ayushman khuranasफागुन, एजेन्सी । चर्चित नायक तथा गायक आयुष्मान खुरानाको घरमा एक व्यक्तिको शव फेला परेको छ । प्रहरीले दिएको जानकारी अनुसार उक्त शव घरमा काम गर्ने कामदार शिव शर्माको हो । शिव शर्माको शव पंखामा झुण्डिएको अवस्थामा भेटिएको थियो ।
यो घटनालाई लिएर प्रहरीले आयुष्मानलाई आफ्नो नियन्त्रणमा राखेर सोधपुछ गरि रहेको बताईएको छ । प्रहरीले दिइएको जानकारी अनुसार नायक आयुष्मान खूरानाको घरमा काम गर्ने कामदार शिव प्रसादले गोरेगाँउ स्थित उनकै घरमा आत्महत्या गरेको बताइएको छ । प्रहरीका अनुसार शिव प्रसादले केही दिनअघि आत्महत्या गरेका हुन् ।
आयुष्मानको श्रीमती १७ फरवरीमा उनी घरबाट बाहिर थिईन् भने आयुष्मान आफ्नो सुटिङमा व्यस्त रहेको बताईएको छ ।
प्रहरी अनुसार २६ वर्षका शिव प्रसाद लगभग १० वर्ष देखि नायक आयुष्मान खूरानाको घरमा काम गर्दै आएका थिए । प्रहरीले यस घटना बारे अनुसन्धान गरिरहेको बताईएको छ ।