rekha thapa oneपछिल्लो समय पार्टी कार्यकर्ता समेत बनेकी नेपालकी चर्चित नायिका रेखा थापाले फेरी अर्को विवाह गरेकी छि्न। यसरी रेखाले अर्कैसंग विवाह गरेकोमा चिन्तित नहुनुस, किने भने उनले कुनै केटासंग भने विवाह गरेकी होइन्। उनले त वरको वृक्षसंग विवाह गरेकी हुन्।

उनले बुधवार काठमाडौको हाँडीगाउँस्थित वरको वृक्षसंग विवाह गरेकी हुन्। मांगलिक ग्रहले सताएपछि रेखाले वरसंग विवाह गरेको प्रतिक्रिया दिएकी छिन्।
निर्माता छवि ओझासंग डिभोर्स गरेपछि अरुनै केटासंग विवाह गर्ने अपेक्षा गरिएको रेखाले वरसंग विवाह गरेकी हुन्।

उनले ग्रह शान्तीको लागी विवाह गरेको बताइन्।
दिनभर लागेको उनको विवाहमा ११ जना ब्राम्हण सहभागी थिए।
रेखाले आफू धर्मकर्ममा विश्वास गर्ने र ज्योतिषले मांगलिक ग्रह भएका महिलाले वरको वृक्षसंग विवाह गर्दा राम्रो हुन्छ भनेका यसो गरेको बताइन्।