२० फागुन, एजेन्सी । पाकिस्तानको कराँची नजिकै भएको २ बम विस्फोटमा कम्तिमा १२ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् । सिया मुस्लिमहरूमाथी लक्षित गरेर गरिएको बम विस्फोटमा २ बालबालिकाको समेत मृत्यु भएको जनाइएको छ ।
कराचीँमा भएको पहिलो विस्फोट सिया मुस्लिमहरूले प्रार्थना गर्ने एक भवनमा भएको थियो । उक्त विस्फोट स्थानीय समानुसार बेलुका ७ बजेतिर भएको बताइएको छ । उक्त समयमा मानिसहरू प्रार्थना सकेर आ-आफ्नो घर फर्कने क्रममा थिए । यस्तै अर्को बम पहिलो बम विस्फोट भएको करिब १० मिनेटपछी भएको थियो ।
उक्त विस्फोटमा परी घाइते भएका ४० जनालाई नजिकैका दुई अस्पतालमा लगेर उपचार गरिराखिएको बताइएको छ भने घाइते हुनेमा बालबालिका तथा महिला समेत रहेका छन् ।