Advertisements

Category: विश्व

भारत पाकिस्तान सीमा क्षेत्रमा युद्ध हुनसक्ने अमेरिकी गुप्तचर संस्थाको चेतावनी

१२ जेठ, एजेन्सी। अमेरिकी गुप्तचर संस्था सीआईएले भारत पाकिस्तान सीमा क्षेत्रमा युद्ध हुनसक्ने चेतावनी दिएको छ । सिआइएका प्रमुखले अमेरिकी कंग्रेसमा परमाणु शक्ति सम्पन्न दुवै छिमेकी देशबीच सीमा क्षेत्रमा भैरहेको गोलाबारीले संघर्षको रुप लिनसक्ने चेतावनी दिएका हुन । पाकिस्तानले सीमा क्षेत्रमा गरेको आक्रमणको बदलामा भारतले पनि आक्रमण गर्नसक्ने चेतावनी सीआईएको छ । अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको बैठकमा सिआइए प्रमुखले गत बर्ष भारतमा भएको दुई चरमपन्थी आक्रमणपछि तनावपूर्ण बनेको सम्बन्ध यो वर्ष विग्रन सक्ने भन्दै चिन्ता जनाएका हुन । भारतमा कुनै प्रकारको आतंकवादी आक्रमण भए यो अवस्था झनै बिग्रन सक्ने सिआइएको निस्कर्ष छ । भारतले लामो समयदेखि आफ्नो भूमिमा...

Read More

ट्रम्पले पहिलो पटक दिए चीनलाई चुनौती, भड्कियो चीन

१२ वैशाख, एजेन्सी। दक्षिणी चिनियाँ सागरमा चीनले बनाएको कृत्रिम द्विप नजिक बुधबार अमेरिकाले एक युद्धपोत पुर्याएको छ। डोनाल्ड ट्रम्पले अमेरिकाको नेतृत्व सम्हालेपछि दक्षिणी चिनियाँ सागरमा चीनको दाबीलाई पहिलो पटक यस्तो चुनौती दिइएको हो। अमेरिकी मिडियाको अनुसार यूएसएस डिबी युद्धपोत चीनको कृत्रिम द्विप भन्दा १२ नटिकल माइल नजिक पुगेको थियो। अमेरिकाको युद्धपोत आफ्नो जलक्षेत्रमा बिना अनुमति आएको र आफ्नो जल सेनाले तत्काल त्यहाँबाट बाहिरिन चेतावनी दिएको चीनले बताएको छ। यता अमेरिकाले अन्तराष्ट्रिय जलक्षेत्रमा आफ्नो अभियान जारी राख्न सक्ने बताएको छ। क्षेत्रीय विवादमा कसैको पक्ष नलिने बताउँदै आएको अमेरिकाले विवादित द्विपहरुमा सैन्य जहाज र लडाकु विमान पठाइरहेको छ। सागर र हवाइ...

Read More

समलिंगी विवाहलाई मान्यता दिने एशियाको पहिलो देश बन्यो ताइवान

११ जेठ, एजेन्सी । ताइवानको सबैभन्दा उच्च अदालतले समलिंगीहरुको विवाहको पक्षमा फैसला सुनाएको छ । योसँगै एसियामा समलिंगीहरुलाई विवाह गर्न मञ्जुरी दिने पहिलो देश बनेको छ ताइवान । ताइवानको विद्यमान कानुनले खाली महिला र पुरुषबीच मात्रै विवाह हुन सक्ने अनुमति दिँदै आएको छ । तर, अब अदालतले यसको संवैधानिकतालाई चुनौती दिँदै यो फैसला आएको छ । उच्च अदालतले बुधबार यो महत्वपूर्ण फैसला सुनाइएको छ । अदालतले आफ्नो फैसलामा भनेको छ, ‘एकै लिंगका व्यक्तिको विवाहप्रति विद्यमान प्रतिबन्ध, संविधान विरुद्ध छ ।’ यो फैसलापछि संसदले नयाँ कानुनका लागि बाटो बनाउँनु पर्नेछ । तर, संसद यस मुद्दामा कहासम्म पुग्छ अहिलेसम्म तय भइसकेको...

Read More

ब्राजिलमा सरकारबिरुद्ध बिशाल प्रदर्शन, राष्ट्रपतिद्वारा सेनालाई आदेश

११ जेठ, एजेन्सी। ब्राजिलमा दशौं हजारको जुलूसले सरकारबिरुद्ध बिशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरु र प्रहरीबीच कडा भीडन्त र आक्रोशित प्रदर्शनकारीहरुले आगो सल्काई दिएका कारण यहाँका केही प्रमुख मन्त्रालयहरुबाट गतः बुधबार अपरान्हदेखि सबै कर्मचारी तथा सेवाग्राहीहरुलाई तत्काल हटाई बन्द गरिएका छन् । तनावग्रस्त राष्ट्रपति माइकल टेमरले मुलुकमा शान्ति सुरक्षा र कानूनको कडा परिपालन तथा सुब्यबस्था कायम गर्न भनी राष्ट्रिय सेनालाई परिचालन हुन आदेश दिएका छन् । प्रदर्शनकारीहरुको प्रमुख माग राष्ट्रपति टेमरको राजिनामा वा बरखास्ती रहेको छ । राजधानी ब्राजिलियामा दशौं हजार जनताको एक बिशाल जुलूसले नाराबाजी गर्दै यहाँ अवस्थित संसद भवन घेराउ गरेका छन् । राष्ट्रपति टेमरले केही समय...

Read More

ट्रम्पको अनियन्त्रित बोली र अमेरिकी गुप्तचर सम्वन्ध

केन्ट ह्यारिङ्टन ११ जेठ, एटलान्टा (अमेरिका)। कसैलाई गोप्य कुरा बताउनु भनेको विश्वास गर्नु हो । गुप्तचर सूचना आफ्नो सहयोगीलाई बताउदा खासै फरक नपर्ने विषय हो । अमेरिकाको मित्रराष्ट्रबाट प्राप्त गुप्तचर सूचना रसियाली विदेश मन्त्री र राजदूतलाई अमेरिकी राष्ट्रपतिको कार्यालयमा भएको भेटघाटमा अमेरिकी राष्ट्रपतिले सार्वजनिक गर्नुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पूर्ण विश्वास गर्न नसक्ने सङ्केत देखिएको छ । यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा नराम्रो असर पुर्याएको छ । प्रत्येक गुप्तचर सम्वन्धका आ–आफ्नै नियम र कानून छन् । तर जहाँ लिखित सहमति प्राय शिष्टाचारको अंशका रूपमा आउछ, गोपनियताको आदानप्रदान एक लिखित सहमतिका रूपमा रहेको हुदैन र यो बर्षौंदेखिको आपसी विश्वासको सम्वन्धमा अडिएको...

Read More

बेलायतको म्यानचेस्टरमा दशककै सबैभन्दा ठूलो विस्फोट, १९ जनाको मृत्यु

९ जेठ, एजेन्सी। बेलायतको म्यानचेस्टर शहरमा एक पप कन्सर्ट सकिएसंगै ठूलो विस्फोट भएको छ जसमा कम्तिमा १९ व्यक्तिको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएाक छन्। विस्फोट म्यानचेस्टर अरिनामा भएको हो। जुन त्यहाँको सबैभन्दा ठूलो इनडोर स्टेडियम हो। अमेरिकी पपस्टार अरियाना ग्रान्डेको कन्सर्ट पश्चात विस्फोट भएको थियो। प्रहरीले यसलाई आतंकवादी आक्रमण बताएको छ। बेलायतमा जुलाइ २००७ पश्चात यो सबैभन्दा ठूलो आक्रमण मानिएको छ। सो बखत लन्डनमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा ५० भन्दा बढीको मृत्यु भएको थियो। घटना पश्चात प्रहरीले सो इलाकाबाट टाढा रहन नागरिकहरुलाई अपील गरेको छ। कन्सर्ट दिएकी गायिका अरियाना सकुशल छिन् र ट्वीट गर्दै लेखेकी...

Read More

नयाँ राष्ट्रपति निर्वाचित भएसंगै उत्तर कोरियाली मुद्धामा दक्षिण कोरियाले लचिलो नीति लिने

९ जेठ, एजेन्सी दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियासँग नागरिक आदानप्रदान गरिनेलगायतका प्रमुख अन्तर कोरियाली मामिलाहरुमा लचिलो नीति अवलम्बन गरिने बताएको छ । साथै यस मन्त्रालय उत्तर कोरियाली नेताहरुसँग वार्ता गर्ने मनस्थितिमा रहेको समेत जनाएको छ । नियमित प्रेस भेटघाट कार्यक्रममा एकीकरण मन्त्रालयका प्रवक्ता लि डुक हाएङ्गले बताएअनुसार उत्तर कोरियालीमाथि अन्तर्राष्ट्रिय समुदायले लगाएको प्रतिवन्धको मर्म विपरीत नहुने गरी नागरिक आदानप्रदान, सीमा सुरक्षालगायतका मुद्दाहरुमा प्रमुख लचकतापूर्ण पुनरावलोकन गरिनेछ । नवनिर्वाचित वर्तमान राष्ट्रपति मुन जाए इनले एक नवीन आयामको (सन साइन पोलिसी) निति ल्याई उत्तर कोरियाली सम्बन्ध सुधारमा प्रवद्र्धन गर्न खोजेको समेत जनाइएको छ । यस सनसाइन पोलिसीअन्तर्गत दुई कोरियाबीच लगानी र...

Read More

ट्रक र विमान जुध्दा आठ घाइते

८ जेठ, एजेन्सी। ब्यापारिक उडानमा रहेको एक विमान र यात्रुहरुलाई खाना, पानी आपूर्ति गर्ने एउटा ट्रक लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वेमा आपसमा जुध्दा आठ जना घाइते भएका छन् । मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट एरो मेक्सिको एयरलाइन्सको उडान नं. ६४२ बाट एउटा बोइङ्ग–७३७ विमान संयुक्त राज्य अमेरिकाको एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपश्चात् धावन मार्गबाट विमान बिसौनीतर्फ आउने क्रममा बाटोमा पर्ने रन वे नं. २५ नजिकैे ट्याक्सी वेमा उक्त ट्रकसँग ठोक्किन पुगेको स्थानीय सञ्चार माध्यम सिटी न्युज एक्स्प्रेसले जनाएको छ । नियमित गतिमा गुडिरहेको एरो मेक्सिकोको उक्त बोइङ्ग–७३७ जेट विमानले ठक्कर दिएपछि सो विमानस्थल आपूर्ति ट्रक फनक्कै एक फन्का घुमी...

Read More

राष्ट्रपति ट्रम्पद्वारा आतङ्कबादविरुद्ध सङ्घर्ष गर्न आह्वान

७ जेठ, एजेन्सी । साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा आइपुग्नु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी रियादमा उनको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दैछन्। इस्लाम धर्मालम्बीहरुको सबै भन्दा पबित्र भूमिमा उभिई उनले बिश्वभरीका मुसलमान समुदाय एक जूट भै आतङ्कबादविरुद्ध लडी यसलाई परास्त गर्न आह्वान गर्नेछन् । तपाइँहरुले सदैब पूजा, आराधना गर्नु हुने पबित्र भूमिबाट आतङ्कबादीलाई धपाउनु होस् – ड्राइभ आउट द टेरोरिस्टस् फ्रम योर प्लेसेज् अफ वर्सिपू भन्ने आह्वानका साथ राष्ट्रपति ट्रम्पले पचास भन्दा बढी इस्लामी र अरबी नेताहरुमाझ आफ्नो सम्बोधन मन्तब्य प्रकट गर्ने भ्रमण टोलीका प्रबक्ताले सञ्चार माध्यमहरुलाई बताएका छन् । अमेरिकाको राष्ट्रपतीय निर्वाचन ताका उनि मुसलमान समुदायप्रति बढ्तै...

Read More

उत्तर कोरियाको अर्को परीक्षण, पहिलो पटक अन्तरमहादेशीय मिसाइल हुनसक्ने आशंका

७ जेठ, एजेन्सी। उत्तर कोरियाले पुष्टि नभएको एक मिसाइल प्रहार गरेको छ। उत्तर कोरियाले एक हप्ता पश्चात फेरि अर्को मिसाइल प्रहार गरेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन्। उत्तर कोरियाको राजधानी प्योङ्याङ्गको उत्तरी क्षेत्रबाट आइतबार दिउँसो एक पहिचान नगरिएको वस्तु प्रहार भएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले पुष्टि गरेको छ। योनहाप न्युज एजेन्सीले यसबारेमा अन्य जानकारी दिइसकेको छैन। तर अपुष्ट स्रोत उल्लेख गर्दै यो अन्तरमहादेशी ब्यालेस्टिक मिसाइल हुनसक्ने आशंका जनाएको छ। अमेरिका र संयुक्त राष्ट्रसंघले मिसाइल परीक्षण र प्रक्षेपणमा प्रतिबन्ध लगाएपनि उत्तर कोरियाले निरन्तर मिसाइल परीक्षण गर्दै आएको छ। केही दिन अघि मात्र उत्तर कोरियाले आफुले अझै परीक्षण गर्ने र यो...

Read More