Category: विश्व

भारतद्वारा आणविक क्षमताको अग्नी तृतीय क्षेप्यास्त्र परीक्षण

१५ वैशाख, नयाँदिल्ली । भारतले बिहीबार मध्यम दुरीको आणविक क्षमताको अग्नी तृतीय नाम दिइएको क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको जनाएको छ । उक्त क्षेप्यास्त्र उडिसा प्रदेशको एउटा टापुबाट परीक्षण गरिएको भारतीय श्रोतले जनाएको हो । सो परमाणु शक्ति ३ हजार किलोमिटर दुरीमा प्रहार गरिएको थियो । अब्दुल्ल कलाम टापुबाट प्रहार गरिएको श्रोतले बताएको छ । राज्यद्धारा सञ्चालित रक्षा अनुसन्धान तथा विकास संगठनले यसको निर्माण गरेको बताइएको छ । यसको तीन हजार किलोमिटर सम्म १.५ टन वजन बोक्न सक्ने क्षमता रहेको छ । अग्नी द्वितीयको क्रमानुयायीका रूपमा विकास गरिएको अग्नी तृतीयमा अत्याधुनिक एवम् परिस्कृत विमान, पथप्रदर्शक नियन्त्रण प्रणाली लगायत यात्राका समय...

Read More

अमेरिकाले अन्तरमहादेशीय मिसाइल परीक्षण गर्यो, हेर्नुस् भिडियो

१४ वैशाख, एजेन्सी। अमेरिकी सेनाले क्यालिफोर्नियाबाट एक निसस्त्र अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल ( unarmed intercontinental ballistic missile) को परीक्षण गरेको छ। यो हतियार प्रणाली परमाणु कार्यक्रम अन्तर्गतकै एक अंग भएको बताइएको छ। ‘द मिनेटम्यान ३’ मिसाइल बुधबार बिहान भ्यानडेनबर्ग वायु सेना बेसबाट छोडिएको थियो। यसलाई ६,७५९ किलोमिटर टाढा प्रशान्त महासागरमा लक्षित गरि छोडिएको थियो। अमेरिकी वायु सेनाले एक विज्ञप्ती जारी गर्दै हतियार प्रणालीको प्रभाव, तयारी र सिटकताको परीक्षण गरिएको बताएको छ। ३०औँ स्पेस विङ कमान्डर, कर्नेल जोन मोसले मिनेटम्यानको परीक्षण देशको परमाणु शक्तिको प्रदर्शनको लागि जरुरी भएको बताएका छन्। रि-इन्ट्री भेहिकल समेत बताइने यो मिसाइल अमेरिकी सेनाले गत फेब्रुअरीमा पनि...

Read More

‘उत्तर कोरियाको मिसाइल प्रविधि विकासको तीव्रताले पश्चिम चकित, अष्ट्रेलिया पनि गम्भीर हुनुपर्ने’

१४ वैशाख, एजेन्सी। उत्तर कोरियाली मिसाइलबाट देशलाई जोगाउन मिसाइल प्रतिरक्षा प्रणाली बनाउन अष्ट्रेलिया गम्भीर हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ। उत्तर कोरियाले अष्ट्रेलियालाई परमाणु आक्रमणको चेतानवी दिएसंगै अष्ट्रेलिया चिन्तित बनेको हो। पूर्व प्रधानमन्त्रीहरु टोनी एबोट र जोन हावर्डको लागि काम गरिसकेका रक्षा विज्ञ एन्ड्र्यु शिअरर भन्छन्, ‘किम जोन उनको प्रशासनले यति छिटो मिसाइल प्रविधि विकास गर्दैछ कि कहिलेकाहीँ पश्चिमा विज्ञहरु छक्क पर्ने गरेका छन्।’ उत्तर कोरियाली मिसाइलको खतरा तीव्र रुपमा बढेकोले मिसाइल आक्रमणबाट सुरुक्षित हुन मिसाइल प्रतिरक्षा प्रणालीबारे अष्ट्रेलिया गम्भीर हुनुपर्ने उनले एक अन्तर्वार्ताको क्रममा बताएका छन्। ‘उत्तर कोरियाली र चिनियाँ मिसाइल विकास निकै तीव्र अघि बढ्दैछ, विशेष गरि यी पछिल्ला...

Read More

भारतीय सेनामाथि कश्मिरमा आक्रमण, ३ को मृत्यु

१४ वैशाख, एजेन्सी। भारतको कश्मिर स्थित एक भारतीय सैनिक क्याम्पमा अतिवादीहरुले आक्रमण गरेका छन्। आक्रमणमा परि ३ भारतीय सैनिकको ज्यान गएको छ। कश्मिरको कुपावाडा जिल्ला भएको आक्रमणमा सेनाको प्रतिकारमा २ अतिवादीहरुको पनि ज्यान गएको छ। बिहिबार बिहान अतिवादीहरुले सेनाको क्याम्पमा आक्रमण गरेका हुन। सेनाका प्रवक्ता कर्नेल राजेश कालियाले यसलाई ‘सरप्राइज अट्याक’ बताएका छन्। कुपावाडाको यो सैन्य क्याम्प नियन्त्रण रेखा नजिक रहेको बताइएको छ। ६ अप्रिलमा श्रीनगरमा उपचुनावको क्रममा भड्किएको हिंसा पश्चात यो आक्रमण भएको हो। यो उपचुनावमा केवल ७ प्रतिशत मतदान भएको थियो, तर सुरक्षाबलसंग झडप हुँदा कम्तीमा १० जना मारिएका थिए। उपचुनावको यस्तो हिंसा पश्चात कश्मिरमा तनाव उच्च...

Read More

चीनद्वारा अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास रोक्न आग्रह

१४ वैशाख, एजेन्सी । चीनले दक्षिण कोरियामा जारी अमेरिका–दक्षिण कोरिा सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । साथै कोरियाली प्रायद्विपमा देखिँदै आएको तनावलाई शान्त गर्न उत्तर कोरियाली आणविक कार्यक्रमलाई पनि रोक्न आग्रह गरेको छ । बुधबार जर्मनीको राजधानी बर्लिनमा आयोजित एक समारोहमा बोल्दै चिनियाँ विदेशमन्त्री वाङ यीले सो कुरा जनाएका हुन । कोरियाली प्रायद्विपमा जारी तनावलाई शान्त गर्न अमेरिका तथा दक्षिण कोरियाद्वारा कोरियाली सामुद्रिक क्षेत्रमा जारी राखेको सैन्य अभ्यासका साथै उत्तर कोरियाद्वारा विगत केही समयदेखि परीक्षण गर्दै आएको आणविक कार्यक्रमलाई रोक्नुपर्ने बताएका हुन । यो पढ्नुस्: ५ मिलियन परमाणु बम आक्रमणको तयारी, अमेरिका र दक्षिण कोरिया ध्वस्त गर्ने उत्तरको चेतावनी...

Read More

५ मिलियन परमाणु बम आक्रमणको तयारी, अमेरिका र दक्षिण कोरिया ध्वस्त गर्ने उत्तरको चेतावनी

१४ वैशाख, एजेन्सी। उत्तर कोरियाका राष्ट्रनेता किम जोङ इलका युवा समर्थकले अमेरिका र दक्षिण कोरियालाई ‘पचास लाख परमाणु बम’ले ध्वस्त गर्न तयारी थालेको’, उत्तर कोरियाका युथ लिगका प्रमुखले चेतावनी दिएका छन्। किमइलसुङगिस्ट-किमजोङइलिस्ट युथ लिगको केन्द्रीय समितिले चेतावनी दिदै यो आक्रमणले ‘पृथ्वी तोडिने’ बताएका छन्। समितिले अमेरिका र छिमेकी दक्षिण कोरियाले कुनै पनि भड्काउ कार्य गरे ध्वस्त गर्ने प्रण गरेको छ। हाइ-अल्टिच्युड रकेट प्रणाली विकास गरी प्रायद्विपमा अमेरिका सहयोगीलाई दिने दक्षिण कोरियाले घोषणा गरेसंगै उत्तर कोरियाबाट यस्तो चेतावनी आएको हो। उत्तर कोरियाको सरकारी मिडिया केसिएनले ‘आफ्नो देश विरुद्ध परमाणु आक्रमण गर्ने जो कोहीलाई पचास लाख परमाणु बमले खरानी बनाउन युवाहरु...

Read More

उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

१४ वैशाख, एजेन्सी। उत्तर कोरियाको परमाणु र मिसाइल कार्यक्रम रोक्न दबाब दिने उद्धश्यले कडा प्रतिबन्ध लगाउनेबारे अमेरिकाले विचार गर्दैछ। उत्तर कोरियालाई रोक्न अमेरिका कुटनीतिक कदम पनि उठाउनेछ। कोरियाको मुद्धामा सिनेटका सदस्यहरुलाई जानकारी दिए पश्चात राष्ट्रपति ट्रम्पको नीति घोषणा गरिएको छ। यो भन्दा अघि प्रशान्य क्षेत्रका अमेरिकी सेनाका उच्च कमान्डरले दक्षिण कोरियामा उन्नत मिसाइल प्रतिरोधी प्रणाली (थाड प्रणाली) स्थापित गरेको बिषयको बचाउ गरेका थिए। प्रशान्त क्षेत्रका अमेरिकी उच्च सैन्य कमान्डले भने, ‘दक्षिण कोरियामा स्थापित उन्नत मिसाइल रक्षा प्रणालीले उत्तर कोरियाका नेता किम जोङ उनलाई यदि घुँडा नटेकाए पनि होसमा त ल्याउने नै छ।’ प्रशान्त कामान्डका प्रमुख एडमिरल ह्यारी ह्यारिसले उत्तर...

Read More

ट्रम्पको आदेशको विपक्षमा न्यायाधीशको फैसला

१३ वैशाख, एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने निर्णयको विपक्षमा एकजना सङ्घीय न्यायाधीशले फैसला गरिदिएका छन् । क्यालिफोर्नियाको उत्तरी क्षेत्रको अदालतका न्यायाधीश विलियम ओरिकले ७० मिनेट लामो सुनुवाइपछि यस्तो निर्णय सुनाएको अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पाँच दिनपछि गत जनवरी २५ मा आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने आदेश जारी गरेका थिए । सान फ्रान्सिस्को र सान्टा क्लारा प्रदेशले राष्ट्रपति ट्रम्पको आदेशविरुद्ध अदालतमा मुद्दा दिएका थिए । राष्ट्रपतिको आदेशले प्रदेशको अधिकार क्षेत्र मिचेको, प्रदेशलाई हस्तक्षेप गरेको र व्यावहारिक कठिनाइ...

Read More

स्कर्टवाला अफगान महिला देखि डाक्टर भालूसम्म, हेर्नुस् विश्वका दुर्लभ ८ तस्विर

१३ वैशाख, एजेन्सी। यो १९७०को दशकमा अफगानिस्तानको राजधानी काबुलमा खिचिएको तस्विर हो। पत्यार लाग्दैन तर अहिले २१ औँ शताब्दीमा अफगानिस्तानमा यस्तो दृश्य देख्न असम्भव झै छ। १९७० का यी मिनिस्कर्ट लगाएका तस्विर हेर्दा कल्पना गर्न सकिन्न कि अफगानिस्तानमा यस्ता पनि दिन थिए। आज अफगानिस्तानमा अनुहार समेत छोप्ने बुर्का लगाउनु पर्ने स्थितिमा छन् त्यहाँका महिला। अफगानिस्तामा महिलालाई मताधिकार सन् १९१९ बाट दिइएको थियो। सो प्रगतिशिल समाज सन् १९८० को दशकमा सोभियत समर्थित सरकार र मुजाहिदीनबीचको संघर्ष पश्चात परिवर्तन हुन थाल्यो र ९० को दशकमा तालिवान सरकार आएपश्चात त एकाएका रुढीवादी हुन पुग्यो। हेर्नुस् विश्वका पुराना केही तस्विरहरु: फिल्म प्रेमीले यो...

Read More

चीनले लञ्च गर्यो स्वदेशमै बनेको पहिलो एअरक्राफ्ट क्यारिअर, हेर्नुस् भिडियो

१३ वैशाख, एजेन्सी। चीनले पहिलो पटक स्वदेशमै बनेको नयाँ एअरक्राफ्ट क्यारिअर पानीमा उतारेको छ। उत्तर कोरियाली प्रायद्विपमा तनाव बढेको समयमा चीनले आफ्नो नयाँ क्यारिअर सार्वजनिक गरेको हो। नाम खुलाइ नसकिएको एअरक्राफ्ट क्यारिअर बुधबार बिहान चीनको लायाओनिङ प्रान्तको डालियन शियार्डमा लञ्च गरिएको हो। ३१५ मिटर लामो र ७५ मिटर चौडा यो क्यारिअर ७०,००० टन तौलको छ। आज सार्वजनिक भएपनि यो सन् २०२० बाट मात्र पूर्ण सञ्चालनमा आउनेछ। यसमा सबै उपकरण जोडेर आवश्यक परीक्षण गर्न करिब २ वर्ष लाग्ने बताइएको छ। यो क्यारिअरले २८-३६ युद्धक विमान बोक्न सक्छ। हेर्नुस्...

Read More