baburam bhattrai१५ माघ,काठमाडौ। एमाओवादीमा प्रचण्ड नै संसदीय दलको नेता बन्ने निश्चित छ।

पार्टीले सर्वसम्मत रुपमा प्रचण्डलाई संसदीय दलको नेताका रुपमा चयन गर्ने लागेको छ।

 

प्रचण्ड दलको नेता बन्ने भएपछी बाबुराम भट्टराईलाई दलको उपनेता बन्न भनिएको थियो। वास्तवमा प्रचण्ड पनि यही चाहन्थे।

तर नेता भट्टराईले यसलाई ठाडै अस्विकार गरेको चर्चा छ।

उनले प्रधानमन्त्री भइसकेको मान्छे उपनेता नबन्ने तर्क पेश गरेको बताइन्छ ।

पार्टीभित्र भने यसलाई बाबुराम प्रचण्डको अण्डरमा बस्न नमानेको रुपमा अर्थ्याइएको छ।

 

बाबुराम भट्टराईले संसदीय दलको उपनेता हुन नमानेपछि उनले आफ्नै पक्षका कोही नेतालाई सिफारिश गर्ने संभावना छ। यस अघी संसदीय दलको नेतामा कृष्णबहादुर महराको नाम आउँदा भट्टराईले टोप बहादुर रायमाझीलाइ अघि सारेका थिए ।

नेता भट्टराईले संविधान नबनेसम्म कुनै पदमा नबस्ने घोषणा पनि गरेका थिए ।