‘दर्शक झुक्याउने प्रोमो’
atm poster

हिरो हावामा उडेको, बम बारुदसित भिडेको र केही अपत्यारिला दृश्य राखेर चलचित्रको प्रचार गर्ने जमाना थियो कुनैबेला । त्यही प्रचारका भरमा धेरै दर्शक हलसम्म पुग्थे । तर अहिले नेपाली सिनेमाको प्रचार शैलीमा निक्कै फरक आएको छ । डिजिटल र आधुनिक शैली पछ्याएको भनिने फिल्मका प्रोमो सोचे भन्दा धेरै आकर्षक बन्न थालेका छन् । र, त्यही प्रोमोले दर्शक पनि राम्रै तानेको छ । तर प्रोमो अनुसारको फिल्म नभएको गुनासो पनि उत्तिकै बढेको छ । बिज्ञापनका रुपमा देखिने प्रोमोले दर्शक झुक्काएको आरोप चलचित्रकर्मीमाथि लाग्दै आएको छ ।

यसको बलियो उदाहरण हो चलचित्र ‘लक्ष्य’ । केही बर्ष अघि रिलिज भएको लक्ष्यको प्रोमोमा सुगम पोख्रेलले गाएको एउटा गीतको धेरै प्रचार गरिएपनि पछि फिल्ममा भने गीत नै थिएन । लक्ष्य मात्रै हैन, ‘आजको युवा’ नामको चलचित्रको पनि यस्तै कथा छ । हिन्दी फिल्मको पोष्टरमा नेपाली फिल्म आजको युवाका कलाकारको टाउका मात्रै जोडिएको थियो । लक्ष्यमा झैं दर्शक झुक्याउने प्रोमोको बाढी छ यतिबेला । मन छुने दृश्य, संगीत र संवाद समेटिएका धेरै प्रोमो अनुसारका फिल्म कमै छन् । चलचित्रकर्मी मनोज पण्डित भन्छन्– प्रोमो आकर्षक भए, तर पुरै फिल्ममा प्रोमो अनुसारको कथा भएन । ‘ धेरै कमजोर फिल्मका लागि प्रोमोले नै दर्शक तानेको छ ।’ सायद, अपवाद, लूट, नयाँ नेपाल एक्सप्रेस, चपली हाइट, छड्के, एटिएम, साँघुरो, बधशाला, रिदमका प्रोमो आकर्षक मध्येमा पर्छन् ।

{source}
<iframe width=”420″ height=”315″ src=”//www.youtube.com/embed/yBppHwTMmVM” frameborder=”0″ allowfullscreen></iframe>

{/source}
यी मध्ये छड्के, चपली हाइट धेरै दर्शक झुक्याउने चलचित्रमा पर्छन् । रंगपत्रकार प्रकाश सुवेदीका अनुसार छड्केले प्रोमोको बेइज्यत ग-यो । पत्रकार सुवेदी भन्छन– बल्ल बल्ल हलसम्म पुग्न थालेका दर्शक भाँड्ने काम गरे, प्रोमोमुखी फिल्मले ।

राम्रो अभियन गर्ने कलाकार, अन्तर्राष्ट्रिय स्तरको प्रविधिमा नेपाली फिल्म बन्न थालेका छन् । अभियन, संगीत र प्राविधिक पक्ष मजवुद भएपनि कथा र स्क्रिप्टमा खासै सुधार छैन । निर्माता र निर्देशकले जानाजान दर्शकमाथि बैमानी गरेको भनाई छ निर्देशक मनोज पण्डितको । पण्डित भन्छन– प्रोमोले जति लोभ्याएको छ त्यति नै दर्शक झुक्याएको छ । तर निर्माताले सिंगो फिल्मलाई भन्दा पनि प्रोमोलाई मेहनेत गर्न थालेका छन् । पत्रकार सुवेदी निर्माता, निर्देशक चर्को खर्च गरेर प्रोमो बनाउने र प्रचारमा लागे , गुणस्तरीयता हेरेनन भन्छन् ।

{source}
<!– You can place html anywhere within the source tags —>

<iframe width=”560″ height=”315″ src=”//www.youtube.com/embed/iD1OiSZq0VU” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

कसरी बन्छन राम्रो प्रोमो ?
फिल्मको लागि प्रोमो दर्शक भित्रयाउने मूलढोका हो ।त्यसैले निर्माता र निर्देशकले अनेक तिकड्मबाजी रच्छन् । यति सम्म की फिल्मको स्क्रिप्टमा नभएको दृश्य छुट्टै खिचेर समेत प्रोमो बनाउने गरिन्छ । प्रोमोबारे राम्रो दख्खल राख्ने महेन्द्र बुढाथोकी अहिले आएको नयाँ प्रविधिले पनि प्रोमो राम्रो बनाएको बताउँछन् ।

बुढाथोकीका अनुसार विदेशी फिल्मको नक्कल र अनावश्यक झल्याक झुलुकले प्रोमो राम्रो देखिएको हो । गत बर्ष मात्रै झण्डै १ सय १५ वटा चलचित्र प्रर्दशनमा आए । प्रायः सवै चलचित्रका प्रोमो दमदार छन् । तर जम्मा चार वटाले मात्रै लगानी उठाए । यसले पनि प्रष्ट हुन्छ, नेपाली सिनेमा बाहिर बोक्रो, भित्र खोक्रो छ भन्ने ।