Author: NH3

राजधानीमा नै बालिका असुरक्षित

४ वैशाख, काठमाडौं । राजधानीको लाजिम्पाटमा बस्दै आएकी एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन्। गत चैत २१ गतेको घटनामा पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएपछि बिहिबार मात्रै सार्वजनिक भएको हो। प्रहरीले बालात्कारमा संलग्न भएको आरोपमा लाजिम्पाटका निलकण्ठ महर्जनलाई पक्राउ गरेको छ। महर्जनले ठमेल स्थित गेष्ट हाउसमा पुर्‍याएर ती बालिकालाई बलात्कार गरेको आरोप पीडितका आफन्तको छ। महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सीताराम रिजालका अनुसार पीडित बालिकाले नै आफ्नी शिक्षिकालाई आफू बलात्कृत भएको बताएपछि घटना परिवार हुँदै प्रहरीसम्म पुगेको हो। सानैमा आमा गुमाएकी ती बालिका घरमै ट्युसन पढेर प्राईभेट परिक्षा दिंदै आएकी थिईन्। प्रहरीले पक्राउ गरेका व्यक्ति ती शिक्षिकाका पति...

Read More

थापाको राजकीय सम्मानका साथ आज अन्त्येष्टी

४ वैशाख, काठमाडौ । सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ शुक्रबार अन्त्येष्टी गर्ने भएको छ । उनको भारतको नयाँ दिल्लीमा बुधबार राति निधन भएको थियो । मन्त्रिपरिषदको बिहीबार बसेको आकस्मिक बैठकले उनको शोकमा शुक्रबार सार्वजनिक विदा दिने, सरकारी कार्यालय तथा कुटनीतिक नियोगमा एक दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । पञ्चायत र प्रजातान्त्रिककालमा गरी पाँच पटक प्रधानमन्त्री भएका ८९ वर्षीया थापाको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा पेटको शल्यक्रियापछि उपचाररत अवस्थामा निधन भएको हो । छ दशकदेखि राजनीतिमा सक्रिय थापा संविधानसभाका बहालवाला ज्येष्ठ सभासद थिए । उनको पार्थिव शरिर बिहीबार साँझ पौने सात बजे इन्डियन एयरफोर्सको बिषेश विमानबाट राजधानी...

Read More

भोलि सार्बजनिक बिदा

३ वैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति शोक व्यक्त गर्न सरकारले भोलि(शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले भोलि सार्वजनिक विदा दिने र भोलिनै थापाको पार्थिव शरीरको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । थापाको निधनमा भोलि एक दिन स्वदेशस्थित सम्पूर्ण कार्यालय र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ । पूर्व सरकार प्रमुखहरुको निधनमा सार्वजनिक विदा दिने र राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने प्रचलन छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता थापा पाँच पटक प्रधानमन्त्री भएका थिए...

Read More

जाजरकोटका ४ सय ३२ विद्यालय बन्द

३ वैशाख, जाजरकोट । जाजरकोटमा मौसमी सिजिनल फ्लु र स्वाइन फ्लुका बिरामी दैनिक बढेपछि यहाँका सबै विद्यालय आजदेखि बन्द गरिएको छ । जिल्लाका २७६ प्रावि, निमावि ९२ र ६४ वटा मावि विद्यालयको पठनपाठन बन्द गरिएको हो । जिल्ला दैवीप्रकोप उद्धार समितिले गरेको निर्णयअनुसार १५ दिनका लागि विद्यालयमा पठनपाठन बन्द गरिएको हो । विद्यालयमा धेरै मानिस जम्मा हुने भएकाले त्यहाँबाट छिटो सङ्क्रमण बढ्ने भन्दै विद्यालय बन्द गरिएको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिए । यहाँको अछानी गाविसको एक विद्यालयबाट यो रोग फैलिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । कार्यालय दिएको जानकारीअनुसार नेपाली सेनाको चिकित्सकसहितको टोलीले आज बिहानैदेखि रोग प्रभावित...

Read More

मूल्यवृद्धि लक्षित सीमाभित्रै: राष्ट्र बैंक

३ वैशाख, काठमाडौ । मूल्यवृद्धि लक्षित सीमाभित्रै रहेको तथ्यांक नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनसम्मको आर्थिक अवस्थासम्बन्धी तथ्यांकमा यस्तो देखाइएको हो । अघिल्लो वर्ष ९ प्रतिशतको हाराहारीमा रहेको मूल्यवृद्धिदर यो वर्ष ७ प्रतिशतमै सीमित रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन महिनाको वस्तु तथा सेवाको मूल्यवृद्धिदर ७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मूल्यवृद्धिदर ८ दशमलब ९ प्रतिशत थियो । सरकारले यो वर्ष मुल्यवृद्धि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको थियो । गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक वृद्धिदर कम भएका कारण समग्र मूल्यवृद्धिदर सीमाभित्रै रहेको...

Read More