bangladesh himsa२१ फागुन, एजेन्सी । बंगलादेशमा मुस्लिम समर्थक राजनीतिक दल जमात ए इस्लामको आह्वानमा जारी विरोध प्रदर्शनमा आइतबार सम्ममा कम्तीमा पनि ८२ जनाको मृत्यु भएको छ । सोमबार पनि विपक्षी दलका कार्यकर्ताहरुले राजधानी ढाकामा विरोध प्रदर्शन गरिरहेका छन् । राजधानी ढाकामा सोमबार बिहानैदेखि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको बताइएको छ ।
राजधानी ढाकामा मात्र कम्तीमा पनि १५ हजार सुरक्षाकर्मी तैनाथ गरिएको समाचारमा उल्लेख छ । सन् १९७१ मा बङ्गलादे स्वतन्त्र हुने क्रममा जारी रहेको क्रन्तिमा भएका अपराधको आरोपमा केही राजनीतिक दलका नेताहरूलाई मृत्युदण्डको सजाय सुनाइएबाट भड्किएको हिंसाको क्रम महिनादिन पुगिसक्दा पनि रोकिएको छैन । आइतबार मात्र भड्किएको हिंसामा परी कम्तीमा २० जना नागरिकको ज्यान गएको बताइएको थियो ।
आज सोमबार पनि बिहानैदेखि प्रदर्शन सुरु भएकोले विरोधको क्रम हिंसात्मक हुनसक्ने आशंका गरिएको छ । राजधानी ढाकालगायतका विभिन्न स्थानमा भएका प्रदर्शन हिंसात्मक बन्दा दिनहुँजसो व्यक्तिको ज्यान जाने क्रम रोकिएको छैन । बंगलादेशको युद्ध अपराधसम्बन्धी दण्ड सजायका लागि गठन गरिएको अदालतले गत साता जमात–ए–इस्लामी नामको बङ्गलादेशको सबैभन्दा ठूलो मुस्लिम दलका उपाध्यक्ष दिलवर हुसेन सैयदलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
सो समाचारपछि देशमा झन् ठूलो हिंसा मच्चिएको बताइएको छ । प्रदर्शनकारी बढी आक्रामक भएका छन् । उनीहरुले प्रहरीमाथि नै पेट्रोल बम एवं घरायसी हतियार नै प्रयोग गरेका बताइएको छ । त्यसपछि प्रहरीले पनि हतियार प्रयोग गरेको बताइएको छ । प्रदर्शनका सो दलका कार्यकर्ताहरू नै बढी मात्रामा सडकमा उत्रिएका छन् । अदालतले मृत्युदण्डको सजाय सुनाइका व्यक्तिलाई सो कारबाही गरिनुपर्ने भनेर पनि अरु सर्वसाधारणले पनि प्रदर्शनलाई जारी नै राखेका छन् ।
सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुनका लागि वर्तमान बंगलादेशले ठूलो क्रान्ति गरेको थियो । सो स्वतन्त्रता संग्रामका समयमा पाकिस्तान र यसका समर्थकहरूले हालका बंगलादेशीहरूलाई व्यापक मात्रामा दमन गरेका थिए ।
सो समयमा युद्धअपराध भएको भनी त्यसको छानबिन र दोषीमाथि कारबाहीको माग विगत निकै लामो समयदेखि नै भइ आएको हो । सोही मागको सम्बोधन गर्दै सन् २०१० मा उक्त अदालतको स्थापना पनि गरिएको हो ।
सोही अदालतले सयीदमाथि मृत्युदण्डको सजाय सुनाएको थियो । सैयदलाई युद्ध अपराध अदालतले हत्या, आगजनी, बलात्कार लगायतका अभियोगमा दोषी प्रमाणित गरेको छ । उनलाई झुण्ड्याएर मृत्युदण्ड दिन पनि आदेश दिइएको छ ।

{youtube}GkkLJeUj9N4{/youtube}