sexxxअब तपाई भियाग्रालाई बिर्सनुस् र ध्यानमा राख्नुस् आठ कुरा, जसलाई अपनाएर तपाई ‘सुपर सेक्स’ को आनन्द लिन सक्नुहुन्छ । हालैको एक अनुसन्धानअनुसार तपाईं मनोनुकूल यौन आनन्द लिन सक्नुहुन्छ तर यसका लागि मात्र केही आवश्यक कुरा ध्यान दिनुस् ।

‘क्यानेडियन जर्नल अफ हृयुमेन सेक्सुवालिटी’ मा प्रकाशित अनुसन्धानअनुसार ‘ग्रेट सेक्स’ का लागि तपाईं र साथीबीच धेरै राम्रो मानसिक तालमेल हुनु आवश्यक छ । यतिसम्म कि तपाई दुवैबीच राम्रो संवाद र कुराकानीको दिशा तय हुनुपर्छ । बिहे भएका ६० वर्षमुनिका जोडीहरूलाई अनुसन्धानमा चुनिएको थियो ।

एक-आपसमा आ-आफ्नो उपस्थिति दर्ज गराउनु सुपुर सेक्सका अर्को सूत्र हो । अनुसन्धानमा भनिएको छ, ‘तपाईंहरू सँगै हुँदा हरेक क्षण राम्ररी र पूर्ण रूपमा आनन्द उठाउँदै जिउने प्रयास गर्नुस् ।’

अर्को छ सम्बन्धमा तालमेल । आफ्नो ऊर्जाको भरमग्दुर उपयोग गर्दै सम्बन्धको न्यायो पनालाई कायम राख्नु आवश्यक हुन्छ ।

अन्तरंगता अर्को सूत्र हो । अन्तरंगता यौन सम्बन्धका लागि उत्प्रेरक हुन्छ, जसले उत्तेजनामा तीव्र वृद्घि गर्छ । यसले आपसमा आदर र सम्मानको भाव जाग्रत हुन्छ । सँगै एक-अर्काप्रति वास्तविक र स्वाभाविक स्वीकृति उत्पन्न हुन्छ ।

अनुसन्धानअनुसार यौन क्रियाका लागि एक-अर्कालाई शारीरिक रूपमा अनुभव गर्नु नै महत्त्वपूर्ण हुँदैन । यद्घपि यसबाहेक अतिरिक्त संवाद र एक-अर्काप्रति सहानुभूति राख्दा अझ राम्रो हुन्छ । संवाद भने भर्बल वा नन भर्बल (मौखिक वा सांकेतिक) दुवै हुनसक्छ ।

अनुसन्धानमा भाग लिएका जोडीलाई भावनात्मक रूपले मुक्त गरिएको थियो । अनुसन्धानको समय यो देखियो कि जसले निःस्वार्थ रूपले अनुसन्धानमा भाग लिए उनीहरूमध्ये यौनको समय कुनै पनि सम्बन्ध तोडनेजस्तो स्थिति उत्पन्न भएन । उनीहरूले अति आनन्ददायक यौनको अनुभव गरे ।

सम्बन्धको सुमधुरता आवश्यक हुनुको साथै एक-अर्काप्रतिको समर्पण भाव पनि अत्यावश्यक हुने अनुसन्धानले बताएको छ । यदि जोडीहरू मानसिक र शारीरिक रूपमा यसका लागि तयार हुन्छन् भने उनीहरू राम्रो यौनको अनुभव गर्छन् ।

जोडीहरूले यो कोसिस गर्नुपर्छ कि आफ्नो साथीलाई परमानन्दको सुख दिएर त्यसलाई ऊर्जाले ओतप्रोत गरियोस् । जसले गर्दा यस्तै प्रतिक्रियामा तपाइर्लाई समेत भेटोस् । यसरी सुपर सेक्स पूरा हुन्छ ।

अनुसन्धानले ‘स्वस्थ-यौन’ एक प्रकारको ‘एडवेन्चर’ बताएको छ, जसलाई विवाहित दम्पती, लर्भस या जोडीले अनुभव गर्न सक्छन् । यसको माध्यमले उनीहरू स्वयंलाई समेत खोज्छन् । यो समय उनीहरू खुलेर सामुन्ने आउँछन् जसरी उनीहरू स्वभावतः हुन्छन् । उनीहरूको यही स्वयंको खोजले उनीहरूलाई यौनको चरमानन्दसम्म लिएर जाने अध्ययनमा उल्लेख छ ।