shiva regmi२६ असार, काठमाडौ । निर्देशक शिव रेग्मीको दुई वटै मृगौला निष्क्रिय भएका छन् । सफल निर्देशकको छवि बनाएका रेग्मी केही महिनाअघि देखि मृगौलाले काम गर्न छाडेको हो ।

मृगौलासम्बन्धि समस्या देखिएपछि निर्देशक रेग्मीले उपचार गराउदै आएका थिए । तर, औषधीले काम नगर्ने भएपछि उनको दुइ वटै मृगौला फेर्नुपर्ने भएको हो । चलचित्र निर्माता संघका महासचिव केशव भट्टराईका अनुसार रेग्मीको मृगौला नफेरी नहुने अवस्थामा छ । भट्टराइले भने, ‘रेग्मीको शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।’

अबको केही दिन भित्र उनका भाइले एउटा मृगौला दिदैछन् । रेग्मीका कान्छा भाईको एउटा मृगौला ट्रान्सफर गर्ने तयारी भैंरहेको छ । करीब डेढ हप्ता ओम अस्पतालमा उपचार गराएका निर्देशक रेग्मीको अहिले शिक्षण अस्पताल उपचार भइरहेको भट्टराईले बताए । ५० बर्षिय रेग्मीका सुखदुख , आफन्त, ए मेरो हजुर, कहाँ भेटिएला लगायत झण्डै दुई दर्जन धेरे चलचित्र सफल भएका छन् ।