Author: NH3

सरकार दोस्रो पुस्तालाई दिऊँ, धेरै लोभ नगरौं : भट्टराई

‘पुनर्निर्माण गर्न राष्ट्रिय सरकार’ २७ बैशाख, काठमाडौं । महाभूकम्पपछिको राष्ट्रिय विपत्ति सामना गर्न राष्ट्रिय सरकार बनाउनुपर्ने सुझाव पूर्वप्रधानमन्त्रीहरूले दिएका छन्। संसद्को शनिबारको बैठकमा पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले महाभूकम्पपछिको विपत्ति सामना गर्न र मुलुक पुनर्निर्माणका लागि राष्ट्रिय सरकार बन्नुपर्ने बताए। एमाओवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री भट्टराईले केही दशक राष्ट्रिय सरकार बनाएर अघि बढ्नुपर्ने संसद् बैठकमा बताए। ‘गतिशील नेतृत्वको राष्ट्रिय सरकार बनाऔं। दोस्रो पुस्तालाई सरकार हस्तान्तरण गरौं। अब धेरै लोभ नगरौं, जो सक्षम छ, उसलाई नेतृत्व दिऔं’, उनले भने। उनले हाम्रो पुस्ताको सबैभन्दा त्रासदीपूर्ण र विनाशकारी भूकम्प बेहोरेको उल्लेख गर्दै सूचना गर्दागर्दै र भन्दाभन्दै महाभूकम्प आएको...

Read More

राहत वितरण, सुगममा धेरै दुर्गममा हाहाकार

२७ वैशाख, काठमाडौं । वितरण व्यवस्थित नहुँदा दुर्गम गाउँमा भूकम्पपीडितसम्म पर्याप्त राहत सामग्री पुग्न सकेको छैन् । दाताहरुले सुगमका क्षेत्रमा राहत पुर्‍याए पनि दुर्गममा हाहाकार छ । काभ्रेको धुलिखेलबाट अरनिको राजमार्ग हुँदै अगाडि बढेपछि मिनेट-मिनेटमा भूकम्पपीडितहरुलाई राहत बाँड्न गएका र फर्किएका गाडी भेटिन्छन् । राजधानीबाट दैनिक सयौं संघ-संस्था तथा व्यक्तिले काभ्रे र सिन्धुपाल्चोकका भूकम्प प्रभावित गाउँमा पुगेर राहत सामग्री बाँड्दै आएका छन् । तर, ती राहत प्रायः सुगम गाउँहरुमा मात्र पुग्ने गरेको छ । राजमार्गआसपासका गाउँमा राहत धेरै पुग्ने गरेको छ । दुर्गम गाउँका भूकम्पपीडितले भने पर्याप्त राहत पाउन सकेका छैनन् । काभ्रेका सुगम गाउँमा एकै दिनमा धेरैले राहत...

Read More

लास पुरिएकै ठाउँमा बास

२७ वैशाख, काठमाडौं । गत साउनमा भीषण पहिरो जाँदा उठिबास भएका जुरेका सयौं पीडित विनाशकारी भूकम्पका कारण झन् अलपत्र परेका छन्। एक सय ५० भन्दा बढीको ज्यान लिने गरी गएको पहिरोले घरबास बगाएका जुरेका बासिन्दा भूकम्पपछि शव पुरिएकै ठाउँमा बास बसिरहेका छन्। जंगलमा बनाएको छाप्रोसमेत भूकम्पले भत्काइदिएपछि शव पुरिएको पहिरो र बगरमा पाल र प्लास्टिक टाँगेर रात कटाइरहेका छन्। सिन्धुपाल्चोकमा भूकम्पले ध्वस्त बनाएका बस्ती हेर्न सोही बाटो हुँदै दिनहुँ मन्त्री, दलका नेता, समाजसेवी र विदेशी गाडीमा हुइँकिन्छन्। तर, जुरेका पीडित बासिन्दाले बाँच्नका लागि गरेको कष्टमा कसैको ध्यान जान सकेको छैन । ‘पहिले हामी भत्किएकै छाप्रोमा प्लास्टिकले ओत लगाए बसेका...

Read More

व्यवस्थापिका संसदको बैठक आज पनि, संकल्प प्रस्ताव माथि छलफल हुने

२७ बैशाख, काठमाडौ । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा भूकम्प पीडितलाई राहत, पुनःस्थापना लगायतका विषयमा तयार पारिएको संकल्प प्रस्ताव माथि छलफल हुनेछ । मुख्य तीन दलका प्रमुख सचेतकको प्रस्ताव र संसदमा रहेका अन्य बाँकी दलहरुको समर्थनमा हिजो २७ बुँदे संकल्प प्रस्ताव प्रस्तुत गरिएको थियो । छलफलका लागि आज ८ र भोली ८ घण्टा गरी दलीय आधारमा १६ घण्टाको समय निर्धारण गरिएको सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिए । बोल्नका लागि भुकम्प प्रभावित जिल्लाका सभासदलाई प्राथमिकता दिइएको छ । गृहमन्त्री बामदेव गौतमले जवाफ दिएपछि भोली नै प्रस्ताव पारिन गरिने संसद सचिवालयले जनाएको छ...

Read More

बिहेको बस पल्टिदा दुलहीको बाबुसहित दुई जनाको मृत्यु

२७ बैशाख, बर्दिया । बर्दियाको महम्मदपुर गाविस वार्ड नं. ६ लालपुर नजिक नेपालगंजबाट गुलरिया तर्फ फर्कीरहेको भे.१ ख. १४२८ नम्वरको बिहेको बस पल्टिदा दुई जनाको मृत्यु भएको छ । बाँकेको नेपालगंज स्थित बागेश्वरी मन्दिर बाट विहे सकेर फर्किने क्रममा अनियन्त्रीत भई बस सडक बाहिर जाँदा शनिवार वेलुकी ६ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी वेहुलीका वावु ५० बर्षिय महेश कुमार उपाध्याय र खैरापुर निवासी ४२ बर्षिय षडानन्द पौडेलको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाईते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटना पछि स्थानियले पल्टिएको बसलाई उठाएर उद्धार गरेका थिए । जनज्योति वोर्डिङ्ग...

Read More