बलिउडका नायीकाहरू पनि आजकल आफूलाई निकै फेसनेबल देखाएर दर्शक तथा प्रशंशकलाई आफूतिर तान्ने सुरमा छन् । चलचित्रमा गरिने अभिनय, फेसनले मात्र नभई अहिले नायीकाहरू विभिन्न कार्यक्रममा समेत आफूलाई निकै बोल्ड देखाएर दर्शकलाई आफूतिर आकर्षित गर्ने परम्परा नै सुरू भएको छ । साना भन्दा साना पार्टी होस् या अन्य केहि कार्यक्रम त्यहाँ नायीकाहरू आफुतिर दर्शकलाइ तान्न उद्धत हुन्छन् । उत्तेजक पहिरनमा होस् या सकेसम्म कम पहिरन होस् या आफ्नो शरिरको धेरै भाग देखाएर होस् उनीहरू सकेसम्म दर्शकको नजरमा पर्न चाहन्छन्, ताकी आफ्नो चर्चा अन्य नायीकाको भन्दा आफ्नो बढी होस् र दर्शकको आँखामा आफू परेपछी राम्रा चलचित्रमा समेत काम पाइयोस् ।

नायीकाहरूलाई बोल्ड देखाउन डिजाइनर्सहरुले पनि निकै मिहेनत गर्न थालेका छन् । पहिले चलचित्रका लुगामा मात्र ध्यान दिने डिजाइनर्सहरू पनि अब नायीकाहरूको अन्य कार्यक्रमलाई पनि निकै ध्यान दिने गर्न थालेका छन् र उनीहरूलाई सकेसम्म बोल्ड देखाउने सुरमा उनीहरुले निकै उत्तेजक कपडाहरू समेत तयार गर्ने गर्छन् ।

यस्तो फेसनको परम्परा हलिउडका नायीकाहरूले राखेका हुन् । हलिउडका गायीका हन् या नायीका कुनै पनि कार्यक्रममा उपस्थित हुँदा आफूलाई निकै बोल्ड रूपमा प्रस्तुत गर्छन् । यस क्रममा हलिउडमा यस्ता लाजमर्दा घटनाहरू समेत घटेका छन्, जुन मिडियाहरूमा आइरहने गर्छन् ।

तर, बलिउडमा भने त्यति धेरै यस्ता घटनाहरू देखिएको छैन् । यद्यपी अहिलेको ट्रेन्ड हेर्दा लाग्छ बलिउडमा पनि यस्ता घटनाहरू बारम्बार दोहोरिने छन् ।

हेरौ विभिन्न कार्यक्रममा केही नायीकाहरूको पहिरन…

bollywood-celebrities-in-revealing-outfits bollywood-celebrities-in-revealing-outfits bollywood-celebrities-in-revealing-outfits bollywood-celebrities-in-revealing-outfits bollywood-celebrities-in-revealing-outfits bollywood-celebrities-in-revealing-outfits bollywood-celebrities-in-revealing-outfits