jharana bajracharyaपछिल्लो समयमा चलचित्र क्षेत्रबाट टाढा रहेकी नायीका झरना बज्रचार्य आजकल प्राय स्वम्भूमा रहेको होटेल ब्रजमा भेटिन्छिन् । चलचित्रको मोह नघटेको भएपनि नायीका झरनाले चलचित्रमा काम गर्ने अवसर नपाएपछी म्युजिक भिडियोहरूमा अभिनय गरेर रहर त पुरा गरिरहेकी छिन् तर, कहिले काही हुने म्युजिक भिडियोको सुटिङ बाहेक उनी प्राय होटेल ब्रजमा नै भेटिन्छन् ।

उनले त्यही होटेलमा एक अंग्रेजी नाटकमा अभिनय गरेकी थिइन् र चर्चा पनि कमाएकी थिइन् । तर, उनी त्यहाँ दिनभर बस्नुको कारण त्यो नाटक मात्र नभई उनी होटेलमा ध्यान गर्छिन् र आफूलाई फ्रेस बनाउछिन् । उनले होटेलमा बसेर आफू मात्र होइन् त्यहाँ आउने धेरैलाई योग समेत सिकाउने गर्छिन् । उनी योग गुरूका रूपमा प्राय उक्त होटेलमा रहन्छिन् । उनले उक्त होटेलमा योग प्रशिक्षण दिन थालेको करिब ३ महिना भइसकेको छ ।

उनले हप्ताको दुई दिन अर्थात् बुधबार र शनिबार प्रशिक्षार्थीहरूला ध्यान तथा योग सिकाउने काम गर्दै आएकी छिन् । उनले आफ्नो परिवार पनि आत्ध्यात्मिक भएको कारण आफूलाई पनि अध्यात्मप्रति पहिलेदेखी नै लगाव रहेको बताउँदै आफुलाई विपश्यना ध्यानमार्फत फ्रेस बनाउने गरेको बताउँछिन् ।