Advertisements

Category: समाचार

कंचनपुरका सिमा नाकामा संयुक्त गस्ती सुरु

१२ असार, काठमाडौं । असार १४ को निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सिमानाकामा संयुक्त गस्ती शुरु गरिएको छ । भारतसँग सिमा जोडिएका नाका बन्द गरेर संयुक्त गस्ती शुरु गरिएको हो । कञ्चनपुरसंग सिमा जोडिएका गड्डाचौकी नाका र वेलौरीको खजुरिया नाकामा नेपाल भारत दुवै पक्षले बन्द गरी कडाईका साथ संयुक्त गस्ती गरेका छन । जिल्ला प्रसासन कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार विहान पाँच बजेदेखि नाका शिल गरिएको हो । अव नाका १४ गते बेलुकी पाँच बजेपछि मात्र खुल्ले प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए । सिमा क्षेत्रमा सुरक्षा चेकजाचलाई थप कडाई गर्न र अपराधिक गतिविधिमा सुक्ष्म रूपमा निगरानी गर्नका लागि...

Read More

आगामी चुनावमा सुरक्षा योजना परिमार्जन गरिएको छ : गृहमन्त्री

१२ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले पर्सि बुधबार (असार १४) गते हुने दोस्रो चरणको निर्वाचनमा ढुक्क भएर मतदान गर्नको लागि आम मतदाताहरुलाई आह्वान गरेका छन् । उनले भने, ‘निर्वाचनको लागि सुरक्षाको कुनै समस्या छैन, सरकारले सबै प्रबन्ध मिलाएको छ, सबै सुरक्षा निकायहरुलाई परिचालन गरिएको छ, त्यसैले सबै मतदाताहरु मतदान केन्द्रमा गएर आफ्नो मताधिकार प्रयोग गर्नुहोस्, तपाईहरुलाई चाहिने सबै सुरक्षा व्यवस्था हामीले गरिसकेका छौं ।’ रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शर्माले निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउनको लागि सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाईसकेको बताएका हुन् । मतदाताहरुलाई मत हाल्न जाँदा कुनै बाधा, अबरोध नआउनेबारे आश्वस्त पार्दै मन्त्री शर्माले...

Read More

असार १४ गते लाई विशेष पास नचाहिने

१२ आसर, काठमाडौं । असार १४ गते हुन स्थानीय तह दोस्रो चरणको निर्वाचनमा रिपोटिङका लागि विशेष पासको व्यवस्था नहुने भएको छ । पहिलो चरणको चुनावको रिपोटिङ गर्न विशेष पासको व्यवस्था गरेको आयोगले दोस्रो चरणमा भने सूचना विभागले उपलब्ध गराएको पासका आधारमा नै समाचार संकलन गर्न पाइने जनाएको छ । आयोगले आज विज्ञप्ती निकालेर सबै सञ्चार माध्यामका पत्रकार÷फोटो पत्रकारले सूचना विभागबाट प्राप्त परिचय पत्रको आधारमा मतदान तथा मतगणना केन्द्रको समाचार संकलन गर्न सकिने व्यवस्था गरेको जनाएको छ । स्थानीय तहको मतदान र मतगणनाका दिन भने सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्र सम्बन्धित...

Read More

यसरी आउँदैछ भरतपुरबाट च्यात्तिएको मतपत्र

१२ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मतगाणनाका क्रममा च्यात्तिएको मतपत्र भोली सर्वाेच्च आउने भएको छ । जिल्लामा भएको सर्वपक्षीय छलफलमा भोली च्यातिएको मतपत्र काठमाडौं पठाउने सहमति भएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेपछि त्यसविरुद्ध मुद्दा परेपछि सर्वोच्चले च्यात्तिएको मतपत्र झिकाएको हो । घिमिरेका अनुसार भोली विहान ७ बजे मतगणना स्थल कभर्डहलको शिल खोलेर मतपत्र पठाईने छ । मतपेटीकामै हालेर च्यात्तिएको मतपत्र विमानमार्फत काठमाडौं ल्याउन लागिएको हो । सुरक्षाकर्मीको घेराभित्र राखेर मतपत्र काठमाडौं पठाइने घिमिरेले बताए । मतपत्रसँगै मतगणना स्थगित गरेको मुचुल्का, मतगणना स्थगनको सूचना, निर्वाचन आयोगलाई बुझाईएको प्रतिवेदन, च्यातिएको...

Read More

मतदान गर्न मतदाता इच्छुकः नेता राणा

१२ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर राणाले दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न मतदाता अत्यन्त इच्छुक भएको बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले भने– “दोस्रो चरणअन्तर्गतको निर्वाचनमा राजपालाई पनि सहभागी गराउन तथा मधेसको समस्या समाधान गर्नका लागि निर्वाचनको मिति सारिएको छ ।” नेता राणाले तेश्रो चरणअन्तर्गत प्रदेश नं. २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनअघि नै नेपालको संविधान संशोधन हुने पनि बताए । नेकपा (एमाले)का नेता रघुवीर महासेठले पटक पटक निर्वाचनको मिति सार्ने सरकारी निर्णयको बिरोध गर्दै दोस्रो चरणअन्तर्गतको निर्वाचनमा पनि आफ्नो दलले सम्मानजनक मत...

Read More

नेकपाका झापा जनसरकार प्रमुख पक्राउ

१२ असार, झापा । नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका झापा जनसरकार प्रमुख पक्राउ परेका छन् । निर्वाचन बिरोधि गतिबिधिमा संलग्न भएको आरोपमा विप्लव नेतृत्वको नेकपाका झापा जनसरकार प्रमुख सुमनसिंह पौड्याललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई बिर्तामोडस्थित चारपानेबाट निर्वाचन बिरोधि गतिबिधि गरिरहेको अवस्थामा पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता डिएसपी हरीप्रसाद शर्माले जानकारी दिए । उनी झापाका बिभिन्न स्थानहरुमा निर्वाचन बिरोधि पर्चा टाँस्दै हिडेको प्रहरीले जनाएको छ । यसअघि पनि झापामा विप्लव माओवादीका चार जना कार्यकर्ता पक्राउ परेका थिए...

Read More

भारतसँगको सीमा नाका बहत्तर घन्टाका लागि बन्द

१२ असार, सुरुङ्गा (झापा) । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका नाका ७२ घन्टाका लागि आजदेखि बन्द भएका छन् । काँकडभिट्टा, भद्रपुरसहितका नाका बन्द गरिएका हुन् । बहत्तर घन्टासम्म कुनै पनि देशका नागरिक आवतजावत गर्न नपाइने प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले बताए । स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन सीमा नाका बन्द गरिएका हुन् । जिल्लाको पूर्वी र दक्षिण क्षेत्रअन्तर्गत ११८ किमी क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । यसैबीच निर्वाचन अवधिभर मादक पदार्थको बिक्री वितरण तथा ओसारपसारमा समेत निषेध गरिएको छ । असार १४ गते मतदानका दिन जिल्ला प्रशासन...

Read More

मतदाता परिचयपत्र वितरण भइरहेको छ: आयोग

१२ असार, काठमाडौं । दोस्रो चरणमा यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र तिव्ररुपमा वितरण भइरहेको छ । दोस्रो चरणको निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट मतदाताले सक्कली मतपत्रको अवलोकन, मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरणका लागि मङ्गलबारसम्मको समयसीमा तोकेको छ । दोस्रो चरणको निर्वाचनको लागि कायम गरिएका चार हजार ५८१ मतदानस्थलमा...

Read More

निर्धक्क भएर निर्वाचनमा भाग लिनुस्: गृहमन्त्री शर्मा

१२ असार, तुलसीपुर (दाङ) । गृहमन्त्री जनार्दन शर्माले स्थानीयतहको निर्वाचनमा जनता निकै उत्साहित रहेको र राजनीतिक दलहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण देखिएको बताएका छन । उनले आज बिहान पत्रकारसँग गरिएको साक्षात्कार कार्यक्रममा सो कुरा बताएका हुन । गृहमन्त्री शर्माले शान्ति सुरक्षाको दृष्टिकोणले कुनै कमीकमजोरी नरहेकाले निर्धक्क भएर निर्वाचनमा भाग लिन सबैलाई आग्रह गरे । उनले पहिलो चरणको निर्वाचनमा एकाध घटनाबाहेक पूर्णत शान्तिपूर्ण रुपमा सम्पन्न भएको भन्दै दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रुपमा हुने विश्वास व्यक्त गरे । गृहमन्त्री शर्माले राजनीतिक समस्या समाधान गर्नका लागि तीन चरणमा निर्वाचन गराउनु परेको स्पष्ट पार्दै भने शान्ति सुरक्षा पु-याउन नसक्ने भएर होइन । उनले...

Read More

निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार

१२ असार, पोखरा । पश्चिम क्षेत्रअन्तर्गत प्रदेश नं ५ मा पर्ने लुम्बिनी अञ्चलका छ जिल्लामा यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था तयार भएको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय, पोखराले जनाएको छ । निर्वाचन तयारी सम्बन्धमा कार्यालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था तयार गरिएको जानकारी दिँदै मतदातालाई भयरहित वातावरणमा मतदान गर्न पाउने गरी प्रभावकारी सुरक्षा प्रदान गरिने बताए । संवेदनशीलताका आधारमा मतदानस्थलमा सातदेखि २३ जनासम्म प्रहरी तथा म्यादी प्रहरी परिचालन गरिएको जानकारी दिँदै उनले यस क्षेत्रमा सात हजार २८० जना प्रहरी र सात हजार ८७५ म्यादी...

Read More