमीले अहिलेको काम छाडेर अर्को नयाँ काम कहिले खोज्छौ । अर्थात् तिमीले कहिले नयाँ र राम्रो काम पाउँछौ ? यो प्रश्न गर्दा पनि पुरूषहरूलाई ठेस पुग्छ । 

– मेरी आमाले मलाई पहिले नै भन्नु भएको थियो तिमीले यस्तो गर्नेछौ । यसरी पुरूषलाई आमाले के भन्नु भएको थियो तिम्रो बारेमा भन्दा पनि उसलाई नराम्रो लाग्छ र सम्बन्धमा केही चिसोपन आउन सक्छ ।

– आफूले गर्न चाहेको भन्दा केही फरक तरिकाले कुनै काम गरेमा पुरूषलाई तिमीले यो काम नगर म यसलाई आफ्नै तरिकाले गर्छु भन्दा पनि पुरूषको मनमा फरक सोच आँऊछ र तपाई प्रति हेर्ने उसको दृष्टिकोण नै फरक हुन्छ ।

– तिमीले जहिले पनि यस्तै गर्छौ, तिमीले कहिल्यै पनि यो गरेनौ भन्ने जस्ता कुरा गर्दा पनि पुरूषलाई नराम्रो लाग्छ । 

– पुरूषको मित्रको साथमा रहँदा उक्त पुरूषको साथीसँग बस्नु पर्यो भनेर गुनासो गर्दा पनि पुरूषलाई चित्त दुख्छ । 

– ल बच्चालाई हेर त तिमी यो काम गर यो नगर, भैगो म आफै गर्छु जस्ता कुराहरू सम्जाएर भन्न नसक्दा पनि पुरूषले नराम्रो मान्छन् ।