tearsजसरी तपाईको जीवनमा हासोँको महत्व छ त्यसरी नै रूवाईले पनि तपाईको शरिरलाई फाइदा गर्छ । रूवाईले तपाईको गह्रौ बनेको मन हल्का हुनेमात्र नभई स्वास्थ्यका दृष्टीले पनि फाइदाजनक हुन्छ । 


मेडिकल युनिभर्सिटी अफ ओहायोका सोधकर्ताहरूले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने रोएपछी धेरै मानिस आफ्नो शरिर हल्का भएको र आफूलाई फ्रेस भएको महसुस गर्ने गर्छन् । युनिभरिसिटीका सोधकर्ताहरूका अनुसार ८८.८ प्रतिशत मानिसले रोएपछी आफूलाई हल्का महसुस गर्ने गरेको बताएका छन् भने मात्र ८.४ प्रतिशत मानिसले मात्र रोएपछी आफूहरू दु:खी हुने बताएका छन् । 


यदी तपाई कुनै कुरामा दु:खी हुनुहुन्छ भने रूने प्रयास गर्नुस् यसले तपाईको हल्का हुनुका साथै शरिरमा नयाँ जोश आउने सोधकर्ताहरूले बताएका छन् । यस्तै रूनुका अन्य फाइदाहरू समेत रहेका छन् । ती फाइदाहरू यस्ता छन्…


१. आँखाको रोशनीमा बृद्धी: रूनुले तपाईको आँखाको भित्रि भागहरू भीज्ने गर्छन् । यदी आँखा सुख्खा भयो भने आँखामा समस्या आउन सक्छ तर रूनुले तपाईको आँखालाई सुख्खा हुन दिँदैन र आँखाको रोशनीलाई फाइदा गर्छ तर धेरै रूँदा भने आँखाको रोशनीलाई बेफाइदा गर्छ । 


२. ब्याटेरिया मार्नका लागी: 
आशुँमा लिसोजाइम नामक तरल पदार्थ हुन्छ, जसले ५-१० मिनेट भित्र नै ९०-९५ प्रतिशत ब्याक्टेरिया नष्ट गर्छ । 


३. शरिरमा हुने विकार पदार्थ फ्याक्न: हामी धेरै दु:खी र तनावमा रहँदा शरिरमा केही विकार पदार्थहरू बन्ने गर्छन् । यदी मानिस रोयो भने ती विकार पदार्थहरू आँशुको माध्यमबाट बाहिर निस्कन्छ । 


४. मन हल्का बनाउन: तपाईको शरिरमा बढी मात्रा चिन्ता, अन्यौलता, थकाई, रिसका कारण मैगजिन नामका पदार्थको अधिक उत्पादन हुने गर्छ । रुँदा यो म्यागेजिन भन्ने पदार्थ शरिरबाट बाहिर निस्कन्छ र तपाईलाई हल्का महशुस हुन्छ । 


५. तनाव कम गर्न: अधिक तनाव हुँदा रूने गर्नाले राहत मिल्छ । रूने क्रममा शरिरमा एण्डोर्फिन, ल्युकाइन-एकाफालिन र प्रोल्याटिन नामक तत्वको स्तर कम हुन्छ, जसले तनाव कम गर्न मद्धत गर्छ । तर धेरै रूँदा भने तनाव झन् बढ्न सक्छ ।