२२ वैशाख, एजेन्सी । भारतको ओडिशा राज्यको कोरापुत जिल्लामा एक भालुले ८ जनाको ज्यान लिएको छ । जंगली भालुको आक्रमणमा परी एक दम्पतीका साथमा आठ व्यक्तिको मृत्यु हुनुका साथै पाँच व्यक्ति गम्भीर रूपमा घाइते भएका छन् ।

जङ्गली जनावरले कोटपाडको आन्द्रमुन्डा नजिकै वनक्षेत्रमा शनिबार तीन व्यक्तिमाथि घातक आक्रमण गरेको थियो र दुईलाई घाइते बनाएको थियो । ती सबै व्यक्तिहरू वनमा दाउरा खोज्न गएका थिए ।
तीन व्यक्ति मारेपछि उक्त भालु थप अनियन्त्रित भएको थियो र त्यसले अन्य पाँच व्यक्तिलाई पनि मारेको थियो साथमा अन्य तीन व्यक्तिलाई पनि घाइते बनाएको बताइएको छ ।

घटनाबाट क्रुद्ध भएका गाउँलेले लट्ठी तथा अन्य हतियारले उक्त भालुलाई कुटेर मारेका थिए । घाइतेलाई उक्त जिल्लाको केन्द्रमा उपचार भइरहेको र उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।