Category: समाचार

काँग्रेसद्वारा कार्वाही अभियान तिब्र, एउटै गापबाट २० भन्दा बढी कार्वाहीमा

९ साउन, दाङ । नेपाली काँग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने २० जनाभन्दा बढी नेता कार्यकर्तालाई कारबाही गरेको छ । जसमा विद्रोह गरी उठेका वडा नं ७ का निर्वाचित अध्यक्ष महावीर चौधरी सदस्यका उम्मेदवारद्वय अमर बुढा र तेजबहादुर खत्री, प्रस्तावक वासुदेव बस्नेत र प्रताप बाँठा, टीकाबहादुर अधिकारी, गोविन्द डाँगी, डिल्लीबहादुर बुढाथोकी, दिनेशकुमार बुढाथोकी छन् । त्यस्तै भूपूबहादुर बुढाथोकी, भूपबहादुर हमाल, विष्णुप्रकाश हमाल, गोपाल बुढाथोकी, सुरेन्द्रकुमार हमाल, भानुभक्त अधिकारी, कुम्भकुमारी अधिकारी, प्रकाश बस्नेत, गोविन्दप्रसाद शर्मा, नेकमान बस्नेत, मानबहादुर डाँगी, भीमबहादुर डाँगी पनि पार्टीबाट कारवाहीमा परेका छन् । वडा नं ६ का चित्रबहादुर डाँगी, मंगल थापा, टेकबहादुर...

Read More

नयाँ शक्तिको केन्द्रीय समिति बैठक सुरु

९ साउन, काठमाडौं । नयाँ शक्ति नेपालको केन्द्रिय समितीको बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । बैठक पार्टि केन्द्रिय कार्यलय बबरमहलमा सुरु भएको प्रबक्ता खिमलाल देवकोटाले जानकारी दिए । बैठकमा संघीय समाजवादी फोरमसंग हुने भनिएको पार्टी एकता, चुनावको समीक्षा, प्रदेश नम्बर दुइको चुनावको तयारी तथा पार्र्टीको भावि रणनीतिको विषयमा छलफल हुने प्रवक्ता देवकोटाले बताए । फोरम नेपालसँगको एकता टाढिएपछि नायँ शक्तिको केन्द्रीय समिति बैठक बोलाइएको हो । फोरम अध्यक्ष उपेन्द्र यादवसंग हिजो नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पार्टी एकताका विषयमा भएको छलफलमा पार्टीकोे नाम, पदाधिकारीलगायत विषयमा कुरा नमिलेपछि तत्काल पार्टी एकता नुहने देखिएको नयाँ शक्तिले जनाएको छ ।...

Read More

सुवासचन्द्र नेम्वाङ अचानक विरामी भई अस्पतालमा भर्ना

९ साउन, काठमाडौं । संविधानसभाका पूर्व अध्यक्ष एवं नेकपा एमाले संददीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ अकस्मात विरामी परेका छन् । विरामी भएपछि उनलाई काठमाडौंको मोडल अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । नेम्वाङलाई सुगर र प्रेसरको कमी भएको र नियमित वान्ता हुन थालेपछि बिहान साढे ९ बजे मोडल अस्पतालमा लगेर भर्ना गरिएको हो । उनी सुगर र प्रेसरबाट पीडित छन् । अहिले उनको अवस्था सामास्य रहेको नेम्वाङको सचिवालयले जनाएको छ...

Read More

सरकारमा ३३ प्रतिशत महिला नभए कडा आन्दोलन गर्ने चेतावनी

९ साउन, काठमाडौं । मन्त्रिपरिषद विस्तारको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको भाृत संगठन नेपाल महिला संघले मन्त्रीपरिषद्मा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर संघले सरकारमा महिलाको सहभागिताको विषयलाई लिएर ३३ प्रतिशत सुरक्षित नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो । महिला संघकी अध्यक्ष उमा रेग्मीले २५ फुलमन्त्रीमध्ये एकतिहाई मन्त्री महिलालाई सहभागी नगराईए सरकारको बिरुद्धमा आन्दोलन गर्ने चेतावनी दिइन् । उनले भनिन्, ‘हामीले विगतदेखि नै विभिन्न सकारमा महिला सहभागिताका बारेमा विशेष जोडले आफ्ना कुराहरु उठाउदै आएका छौ, अहिलेपनि हाम्रै पार्टी सरकारमा छ, माओवादी केन्द्रको सहभागिता छ, दुई पार्टी यतिबेला महिलाको...

Read More

भरतपुर घटनामा अदालत कतैबाट प्रभावित छ : एमाले सचिव ज्ञवाली

९ साउन, भक्तपुर । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न २ नंम्बर प्रदेशको निर्वाचनमा आफ्नो भोट बैंक घट्ने आशंकाले राजपालाई निर्वाचनमा रणनीतिगत रुपमा ल्याउन नखोजेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले नेकपा एमाले भने राजपालाई निर्वाचनमा ल्याउने पक्षमा भएपनि सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको बताए । उनले स्थानीय तहको निर्वाचनको स्मरण गर्दै भरतपुर घटनाका दोषी सरकारले कारवाही गर्न नसकेको आरोप लगाए । यस घटनामा अदालत समेत कही कतैबाट प्रभावीत भैरहेको आशंका व्यक्र गरे । सत्तारुढ दलकै कारण समयमै मन्त्रीपरिषद् विस्तार हुन...

Read More

युद्ध भए नेपालले भारतको पक्ष लिनु पर्छ : परराष्ट्रविद

९ साउन,काठमाडौं ।  भारत र चीनबीच लगातार तनाव बढ्दो छ। दुइ भीमकाय छिमेकीको दन्द्धमा नेपाल जस्ता साना देश पिसिने संभावना उत्तिकै रहन्छ। दुइ देशबीच युद्ध भइहाले नेपालले के गर्छ ? नेपालले कुनै देशको पक्ष लिनु हुन्छ ? नेपाल कति समयसम्म निरपेक्ष बस्न सक्छ ? यस्ता कयौं अनुत्तरित प्रश्न आम नेपालीमा छ । के यस्तो बिन्दु आउनेछ जतिबेला नेपालले कुनै एक देशको पक्ष लिनु पर्नेछ ?   भूराजनैतिक उतारचढावले परिस्थिति पनि फेरिदै जान सक्छ। यसै सेरोफेरोमा रहेर नेपाली हेडलाइन्सले परराष्ट्र मामिलाका जानकार अरुणकुमार सुवेदीसंग सम्पर्क गरेको थियो।   भारतीय उपमहाद्धिप, चीन देखी पश्चिमेली राजनीतिका नालिबेली जान्ने र विश्लेषण गर्न सक्ने...

Read More

प्रचण्डको दवावले तातिदै प्रधानमन्त्री देउवा

९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । उनले सकेसम्म आजै र नभए भोलीसम्म मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेको काँग्रेस नेताहरुले बताएका छन् । आज केन्द्रीय समिति बैठक सकिएपछि प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गर्ने कांग्रेस नेता प्रकाशशरण् महतले जानकारी दिए । मन्त्रीपरिषद बिस्तारका विषयमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री देउवालाई भेटेरै दबाब दिएपछि प्रधानमन्त्री देउवा मन्त्री विस्तार गर्ने तयारीमा पुगेका हुन् । प्रचण्डले काँग्रेसका तर्फबाट सरकारमा जानेको नाम नटुंगिए माओवादीबाटै मन्त्री नियुक्त गर्न आग्रह गरेका थिए । माओवादीले सरकारमा जानेको नाम टुंगो लगाइसकेको छ भने काँग्रेसले अझै...

Read More

अब अत्याधुनिक क्यामेराजडित भ्यानबाट सडक र सवारीको अनुगमन

९ साउन, काठमाडौं । काठमाडौं उपत्यकाको सवारी आवागमन चुस्त दुरुस्त बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले भ्यानमार्फत पनि सडक र सवारीको अनुगमन गर्ने भएको छ । मेट्रो ट्राफिक एफएमको पाँचौं वार्षिकोत्सवका अवसरमा काठमाडौं दिगो शहरी यातायात आयोजनाले महानगरीय ट्राफिक प्रहरीलाई २ वटा अत्याधुनिक निगरानी भ्यान हस्तान्तरण गरेको छ । काठमाडौं दिगो शहरी यातायात आयोजनाका निर्देशक अनन्त आचार्यले २ वटा अत्याधुनिक सुविधा सम्पन्न भ्यान महानगरीय ट्राफिक प्रहरी महाशाखाका निर्देशक प्रहरी नायव महानिरीक्षक मिङमार लामालाई हस्तान्तरण गरे । मेट्रो ट्राफिक एफएमको पाँचौं वार्षिकोत्सवका अवसरमा महानगरीय ट्राफिकलाई दिएका भ्यान अत्याधुनिक सुविधासम्पन्न छन् । कार्यक्रममा प्रहरी प्रमुख प्रकाश अर्यालले मेट्रो ट्राफिक एफएमले जनतालाई सुसुचित...

Read More

पहिरोले भोटेकोशीको पक्की पुल भाँचियो, तातोपानी नाका बन्द

९ साउन, चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टीमा आइतबार बेलुका आएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएपछि यातायात आवागमन बन्द भएको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले पुलको बीच भाग भाँचिएपछि आवागमन पूर्ण रुपमा बन्द भएको छ। पुल भाँचिएपछि तातोपानीका बासिन्दालाई छिमेकी वडा र बाह्रबिसे आउनका लागि नाकाबन्दी नै लागेको छ...

Read More

रविन्द्र मिश्र र रञ्जु दर्शनामा को अगाडी  ?

राजनीति पनि बढो गजबको हुन्छ । बाघलाई बिरालो र बिरालोलाई बाघ बन्न समय लाग्दैनन्। जनताको मतमा चल्ने लोकतान्त्रिक परिपाटीमा त जनमतले सवै कुरा निर्धारण गर्छ। जनमतले साथ दिए जिरोहरु हिरो बन्छन् भने साथ नपाए हिरोहरु भूइमा  झर्छन्। यतिखेर नेपाली राजनीतिमा दुई नयाँ पार्टीको चर्चा छ वैकल्पिक राजनैतिक शक्तिका रुपमा। एउटा रविन्द्र मिश्रले नेतृ्त्व गरेको साझा पार्टी र विवेशशील पार्टी जसबाट चर्चामा छिन रञ्जु दर्शना। केही वर्ष यता वैकल्पिक राजनीतिको  नेतृत्व लिन संघर्षरत विवेकशिल पार्टी रञ्जु दर्शनाको आगमन पनि केही प्रभावशाली बन्यो। मिश्र भने पहिल्यै नेपाली राजनीतिमा परिचित सेलेब्रेटी बिबिसी पत्रकार थिए। आफ्नो लामो पत्रकारितकाको अनुभवमा उनले नेपाली राजनीति र...

Read More
Advertisements