dollor us१९ जेठ, भियना । अष्ट्रियाको एक बैंक कर्मचारीले करिब १ लाख १७ हजार डलर(करब १ करोड नेपाली) पानीमा खसाएको बताएका छन्।

बैंक कर्मचारीले एउटा सानो शाखाबाट मुख्या कार्यालयमा पैसा लैजाँदै गर्दा बाटोमा कारको टायर पंचर भएकाले त्यसलाइ मिलाउँदै गर्दा पैसा भएको झोला खोलामा खसेको बताएका छन् ।

बैंक कर्मचारीले पैसा खसेको बताएपछि प्रहरी र उद्धारकर्ताको टोलीले खोलामा व्यापक खोजी गरेको थियो तर मात्र करबि ३ लाख भन्दा बढि पैसा भेटिएन् ।

कर्मचारीको भनाइ लाई पुष्टी गर्ने प्रत्यक्षदर्शी कोही भेटिएको छैन् तर प्रहरीले उनि विरुद्ध कुनै कारवाही शुरु गरेको छैन् ।

तर बैंकले भने उनलाई आफ्नो कार्य राम्रोसंग गर्न नसेको भन्दै सेवामा बाट बर्खास्त गरेको छ ।

प्रहरीले हराएको पैसा खोज्न नजान सर्वसाधारणलाई अपिल गरेको छ । हराएको पैसा खोजेर धनी हुन केही मानिस गइसकेको बताइन्छ ।