bananasकेरा हामीले प्राय खाइरहने फलफुल हो । नियमित रूपमा प्रयोग गर्ने केरालाई हामीमध्ये धेरैले मात्र फलफुलका रूपमा प्रयोग गरिरहेका छौ । यसबाट हुने फाइदाका बारेमा हामी अनभिज्ञ नै छौ । केराले दिने फाइदाका बारेमा थाहा हुने जोकोहीले पनि केरालाई फलफुलको रुपमा मात्र नहेरी स्वास्थ्यका लागि अति उपयोगी खाद्यान्नको रूपमा हेर्ने निश्चित छ ।

 

केरामा तीन थरीका सुगर पाइन्छ, सुक्रोज, फ्रुक्टोज र ग्लुकोज । सुगरसँगै केरामा फाइबरको मात्रा पनि उत्तिकै बढी हुन्छ । केराको नियमित प्रयोगले शरिरमा निकै धेरै शक्ति समेत दिन्छ । त्यसैले पनि खेालडीहरू केरा खान रूचाउँछन् । २ वटा केरा खाँदा उक्त केराले ९० मिनेटसम्म काम गर्न सक्ने शक्ति प्रदान गर्छ ।

 

केराले शक्ति दिने मात्र नभई विभिन्न रोगमा समेत निकै फाइदा पुर्याउँछ । मानिसको मानसिक तथा शारीरिक स्वास्थ्यलाई स्वस्थ बनाउनका लागि केराले निकै फाइदा पुर्याउँछ ।

थाहा पाऔ केराका फाइदाहरू…

– तनाव कम गर्नः केही समयअघि मात्र माइण्डले गरेको अनुसन्धानमार्फत के पत्ता लागेको छ भने केराले तनावलाई कम गर्न मद्धत गर्छ । केरामा पाइने ट्रिप्टोफान नामक प्रोटीन शरिरमा पुगेपछि सेरोटोनिनमा परिणत हन्छ । सेरोटोनिनले मानिसलाई तनावबाट मुक्त राख्न मद्धत गर्छ । तपाईको चिन्ता, तनावलाई कम गर्दै चुस्त, खुसी राख्न मद्धत गर्छ ।

 

– एनेमियाः केरामा पाइने फलामको मात्राले शरिरमा हेमोग्लोबिनको मात्रालाई बढाउन मद्धत गर्छ । यसले गर्दा एनेमियाको रोकथामलाई पनि निकै सहयोगी साबित हुन्छ ।

 

– रक्तचापः केरामा पाइने पोटासियम जसमा नुनको मात्रा कम हुन्छ त्यसले शरिरको रक्तचापलाई नियन्त्रण गर्न मद्धत गर्छ। केराले हृदयघात र उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्धत गर्छ ।

 

– दिमागी क्षमता बृद्धीः करिब २ सय विद्यार्थीमा गरिएको एक सर्वेक्षणमा केराले विद्यार्थीहरूको दिमागी क्षमतामा बृद्धी भएको पाइएको थियो । जाँचका बेलामा विद्यार्थीहरूलाई खाजा, खाना सबै बेला केरा खुवाइएको थियो । यसरी केरा खुवाउँदा विद्यार्थीहरूको क्षमतामा फरक पाइएको बेलायतको ट्विकेनह्याम विद्यालयले जनाएको छ ।

 

– कब्जियतः केरामा धेरै फाइबर पाइने भएका कारण यसले कब्जियतको समस्याबाट छुटकारा दिन मद्धत गर्छ ।

 

– अल्छीपनबाट मुक्तिः केराले मानिसलाई अल्छिपनाबाट समेत छुटकारा दिन मद्धत गर्छ । 

 

– मुटुको जलनः केरामा हुने एण्टाएसिडले मुटुको जलनलाई कम गर्न मद्धत गर्छ ।

 

– लामखुट्टेको टोकाईः लामखुट्टेको टोकाईबाट बच्नका लागि तथा टोकाईबाट हुने एलर्जीबाट बच्नका लागि हामीले विभिन्न खाले क्रिमको प्रयोग गर्ने गर्छौ । तर, केराको प्रयोगले पनि लामखुट्टेको टोकाईबाट हुने एलर्जीबाट बच्नका लागि मद्धत गर्छ ।

 

– स्नायू प्रणालीः केराले स्नायु प्रणालीलाई समेत तन्दुरूस्त राख्छ मद्धत गर्छ । केरामा पाइने भिटामिन बीका कारण यस्तो सम्भव भएको हो ।

 

– तापक्रम नियन्त्रणः केराले शरिरको तापक्रम नियन्त्रण गर्नका लागि मद्धत गर्छ । केराले मानसिक र भावनात्मक तापक्रमलाई नियन्त्रण गर्न मद्धत गर्छ ।