condom१२ चैत, एजेन्सी । माइक्रोसफ्टका मालिक बिल गेट्सको अगुवाईमा चलिरहेको एनजीओ बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेशनले युवापुस्तामा नयाँ खाले प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त एनजिओले युवा पुस्तामा बढी प्रचलनमा रहने कन्डमको निर्माण गर्ने प्रतियोगिता ल्याउन लागेको छ । एनजीओले उक्त प्रतियोगितामा सर्वोत्कृष्ट कण्डम निर्माण गर्नेलाई ८० लाख दिने घोषणा समेत गरिसकेको छ ।
एनजीओका अनुसार युवाहरुलाई निर्माण गर्न लगाएर गरिने उक्त प्रतियोगिताको मुख्य उदेश्य आरामदायी कण्डमको निर्माण भएको बताएको छ । सफल दाम्पत्य जीवनका लागी आवश्यक पर्ने कन्डम सहजै प्रयोग गर्न सकिने तथा कन्डमले सहजता महशुस गराउनु पर्ने एनजीओको चाहना छ । यदी यही अनुरूपको कण्डम बनाउन सके एनजीओले ८० लाख मात्र नभई अन्य बित्तिय सहयोग समेत गर्ने जनाएको छ ।
एनजीओले यो कामको सुरूवात निकै राम्रा खाले कण्डमको निर्माण होस् भन्ने चाहनाले गरेको बताइएको छ । बजारमा पाइने कण्डमहरुले सबैलाई समेट्न नसकेको तथा ग्राहकहरुको आवश्यकता अनुरूप नभएको, ग्राहकले कन्डम प्रयोग गर्दा समेत हिच्किचाउनु परेको कारण आफूहरुले यस्तो प्रतियोगिता गरेर उत्कृष्ट खाले कण्डमलाई प्रोत्साहन गर्ने बताएको छ ।