Author: NH3

फास्ट ट्रयाक भारतलाई नदिन प्रचण्डलाई आफ्नै पार्टीको खबरदारी

१० भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण नजिकिँदै गर्दा उनको पार्टी माओवादी केन्द्रले निजगढ काठमाडौं फास्ट ट्रयाक, नौमुरे जलविद्युत परियोजना र पुलिस एकेडेमीमा भारतीय सहयोग नलिन निर्देशन दिएको छ । माओवादी केन्द्रभित्र गठन गरिएको सरकार सञ्चालन सहयोग समितिका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई त्यस्तो निर्देशन दिएका छन । राष्ट्रियताको मामिलामा भारसँग नचुक्न माओवादी नेताहरुले खबरदारी गरेपछि प्रधानमन्त्री प्रचण्डले त्यस मामिलामा आफू सचेत र सजग रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । पार्टीका नेताहरुको निदैशनपछि दाहालले आफ्ना विशेष दूत विमलेन्द्र निधिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रमा राजनीतिक र संवैधानिक विषय नरहेको प्रस्ट पार्दै आफ्नो भारत भ्रमणका क्रममा पनि आफू सतर्क रहने...

Read More

तराई आन्दोलनका धेरै मुद्दा फिर्ता लिन नमिल्ने

१० भदौ, काठमाडौं । सरकारले तराई–मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिनेबारे मधेसी मोर्चासँग सहमति गरे पनि अधिकांश मुद्दा फिर्ता लिन नमिल्ने गृह मन्त्रालयले जनाएको छ । अदालतको नजिर तथा मुद्दा फिर्तासम्बन्धी कार्यविधिअनुसार मधेस आन्दोलनमा चलाइएका अधिकांश मुद्दा फिर्ता लिन नमिल्ने प्रकृतिका छन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको निर्देशनमा गृह मन्त्रालयले मुद्दा फिर्ताको प्रक्रिया सुरु गरेको छ । सम्बन्धित निकायहरूसँग छलफल गरी मन्त्रालयले मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ता कार्यालयमा रायका लागि पठाउने तयारी गरेको छ । मुद्दा फिर्ताबारे मन्त्रालयमा छलफल भइरहेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव यादव कोइरालाले बताए । तराइ–मधेस आन्दोलनका क्रममा तीन सय ६५ जनाविरुद्ध विभिन्न किसिमका मुद्दा चलेका...

Read More

अध्ययन गर्न गएका कर्मचारी विदेशमै बेपत्ता

१० भदौ, काठमाडौं। सरकारी कोटामा विभिन्न देशमा अध्ययन गर्न गई उतै बेपत्ता भएका सयौँ कर्मचारीमध्ये २३ जनामाथि कारबाही प्रक्रिया सुरु भएको छ। सामान्य प्रशासन मन्त्रालयको सर्च टोलीले झन्डै ६ महिनाको गृहकार्यपछि अहिलेसम्म भगौडा २३ जना कर्मचारीको विवरण पत्ता लगाएको छ । विदेशमै बेपत्ता हुने कर्मचारीमाथि निजामती सेवा ऐनअनुसार बर्खास्त गर्ने र हालसम्म सरकारबाट लिएको रकम असुलउपर गर्ने गरी कारबाही प्रक्रिया थालिएको हो । सरकारी कोटाबाट अध्ययन बिदामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, मलेसिया, बेलायतलगायतका देशमा गएका कर्मचारी उतै बेपत्ता भएका हुन्। विभिन्न मन्त्रालयमातहत रहेर विदेश गएका अन्य कर्मचारीबारे खोजी क्रम जारी रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झन्डै...

Read More

थ्रीस्टारले मङ्गोलियामा प्ले अफ खेल्न पाउने

१० भदौ, काठमाडौं । नेपालको राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबले मङ्गोलियामा जारी एएफसी कप फुटबल प्रतियोगिताको प्ले अफ खेल्न पाउने भएको छ । मङ्गोलियामा भएको प्रतियोगिताको प्ले अफ छनौटमा समूह बी बाट समूह बिजेता बन्दै थ्रीस्टारले अर्को चरणको यात्रा तय गरेको हो । आज इर्चिम र नागावल्डबीचको खेलमा इर्चिमले नागावल्डलाई शुन्यका बिरुद्ध एक गोलले हराएपछि थ्रीस्टार दोस्रो चरणमा पुग्ने निश्चित भएको हो । यसअघि मङ्गलबार भएको आफ्नो दोस्रो खेलमा थ्रीस्टारले कम्बोडियाको नागावल्ड क्लबसँग एक÷एक गोलको बराबरी खेलेपछि अर्को चरणमा प्रवेशका लागि बिहिबारको इर्चिम र नागावल्डबीचको नतिजा पर्खनुपरेको थियो । गत आइतबार भएको पहिलो खेलमा आयोजक मङ्गोलियाकै इर्चिम क्लबलाई थ्रीस्टारले...

Read More

Singer Gurung of ‘Wari Jamuna Pari Jamuna’ fame no more

25 August, Kathmandu: Noted Nepali singer Khemraj Gurung passed away Thursday. He was suffering from liver problems including jaundice and was under ICU treatment at Chabahil-based Medicare Hospital for the past 11 days, according to his nephew Ratna Gurung. He was 42. Gurung had earned popularity in Nepali music with his song ‘Wari Jamuna Pari Jamuna, Jamunako Fedaima Manakamana’, a typical folk song sung in the eastern hills of Nepal. His relatives are waiting for the arrival of his mother and sister from the UK to perform his last rites. Till then, his body is to be kept at...

Read More