धेरै नेपाली बस्ने हङकङका कयौं विशेषता छन्। विश्वकै प्रमुख सामुकन्द्रिक तट हङकङ आर्थिक केन्द्र पनि हो।
गगनचम्बी महलहरुले भरिएको हङकङमा जति कंक्रिट छ त्यतिनै जीवन्तता पनि छ।

नेपालीहरुको समेत बसोबास रहेको हङकङमा आजकल बेलबेखत आन्दोलनको राप र ताप पनि देख्न पाइन्छ। नेपालमा पनि हङकङप्रतिको मोह कम्ति छैन् । हङकङ आईडीको आकर्षण यति छि यसमै आधरित भएर गीत नै बनेका छन्।

हङकङ आइडीले कति गराएका मिलन र विछोडको हिसाव किताव नभए नि अग्ला क्रंक्रिट महलहरुमा बस्नेहरु तथ्याङक भने यहाँको सरकारले सरकारले राखेको छ।तीनै गगनचुम्वी महलहरुको प्रसंग यहाँ उल्लेख गर्न लागिएको छ।

हङकङको जनसंख्या करिब ७० लाख छ जसमध्ये एक तिहाइ मानिस यस्तै अग्ला भवनहरुमा बस्दछन्।
एकै भवनमा कयौं अपार्टमेन्ट हुन्छन्। १४ हजार सम्म अट्ने एउटै बिल्डिङ पनि हङकङमा छन्।

ट्राभल फोटोग्राफरका रुपमा चर्चित अमेरिकी ज्यासन ल्याङग्लेले हङकङला अग्ला र फराकिला बिल्डिङहरुको कलात्मक तस्विर खिचेका छन्।

एकछिन घोत्लिएर हेर्दा झण्डै आँखा तिरमिराउने बिल्डिङहरुको तस्विरहरुले हङकङको जीवनशैलीको परिचय पनि दिन्छन्। थोरै भुभागमा धेरै मानिस बस्ने हङकङमा यस्ता बिल्डिङहरु बाध्यता पनि हुन् ।

हेरौ हजारौ अट्ने हङकङका गगनचुम्वी भवनका तस्विरहरु..

hongkong amazing buildling hongkong amazing buildling1 hongkong amazing buildling3 hongkong amazing buildling4 hongkong amazing buildling5 hongkong amazing buildling6