Category: समाचार

अहिलेकै संविधानसभाबाट संविधान जारी गरे पनि आपत्ति छैन्ःदेव गुरुङ

१० चैत,काठमाडौं । नेकपा–माओवादीका सचिव देव गुरुङगले अन्र्तबस्तुहरुमा सहमति गरे अहिलेकै संविधानसभाबाट संविधान जारी गरे पनि आफूहरुको आपत्ति नरहने स्पष्ट पारेका छन ।   पार्टीले अहिलेको संविधानसभाले जनताको संविधान दिन नसक्ने भएकोले विघठन गर्नु पर्ने माग गरिरहेको बेला सोमबार आयोजित एक साक्षात्कारमा उनले भने–संविधानका अन्र्तबस्तमा सहमति गरे संविधान कसरी जारी गर्ने भन्ने विषयमा हामि खुल्ला छौ ।  गुरुङले सबै दलको प्रतिनिधित्व हुने गरी गोलमेच सम्मेलन गरेर सहमति हुने विषयमा सहमति गर्ने र सहमति नभएका विषयलाई कसरी टुङग्याएर संविधान जारी गर्ने भन्ने विषयमा स्पष्ट विधी बनाएर जान सकिने बताए । यद्यपि उनले त्यसकोलागि अहिलेसम्म पनि संविधानसभामा रहेका दलहरुले पहल नथालेको...

Read More

युनानका गभर्नर र प्रधानमन्त्री कोइरालाबीच भेटवार्ता

१० चैत,काठमाडौं।नेपालको भ्रमणमा रहेका चीनको दक्षिण–पश्चिम प्रान्त युनानका गभर्नर लि झिहेङले आज प्रधानमन्त्री सुशिल कोइरालासंग भेटवार्ता गरेको छन् ।   प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका छलफल भएको छ । भेटमा गभर्नर लि ले प्रधानमन्त्री कोइरालालाई दास्रो चीन दक्षिण एसिया व्यापार मेला सहभागीताको लागी निमन्त्रणा दिएका छन । नेपालको पर्यटन, आर्थिक, सामाजिक, शिक्षा र अन्य क्षेत्रहरुको विकासमा चीनले सघाइरहने प्रतिबद्धता व्यक्त गर्दै गभर्नर लीले नेपालको सम्बृद्धि चीनको चाहना भएको धारणा व्यक्त गरेका थिए । भेटवार्तामा नेपालका लागि चिनिया राजदूत उ चुन्ताई र भ्रमण टोलीका अन्य सदस्य पनि सहभागी थिए । प्रधानमन्त्री सुशील कोइरालालाई...

Read More

बुधवारसम्म बिधयेक पारित नभए के हुन्छ ?

१० चैत,काठमाडौं। संविधानसभा निर्वाचन प्रयोजनकालागि यसअघिको सरकारले ल्याएका अध्यादेश पारित गर्ने समय बुधवार सकिदै छ । बाधा अड्काउ फूकाउ मार्फत ल्याइएका अध्यादेश संसद बैठक बसेको ६० दिनभित्र अनुमोदन गरिसक्नु पर्ने संवैधानिक व्यबस्था छ ।   संसद बैठक बसेको ६० दिनभित्र अध्यादेश अनुमोदन नभए ती अध्यादेश अनुसार भएका काम असंवैधानिक हुने संविधानविदहरु बताउछन् ।   यही मौका पारेर एमाओवादीले सरकार र सत्तारुढ दललाइ झुकाउने तयारी गरेको छ । प्रतिस्थापन बिधेयक पारितगर्न दुइ दिनको मात्र समय रहेको समयमा एकीकृत माओवादीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानविन आयोगको बिधेयक संसदमा ल्याउन पाँच दिने अल्टिमेटम दिइसकेको छ । शुक्रवार बसेको...

Read More

माओवादी मोर्चा बनाउन खोज्दै दाहाल

१० चैत,काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दलबाट विभाजित भई गठन भएका पार्टीहरूको मोर्चा बनाउने प्रयास थालेका छन्। यसअन्तर्गत उनले आइतबार नेकपा-माओवादीका संयोजक मातृका यादवसँग वार्ता पनि गरेका छन्।   यादवसँगको भेटमा दाहालले पार्टी एकताका लागि जोड दिएका थिए। यादवले भने तत्कालका लागि सहकार्य गर्दै अघि बढ्न उपयुक्त हुने प्रस्ताव राखेको स्रोतले बतायो। नयाँबानेश्वरस्थित एभरेस्ट होटेलको मोहन वैद्य समर्थित मजदुर युनियनको कार्यकक्षमा आइतबार भएको छलफलमा यादवले मोर्चा बनाएर अघि बढ्नु उपयुक्त हुने बताएका थिए।   ‘हामी दुवैको गल्ती भएको छ। अब गल्ती सच्याएर अगाडि बढौं’, दाहालले यादवसँग भनेका थिए। दाहाललाई जबाफ दिँदै यादवले भनेका थिए, ‘तपाईंले मलाई पार्टीमा...

Read More

क्रिकेट प्रशिक्षक प्रचण्डनिवासमा

 १० चैत,काठमाडौ । राष्ट्रिय नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित आइतबार भेट गरेका छन् । भेटमा प्रचण्डले अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा नेपालको नाम चिनाउन प्रमुख भूमिका निर्वाह गरेको भन्दै प्रशिक्षक दासानायकेलाई बधाई दिएका छन् ।   ‘तपाईंले नेपालको क्रिकेट विकास तथा अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा हाम्रो नाम उच्च पार्नुभएको छ, यसका लागि धेरै धन्यवाद छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव चूडामणि खड्काले  भने । प्रचण्डले नेपाली राष्ट्रिय टोलीको टिम स्पिरिट माथिल्लो लेबलमा पुर्‍याएकोमा प्रशिक्षक दासानायकेको प्रशंसासमेत गरे । उनको भनाइ उद्धृत गर्दै खड्काले भने, ‘तपाईंको नेतृत्वमा नेपाली टोलीको टिम स्पिरिट माथिल्लो लेबलमा पुगेको छ,...

Read More

डा महाथिरको कक्षामा व्यवसायी देखि पुर्व प्रधानमन्त्रीसम्म..

१० चैत,काठमाडौं । मलेसियाका विकास संवाहक पूर्वप्रधानमन्त्री डा. महाथिर मोहम्मदको प्रवचन सुन्न भेला भए उद्यमी–व्यवसायीदेखि अहिले र पहिलेका मन्त्री र प्रधानमन्त्रीहरू उपस्थित थिए । सन् १९२५ मा जन्मेका डा. महाथिर बिन मोहम्मद आधुनिक मलेसियाका पितासमेत भनेर चिनिन्छन् । चिकित्साशास्त्र अध्ययन गरेका महाथिर युनाइटेड मलायाज नेसनल अर्गनाइजेसन (युएनएमओ)मा सक्रिय थिए । सन् १९६४ मा संसद् सदस्य निर्वाचित भएका उनी अर्को चुनावमा पराजित भएका थिए । १९७४ मा शिक्षामन्त्री भएका महाथिर सन् १९७९ मा उपप्रधानमन्त्री बन्न सफल भए । १९८१ देखि २००३ सम्म लगातार चारपटक उनी प्रधानमन्त्री निर्वाचित भएर २२ वर्षसम्म देशको तीव्र आर्थिक विकासको नेतृत्व गरे । महाथिरको नेतृत्वमा मलेसियामा...

Read More

काँग्रेस सभासदलाई चर्को लेबी

९ चैत ,काठमाडौ । नेपाली काँग्रेस सभासदका लागि लेबी तोकेको छ । संसदीय दलको आज बसेको बैठकले केन्द्रीय समिति र संसदीय दलको कार्य सञ्चालनका लागि ‘लेबी’ लिने निर्णयसमेत आजको बैठकले गरेको छ । प्रत्येक सभासद्बाट रु पाँच हजार लेबी लिने र त्यसमध्ये २० प्रतिशत संसदीय दलले र ८० प्रतिशत पार्टीले लिने निर्णय पारित भएको प्रवक्ता बडूले जानकारी दिए । काँग्रेसका १ सय ९६ सभासदले लेवी बुझाउदा काँग्रेसले मासिक झण्डै १० लाख आम्दानी गर्ने छ । एकीकृत माओवादीले प्रत्येक सभासदवाट १० हजार र नेकपा एमालेले ८ हजार लेवी तोकेका छन्...

Read More

पुत्ला जलेपछि गजुरेलले बोले-केही अनलाइनले गलत प्रचार गरे

नेपाली क्रिकेटको विरुद्ध बोलेपछि निकै आलोचित बनेका नेकपा-माओवादीका नेता सी.पी गजुरेलले आफूले बोलेको कुरालाई गलत अर्थ लगाइएको दाबी गरेका छन। आज एक विज्ञप्ती जारी गर्दै गजुरले केही ब्लग र अनलाइनहरुले गरेको गलत प्रचारबारे हाम्रो ध्यानाकर्षण भएको बताएका छन्।   सर्वप्रथम, मैले बोल्दा बंगलादेशमा चलिरहेको क्रिकेट खेलको टी ट्वेन्टी वल्र्ड कपमा राम्रो प्रदर्शन गरेको नेपाली टीमलाई बधाई दिएको छु भन्दै गजुरेलले हाँहरुको अपमान हुने कुनै कुरा नबोलेको स्पष्टीकरण दिएका छन्। यो पनि पढ्नुस- गजुरेलको पुत्ला जल्यो.. उनी लेख्छन्-‘दोस्रो कुरा, मैले उक्त कार्यक्रममा राजनीतिक क्षेत्रमा भएको विकृतिको जुन चर्चा गरेको थिएा, त्यो ‘विकृति’ भन्ने शब्दलाई ‘वल्र्ड कपमा नेपालको गौरव कायम गरी...

Read More

कांग्रेस बैठकमा पनि क्रिकेटकै चर्चा

९ चैत,काठमाडौं । नेकपा–माओवादीका उपाध्यक्ष सिपि गजुरेलले क्रिकेट खेलाडीको आलोचना गरेपनि कांग्रेसको संसदीय दलको बैठकमा भने क्रिकेट खेलको चर्चा भएको छ ।   कांग्रेस संसदीय दलको आज बसेको बैठकमा केन्द्रीय सदस्य एवं सभासद नवीन्द्रराज जोशीले क्रिकेटमा लगानी बढाउनु पर्ने बताएका हुन् । सभासद जोशीले नेपालमा अन्तराष्टिय स्तरका क्रिकेट मैदान बनाउन तथा नेपाली क्रिकेट खेलाडीलाइ सम्मान गर्न सरकारको ध्यानाकर्षण गराए ।   ‘नेपाली क्रिकेटले अन्तराष्टिय स्तरमा समेत पहिचान बनाएको छ, उनले भने–नयाँ क्रिकेट खेलाडी जन्माउनेगरी यस क्षेत्रमा लगानी गर्नुपर्छ ।’   सभासद जोशीले बेरोजगार युवाका समस्या संवोधन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । यसअघि कांग्रेस सभासदहरुले संसद बैठकमा पनि क्रिकेट खेलाडीको...

Read More

पार्टी भित्रैबाट प्रधानमन्त्रीको आलोचना, सुस्त भएको आरोप

९ चैत,काठमाडौं ।नेपाली काङ्ग्रेस संसदीय दल र केन्द्रीय कार्य समितिको संयुक्त बैठक जारी छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा जारी बैठकमा व्यवस्थापिका संसद र संविधानसभा मातहत गठन हुने समिति र त्यसमा पार्टीको सहभागिताका बारेमा नेताहरुले आ आफ्नो धारणा राखिरहेको कांग्रेसले जनाएको छ ।   काङ्ग्रेस नेता अजूर्ननरसिंह केसीले बैठकमा ११ ओटा समितिमा पार्टीको प्रतिनिधित्व र सरकारको कार्यशैलीका विषयमा समीक्षा एवं भावि योजनाकाबारेमा छलफल भैरहेको जानकारी दिए । अहिले सम्म धारणा राख्ने अधिकाशं नेताहरुले पार्टी एउटा पद्धतीमा संचालन हुनुपर्ने र हतार हतारमा निर्णय गरेर पछि फिर्ता लिने प्रक्रियाको अन्त गर्नुपर्ने माग गरेको जानकारी पनि उनले दिएका छन् ।   बैठकमा सरकारको...

Read More
Advertisements