women sleeping1सुत्दाखेरी समस्या भोग्ने बेलायतीहरुको संख्या दिनप्रतिदिन बढ्नै छ । सुत्दाखेरी समस्या भोगेको भन्दै जचाउन आउँनेको संख्या बढेपछि बेलायतको मेन्टल हेल्थ फाउण्डेशनका बिशेषज्ञ चिन्तित बनेका छन् । फाउण्डेशनमा हप्तामा ५० जनाभन्दा बढी सुताई समस्या बोकेर आउन थालेका छन् । यस्तो समस्यालाई बिशेषज्ञहरुले ‘पारासोम्निया’ नाम दिएका छन् । बिशेषज्ञका अनुसार बढी मानिसमा सुत्दाखेरी हुने गरेको समस्या यस्तो छः

म्यासेज गर्ने…

९२ प्रतिशत बेलायतीहरुले मोबाइल फोनको प्रयोग गर्ने गरेको तथ्यांक छ । तर होस्मा हुँदा प्रयोग हुने मोबाइल निदाउँदा पनि प्रयोग हुन थालेपछि समस्या बल्भिएको हो । निदाएको बेलामा आफन्त वा साथीभाईहरुलाई थाहै नपाई म्यासेज गइदिने समस्याले धेरै मानिसहरु हैरान छन् । सुतेको बेलामा उनीहरुले पठाउने म्यासेज अर्थ न बर्थका हुन्छन् । बिहान व्यूँझदा मात्रै उनीहरुलाई म्यासेज पठाइछु भन्ने जानकारी हुन्छ ।

खाने…
व्यूँझदाखेरी आफ्नो भान्साको खानेकुरा रित्तिएको चाल पाउनेहरुले बेलायतीको संख्या पनि बढ्दैछ । फाउण्डेशनमा समस्या लिएर आउनेहरुमध्ये अधिकांशले निदाएको बेलामा खानेकुरा खाने गरेको गुनासो पोख्ने गरेको छ । निन्द्राको तालमा भान्सा, पि|mज वा भाडामा राखिएको खानेकुरा खाने बानीले उनीहरु आजित छन् । सुत्दाखेरी भोक लागेको अवस्था भएमा यस्तो समस्या बढी हुन्छ । कतिपयले त खानेकुरा पकाएरै खाने गरेको समस्यासमेत सुनाउने गरेका छन् । सुन्दाखेरी हाँसो उठ्ने भएपनि यस्तो समस्याले बिकराल रुप लिनेमा बिशेषज्ञहरु चिन्तित छन् ।

सम्भोग…
सुतेको अवस्थामा थाहै नपाई सम्भोग गर्ने बेलायतीको संख्या पनि बढ्दैछ । निदाएको बेलामा सँगै सुतेको व्यक्ति वा वरपर रहेको व्यक्तिसँग सम्भोग गरेको उनीहरुले व्यँझिदा मात्रै थाहा पाउँछन् । यस्तो समस्याले जबरजस्ती करणीको घटना बढ्नसक्नेमा मानसिक बिशेषज्ञहरुको चिन्ता थपिएको छ । 
बढी तनाव भएको बेलामा र रक्सी वा लगूओषध सेवन गरेर सुतेकाहरुले यस्तो काम गर्नसक्ने सम्भावना झन् बढी हुन्छ । बिशेषज्ञहरुले यसलाई सेक्सोमेनिया नाम दिएका छन् ।

सास फेर्न रोकिने…
सुत्दाखेरी सास फेर्न समस्या हुने वा सासै रोकिने समस्या लिएर जचाउन आउनेको संख्या पनि बढ्दै गएको छ । सुत्दाखेरी सास रोकिने समस्या निकै डरलाग्दो हुने बिशेषज्ञहरुको भनाई छ । घाटीका मांशपेशीहरु जोडिएर यस्तो समस्या आएको हुनसक्ने उनीहरुको अनुमान छ । 
मानिसहरुले निदाएको बेलामा थुप्रै सेकेण्डसम्म सासै रोकिएको समस्या लिएर आउने गरेका छन् । यस्तो समस्या भएका मानिसहरुले व्यूँझदाखेरी निकै थकान महशुश गरेका हुन्छन् ।

विष्फोटनको आवाज…
तपाई सुतिरहनु भएको छ र एक्कासी ठूलो आवाज आएको ठानेर व्यूँझनु हुन्छ भने यसलाई बिशेषज्ञले ‘एक्प्लोडिङ हेड सिन्ड्रोम’ -ठूलो आवाज आएर तर्सनु) भनेका छन् । सुत्दाखेरी एक्कासी बम बड्केको आवाज आउनु, गोली पड्केको जस्तो आवाज आएको भन्ठान्नु र व्यूँझनु, टाउकोभित्रै चट्याङ परझैं ठानेर व्यूझनु वा टाउको भित्रै ठूलो आवाज आएको ठानेर तर्सनु जस्ता समस्या बेलायतीहरुमो बढेको तथ्यांक छ ।

यस्तो समस्याहरु तनाव र मानसिक समस्याका कारण बढी उत्पन्न भएका अनुमान गरिएको छ । यस्तो समस्या बढी देखिने मानिसहरुमा मानसिक समस्यासमेत उत्पन्न हुने खतरा हुन्छ । तपाईमा पनि सुतेको बेलामा देखिने यस्तै खालको कुनै समस्या छ कि ?