Author: NHN

ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

३० असोज, झापा । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–१ दुर्गापूर सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवशताक्षी नगरपालिका–९ का ३० वर्षीय बुद्धिबहादुर राई रहेका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१त ३६५० नंको ट्र्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको मे१प ७९११ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक राईको उपचारका क्रममा बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...

Read More

लेनदेनको विवादमा दम्पतीको हत्या

३० असोज, दैलेख । भगवतीमाई गाउँपालिका–७ का एक दम्पतीको आइतबार राति हत्या गरिएको छ । सामान्य लेनदेनको विषयमा विवाद हुँदा ४० वर्षीय जयबहादुर सिंह र उनकी पत्नी ३९ वर्षीया कमलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । बाबुआमाको झगडामा अनाहकमै जयबहादुरका १६ वर्षीय छोरा दीपकलाई समेत धारिलो हतियारले काटिएकाले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा लगिएको छ । दम्पती हत्यामा भगवतीमाई गाउँपालिकाकै छिमेकी २१ वर्षीय मोहन खड्का संलग्न रहेको आरोप जिल्ला प्रहरी कार्यालयले लगाएको छ । उलाई पक्राउ गरिएको छ । छिमेकी घर जोडिएको सिंह दम्पतीलाई लेनदेनको विषयलाई लिएर आइतबार राति धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला...

Read More

ग्यास सिलिण्डर पड्किँदा ७ जनाको मृत्यु

एजेन्सी । बैंग्लोरमा एउटा घरमा ग्यांस सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । विस्फोटबाट चारवटा घर भत्किएका छन् । घर भत्किएर पुरिँदा उनीहरुको मृत्युभएको हो । घटनालगत्तै उद्धार कार्य सुरु गरिएको र भग्नावशेषबाट ३ बर्षिया बालीकालाई जिवित्तै निकालीएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । बालिकाका आमाबुबा सबै परिवारको घटनामा मृत्यु भएपछि राज्य सरकारले उनको रेखदेख गर्ने जिम्मा लिएको छ । विस्फोटपछि लागेको आगो सँगै रहेका अन्य तीनवटा भवनमा फैलिएको थियो । समाचार एजेन्सीका अनुसार ग्यांसको सिलीन्डर राखिएको एउटा दुईतले भवनमा विस्फोट भएको थियो । यद्धपी सरकारका तर्फबाट जारी गरिएको बयानमा त्यहाँ राखिएका कुनैपनि सिलिन्डरमा ग्यास नरहेको उल्लेख छ...

Read More

फिफा बारियतामा नेपाल एक स्थान तल

३० असोज, काठमाडौँ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले आज जारी गरेको नयाँ फिफा वरियतामा नेपाल एक स्थान तल झरी १७६ औँ स्थानमा पुगेको छ । त्यस्तै भारत दुई स्थान माथि उक्लँदै दक्षिण एसियाली राष्ट्रमा शीर्ष स्थानमा छ । भारत १०५ औँ तथा अफगानिस्तान १५४ औँ स्थानमा छन् । त्यसैगरी दुई स्थान गुमाएको माल्दिभ्स १५६ औँ तथा भुटान १६ स्थान तल झर्दै १९० स्थानमा पुगेका छन् । बंगलादेश १९६, श्रीलंका १९८ तथा पाकिस्तान २०१ औं स्थानमा छन् । विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा यथावत् छ भने ब्राजिल दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छन्...

Read More

८८ किलो सुनकाण्डमा तामाङ पक्राउ

३० असोज, काठमाडौँ । प्रहरीले सुन तस्करीका आरोपमा नेपाल–चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङलाई पक्राउ गरेको छ । गत भदौ १९ गते काठमाडौँको क्षेत्रपाटीमा बा१७च ६४२७ नंको टाटा सफारी गाडीमा ८८ किलो सुनसहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो । सो सुन तस्करी काण्डमा तामाङको पनि संलग्नता देखिएको भनी उनलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले आज राजधानीबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवस लोहनीले ८८ किलो सुन तस्करीमा तामाङको पनि संलग्नता देखिएकाले उनलाई अनुसंन्धानका लागि नियन्त्रणमा लिइएको बताउनुभयो । यसअघि सोही सुन तस्करीमा संलग्न भएको भन्दै प्रहरीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त...

Read More