bread and luckअधिकाँश मानिस आफ्नो असफलताका लागि भाग्यलाई दोष दिन्छन् ।

कति कति भाग्य सम्झेर रुन्छन् पनि ।

यदि तपाँइ पनि भाग्य विग्रेको भनेर चिन्तित हुनुहुन्छ भने  पिर नगर्नुस हामी तपाइँलाई रोटीबाटै भाग्य चम्काउने उपाय दिँदैछौं ।

 

विहान खाना बनाउने बेला बनाएको रोटी मध्ये एउटा छुट्टै निकाल्नुस् । ख्याल गर्नुस् त्यो रोटी अन्य रोटी भन्दा केही ठूलो आकारको हुनु पर्छ ताकि यसलाई ४ टुक्रा पार्न सकियोस ।

 

रोटीको पहिलो टुक्रा गाईलाई खान दिनुस् र मेरा सबै समस्या समाधान होस भनेर भगवानको प्रर्थना गर्नुस् ।

bread and luck 3

धर्म ग्रन्थ अनुसार गाइमा सबै देवताको बास हुन्छ यसै कारण गाईलाई नै पहिले रोटी खुवाउनु पर्छ ।

bread and luck 4

 

त्यसैगरी दोश्रो टुक्रा कुकुरलाई खुवाउनुस् । शिव पुराणमा कुकुरलाई रोटी दिने समयमा यमराजकोद्धारमा रहेको कालो रंगको कुकुरलाई अन्न अर्पण गर्दछु भन्नु पर्दछ । यसलाई कुकर वली भनिन्छ ।

 

अव रोटीको तेश्रो टुक्रा कागलाई दिनुस् । धर्मशास्त्रमा यसलाई कागवली भनेको छ ।

bread and luck 5

रोटीको अन्तिम टुक्रा जुन बचेको छ त्यो भिक्षुलाई दिनु पर्दछ ।

 bread and luck 6

यहि सामान्य प्रक्रिया सँधै गर्ने हो भने तपाइँको भाग्य बदलिने छ ।