aidsमानिसको जन्मको समयमा नै उक्त मानिसको धन, जीवनसाथी, भाग्य र समय-समयमा हुने रोग र मृत्युको कारण पनि लेखिएको हुने बताइन्छ । ईश्वरले मानिसको जन्मसँगै यी सबै विषयको तय भइसकेको हुन्छ ।

 

मानिसको जन्मका आधारमा बनाइएको जन्मकुण्डली पढेर पनि उक्त मानिसको धन, जीवनसाथी, भाग्य र समय-समयमा हुने रोग र मृत्युका कारणबारे ज्ञान हासिल गर्न सकिन्छ । जन्मकुण्डली हेरेर यो पनि अन्दाज लगाउन सकिन्छ की कुनै व्यक्तिलाई कुनै गम्भिर रोग जस्तै क्यान्सर या एड्स रोग लाग्छ या लाग्दैन ।

 

ज्योतिषशास्त्रका अनुसार जसको कुण्डलीमा आठौ घर मंगल, शनि, शुक्र र राहुको प्रभाव हुने गर्छ, उनीहरूलाई एड्स हुने सम्भावना पनि बढी नै हुने गर्छ । जन्मुण्डलीको आठौ स्थानलाई रोगको घर समेत मान्ने गरिन्छ । आठौ घरका मुख्य ग्रह र उक्त घरमा जुन ग्रहको दृष्टी परेको हुन्छ, ती शुभ अवस्थामा हुँदैनन् ।

 

यसका अलावा शुक्र, मंगल र शनी आठौ घरमा रहेको देखिए एड्स हुने सम्भावना अर्थात् योग बन्ने गर्छ ।