coffee drinkingकफी हामीले दिनहुँ प्रयोग गर्ने पेय पदार्थ हो । आजकल मानिसले चिया भन्दा कफी नै बढी पिउन थालेका छन् । जाडोमा अझ कफीको प्रयोग गर्नेको संख्या झन् बढी हुन्छ । कफी पिउनुका केही फाइदा र केही बेफाइदाहरू छन् । तर, समय र मात्रा मिलाएर खाने हो भने कफीले स्वास्थ्यलाई निकै फाइदा गर्छ ।

 

थाहा पाऔ कफी खानुका फाईदाहरू…
१. प्रत्येक दिन बिहान कम्तीमा १ कप कफी पिउनाले शरिरमा दिनभर स्फुर्ति ल्याउनुको साथै यसमा हुने एन्टी अक्सिडेन्टको कारण शारीरिक तथा मानसिक तनावलाई समेत कम गर्दछ ।

 

२. मदिराजन्य वस्तुको सेवनवाट हुने ह्याङ्ग ओभरबाट छुटकारा पाउन सकिन्छ ।

३. कफी सेवन गर्ने बानीको कारण चियामा हुने दैनीक खर्चलाई जोगाउनुको साथै चिया सेवनवाट हुने असरवाट समेत बच्न सकिन्छ ।

 

४. मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई क्रियाशिल तुल्याउँछ ।

५. चिसोको कारण शरिर फुल्ने, खुट्टा तथा आँख्ला सुनिने जस्ता समस्या भएका वाथका रोगीहरुले नियमित कफी सेवन गरेमा धेरै फाईदा गर्छ ।

 

६. दम, पित्त थैली र मृगौलाको पथ्थरी, मधुमेह, आन्द्राको क्यान्सर र रेडियो बिकिरणवाट हुने असरका समस्यालाई हटाउँछ ।

 

७. जाडो समयमा नियमित कफी पिउनाले शरिरमा गर्मिपन बढाउनुको साथै चिसोलाई हटाउँछ ।

८. नियमित कफी सेवनले बोसो तथा मोटोपनलाई समेत कम गर्दछ ।

 

९. कफीमा पाईने एण्टी–अक्सीडेन्टले हृदयरोग तथा क्यान्सरवाट मानिसलाई सुरक्षा प्रदान गर्नुको साथै शारिलाई तन्दुरुस्त राख्दछ ।

 

१०. दैनिक कम्तीमा २-३ कप कफी नियमित रुपमा पिउनाले यौन दुर्वलतालाई हटाउँछ ।