baburam bhattrai२८ वैशाख, काठमाडौ । एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले संविधानसभाको निर्वाचनलाई छिटोभन्दा छिटो सम्पन्न गरेर मुलुकलाई राजनीतिक निकास दिनु पर्ने बताएका छन्। 

सङ्क्रमणकालको अन्त्यका लागि तत्काल निर्वाचनको मिति घोषणा गरेर मुलुकलाई नयाँ राजनीतिक माहोलमा देशमा लैजानु पर्ने उनले बताएका छण्। नेपाल राष्ट्रिय कर्मचारी महासङ्घद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले वैद्य नेतृत्वको नेकपा-माओवादीको गतिबिधि प्रति पनि तितो पोखे।
नेकपा-माओवादीलाई संकेत गर्दै भट्टराईले क्रान्तिको नाममा निर्वाचन भाड्ने र मुलुकलाई अस्थिरताको भूमरीमा लैजान खोज्नेहरुलाई नेपाली जनताले ठेगाना लगाई दिने बताए।

नेता भट्टराईले धम्कीको शैलीमा वैद्यहरु चुनावमा नआए समाप्त हुने आशय व्यक्त गरेका थिए ।

उनले आगामी कात्तिकको अन्तिम साता वा मङ्सिरको पहिलो साताभित्र निर्वाचन हुने विश्वास समेत व्यक्त गरेका थिए।

भट्टराईले आगामी संविधानसभाको निर्वाचनमा नेपाली जनताले आफ्नो पार्टीलाई पूर्ण रुपमा विजयी बनाउने दाबी गरे। यसका लागी लागि पार्टीका सबै तह तप्काले जनतालाई बुझाउनुपर्ने उनले बताए ।