Author: NH3

डिभी र पिआर लिएका कर्मचारीले सरकारी सुविधा पाउँदैनन्: लालबाबु पण्डित

६ चैत, काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्र सेवक कर्मचारीले डिभी तथा स्थायी बसोबास अनुमतिपत्र (पिआर) लिएको खण्डमा उसलाई जनताको करबाट जाने एक पैसा पनि सुविधा नदिने उद्घोष गरेका छन् । सूचना तथा सञ्चार क्लव नेपालको सातौं वार्षिकोत्सवको अवसरमा आज आयोजित ‘दोहोरो नागरिकता र विवाद’ विषयक अन्तरक्रियामा उनले भने, “दोहोरो नागरिकतासम्बन्धी विधेयक तयार हुदैँछ, संसदको अधिवेशन सुरु भएपछि यसले पूर्णता पाउनेछ, कुनै हालतमा दोहोरो नागरिकता दिइनुहुन्न यसले राष्ट्रिय अखण्डतालाई कमजोर तुल्याउछ ।” मन्त्री पण्डितले २०५७ सालमै टुङ्गिएको दोहोरो नागरिकताको विषय पुनः चर्चाको विषय बनाइनु बिडम्बना हो भन्दै कुनैपनि नागरिक एक राष्ट्रको मात्र नागरिक हुनसक्ने बताए । पूर्वमन्त्री रामकुमार...

Read More

‘सयको लगानी, हजारको आम्दानी’

६ चैत, प्यूठान । ‘सयको लगानी तर हजारको आम्दानी’ सुन्दा अनौँठो लाग्न सक्छ । तर यहाँका एक कृषकले सयमा लगानी गरी अहिले हजारको आम्दानी गर्दा जिल्लामै नमुना बनेका छन्। दक्षिणी प्युठानको बाङ्गेसाल गाविस–६ दर्भानका हरिबहादुर केसीले अहिले आफूमात्रै होइन बेरोजगार स्थानीय युवालाई सीप हस्तान्तरणसँगै नयाँ काम सुरु गर्न प्रेरणा दिँदै समाजमा नै नमुना बनेका हुन्। “व्यक्तिको जीवनमात्रै होइन समाजलाई पनि हामीले परिवर्तन गर्ने हो” उनले भने, “सयमा सुरु गरेको कामले मलाई हजारौँको आम्दानी दिएको छ ।” “पराल काट्ने, उसिन्न र त्यसलाई प्लास्टिकमा पोका पार्ने मेरो दैनिकी हो ।” केसीले भने, “सुरु गर्दा सयमा लगानी गरेको थिएँ तर अहिले हजारौँ...

Read More

कुरान जलाएको आरोपमा महिलालाई भीडले कुटी कुटी मारे

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा एक महिलालाई कुरान जलाएको आरोपमा भीडले कुटी कुटी मारेका छन । मारेपछि महिलाको शव नदी किनारमा लगेर आगो लगाई जलाइदिएका छन । तर पुलिसले भने भीडद्वारा महिला मारिनुको पछाडिको कारण अझै स्पष्ट नभएको बताइरहेको छ ।       एक स्थानीय च्यानलले आफ्नो वेवसाइडमा लेखेको छ, महिलाको हत्याको कारण उनको कुरानको पान्ना जलाउँदा भएको हो । महिलाका परिवार भने उनी कयौं वर्षदेखि मानसिक विरामी रहेको बताउछन् । पुलिसले यस मुद्दामा अहिलेसम्म चार जनालाई गिरफ्तार गरेको छ । मानवअधिकारवादी संगठनले घटनाको निन्दा गर्दै जाँचको माग गरेको छ...

Read More