baburam bhattrai५ मंसिर,काठमाडौ।एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले बुथ कब्जा गरेको भन्ने कांग्रेस एमालेको आरोपप्रति तिब्र रोष प्रकट गरेका छन्।

आज फेसवकुमा स्टाटस लेख्दै भट्टराईले भने-‘गोरखामा यस पटक पनि एमाओवादीको वर्चस्व कायमै रहने देखेपछि आत्तिएका कांग्रेस-एमाले ले आफ्नो लज्जाजनक
हारको लाज छोप्न हत्तपत्त हुँदैनभएको धाँधलीको आरोप लगाएर चुनाव विथोल्ने वा त्यो नसके एमाओवादीको शानदार जितलाई न्यूनीकरण गर्ने झिंगे दाउ हानेको
प्रष्टै छ । कर्पोरेट मिडियाले त्यसलाई एकतर्फी रुपमा उचालेर प्रचार गर्नु अनौठो विडम्वना भएको छ ।’

यसका साथै उनले चुनावको नतिजा भोली सम्म आउने हुनाले धेरै अनुमानको खेती नगर्न आग्रह गरेका छन्। उनले लेखेका छन्-चुनावको नतिजा भोलि साँझ सम्म
मूल रुपमा आउने हुनाले आजै अनुमानको चंगा उडाउनुको कुनै तुक छैन । तर कतिपय शक्तिकेन्द्रहरुद्वारा प्रायोजित केही पूर्वानुमान हेर्दा र सुन्दा उनीहरु नेपालमा
यथास्थितिवादका कट्टर पक्षधर र परिवर्तनका विरोधी भएको सहजै बुझ्न सकिन्छ ।

बाबुरामले संविधानसभाको दोश्रो निर्वाचन व्यापक जनसहभागिताका साथ मूलत: शान्तिपूर्ण ढंगले सम्पन्न भएकोमा सबै लाई बधाई पनि दिए ।

उनले जनताको मतले नै चुनाव जित्ने हो भने यस पटक एमाओवादीको जितलाई कसैले रोक्न नसक्ने पनि लेखेका छन। कांग्रेसले गोर्खामा एमाओवादीले बुथ कब्जा
गरेको आरोप लगाएको थियो।