apple-in-treeभनिन्छ, दैनिक एउटा स्याऊले अस्पताल जानुपर्ने समस्याबाट टाढा राख्छ ।’ साच्चै नै स्याऊमा यस्तो रसायन पाइन्छ, जुन रसायनले धेरै बिमारीलाई फाइदा गर्छ । स्याऊमा पाइने एन्टीअक्सिडेन्टले स्याऊलाई अन्य खानेकुरा भन्दा धेरै फरक बनाएको छ ।

सन् २००४ मा युएसडीएका वैज्ञानिकहरूले एन्टीअक्सिडेन्ट युक्त १०० खाद्य पदार्थको जाँचमा १२ नम्बरमा स्याऊ परेको थियो । एन्टी अक्सिडेन्टले धेरै बिमारीबाट बच्न मद्धत गर्छ । स्याऊमा हुने कोषहरूको सामान्य गतिविधीका क्रममा अक्सिडेशनको प्रक्रियालाई पुग्न सक्ने हानीबाट बचाउन एन्टी अक्सिडेन्टले निकै सहयोग गर्छ । स्याऊमा एन्टी अक्सिडेन्ट निकै धेरै हुने भएकाले स्याऊ अन्य फल भन्दा धेरै राम्रो मानिन्छ स्वास्थ्यका लागि । थाहा पाऔ कुन-कुन रोगबाट टाढा राख्न स्याऊले मद्धत गर्छ…

– दाँत सफा राख्छः दैनिक रूपमा स्याऊको प्रयोगले दाँतलाई सेतो राख्न मद्धत गर्छ । स्याऊ चपाएर खाँदा यसले ब्याक्टेरियालाई दाँतमा रहन दिँदैन र दाँतमा आउन सक्ने समस्यामा कमी आउँछ ।

– झाडापखाला र कब्जियतबाट मुक्तिः स्याऊको प्रयोगले कब्जियतबाट पिडितले धेरै हदसम्म राहत पाउँछन् । स्याऊमा हुने फाइबरले झाडापखाला तथा कब्जियत दुवैलाई फाइदा गर्छ ।

– मधुमेहबाट सुरक्षाः दैनिक रूपमा स्याऊ प्रयोग गर्ने महिलामा मधुमेहको समस्या करिब २८ प्रतिशतले कमी हुने नयाँ खोजले देखाएको छ ।

– क्यान्सरबाट सुरक्षाः अमेरिकी एसोसियसन फर क्यान्सर रिसर्च वैज्ञानिकहरूका अनुसार दैनिक रूपमा स्याऊ खानुले प्यान्क्रियाटिक क्यान्सर हुने खतराबाट २३ प्रतिशतले कमी ल्याऊँछ ।

– अलजाइमर्सको खतरा कमः दैनिक रूपमा स्याऊको जुस पिउने गरे अल्जाइमर्स हुने खतरा निकै कम हुन्छ । यस्तै उक्त जुसले दिमागको एजिङ्ग प्रोसेसलाई पनि ढिलो गरिदिन्छ ।