९ असोज, काठमाडौं ।

उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गौतमले नाकाबन्दी गरेर नेपाल ठप्प पार्छु भनेर नसोच्न भारत सरकारलाई चेतावनी दिएका छन । विश्व मुटु दिवसको अवसरमा आज नर्भिक इन्टरनेशनल अस्पतालले आयोजना गरेको कार्यक्रममा मन्त्री गौतमले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट केही मधेशी दलहरुलाइ समर्थन गर्दै भारतले अघोषित रुपमा नाकाबन्दी गरेको स्पष्ट पारे ।

उनले भारतले नाकाबन्दी गर्दैमा नेपाली जनता प्याक प्याक हुने अवस्था नआउने भन्दै हवाइ मार्गबाट सामान ल्याउने र जोरविजोर गाडी संचालन गर्ने विषयमा सरकारले गृहकार्य गरिरहेको जानकारी दिए ।

bamdev bhadra 6

भारतप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका गृहमन्त्री गौतमले तराइ मधेशको समस्या भारतको नभइ नेपालको आन्तरिक मामला भएकाले हस्तक्षेप गरेर तराईका जनता नउचाल्न आग्रह गरे । उनले आन्दोलनरत पक्षको माग सम्बोधन गरेर समस्या समाधान गर्ने वाटो तीन दलले पहिल्याइ सकेको पनि जानकारी दिए ।

गृहमन्त्रीले आन्दोलनरत मोर्चा र भारतले जारी गर्ने विज्ञप्ती उस्तै उस्तै भएकाले मधेशी मोर्चाले आन्दोलन गर्नु र भारतले नाकाबन्दी गर्नु संयोग नभइ मोर्चाकै अनुरोधमा भइरहेको पनि बताए ।