Category: विश्व

उत्तर कोरियाली सीमामा रुसले सेना पठायो

१२ वैशाख, एजेन्सी। कोरियाली प्रायद्विप क्षेत्रमा तनाव बढेपछि रुसले उत्तर कोरियाली सीमामा सेना र सैन्य उपकरण पठायो भनी केही दिन अघि बेलायती पत्रिका डेलीमेलले लेखेको थियो। सो खबर सार्वजनिक भएपछि रुसले यसको खण्डन गरेको थियो। अहिले सूदुर पूर्वी क्षेत्रका रुसी सैन्य प्रवक्ता अलेक्जेन्डर गोर्डिभले सो क्षेत्रमा सैन्य उपकरण तैनाथ गरिनुको कारण खोलेका छन्। सो इलाकामा ट्रेनिङ कार्यक्रम अन्तर्गत सैन्य उपकरण तैनाथ गरेको उनले बताएका छन्। यो पढ्नुस्: ‘अमेरिका प्रहार गर्न उत्तर कोरियाली मिसाइल लञ्चरमा तयारी अवस्थामा’ सेनाको अभ्यास योजना अनुसार नै उत्तर कोरियाली सीमा नजिक यसरी उपकरण र सेना लगिएको उनले बताएका छन्। उनको अनुसार सो क्षेत्रका सेनालाई चिसो...

Read More

परमाणु उर्जाबाट सञ्चालित अमेरिकी पनडुब्बी दक्षिण कोरिया पुग्यो

१२ वैशाख, एजेन्सी। अमेरिकाको परमाणु-पावर्ड (परमाणु उर्जाबाट चल्ने) पनडुब्बी दक्षिण कोरियाको बुसान स्थित नेभी बेस पुगको छ। आज मंगलबार उत्तर कोरियाली सेनाको ८५ औँ वार्षिकोत्सवमा मिसाइल लञ्च वा परमाणु परीक्षण हुनसक्ने सम्भावना मध्यनजर गर्दै अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गरेको हो। अमेरिकाको एअरक्राफ्ट क्यारिअर उत्तर कोरिया तर्फ बढीरहेको समयमा दक्षिण कोरियाबाट युएसएस मिचिगन पनडुब्बीको यो ‘पोर्ट कल’को खबर आएको हो।  उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्न इन्कार गरेको विषयमा छलफल गर्न आजै दक्षिण कोरिया, जापान र अमेरिकाका उच्च दूतहरु जापानको टोकियोमा छलफल गर्दैछन्। यो पढ्नुस्: ‘अमेरिका प्रहार गर्न उत्तर कोरियाली मिसाइल लञ्चरमा तयारी अवस्थामा’ जापानी संसदका प्रमुख सचिव योसिदे सुगाले आजै चिनियाँ...

Read More

‘अमेरिका प्रहार गर्न उत्तर कोरियाली मिसाइल लञ्चरमा तयारी अवस्थामा’

१२ वैशाख, एजेन्सी। उत्तर कोरियाका रक्षा मन्त्रीले ‘उत्तर कोरियासंग अमेरिका प्रहार गर्नसक्ने परमाणु हतियार भएको’ दाबी गरेका छन्। रक्षा मन्त्री पाक योङ-सिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिदै ‘सटिक र उन्नत प्रहार’ अर्थात उत्तर कोरियाले अमेरिकामा प्रहार गर्न आफ्नो सैन्य युनिट खटाइसकेको तर्फ संकेत गरेका छन्। उनले भने, ‘हाम्रो परमाणु हतियार एसिया प्यासिफिकमा अमेरिकी सैन्य वेस र अमेरिका प्रहार गर्न लञ्चरमा तयारी अवस्थामा राखिएका छन्।’ यदि शत्रुपक्षले उत्तर कोरियामा आक्रमण गर्ने कदम चाले, कुनै दोस्रो चेतावनी बिना एउटै शक्तिशाली आक्रमणबाट शत्रुहरु समाप्त गरिनेछ भनी उनले चेतावनी दिएका छन्। यो पढ्नुस्: के यो तेस्रो विश्व युद्धको संकेत हो ? अमेरिकी...

Read More

के यो तेस्रो विश्व युद्धको संकेत हो ?

११ वैशाख, एजेन्सी। तेस्रो विश्व युद्ध हुने चर्चा बढेको छ। कमसेकम भविष्यवाणी यस्तै भनिरहेका छन्। उत्तर कोरिया र अमेरिकाबीच तनावको स्थिति छ, हेरक दिन नयाँ बवाल। अब उत्तर कोरियाले अमेरिकी एयरक्राफ्ट क्यारिअर माथी आक्रमणको तयारी गरेको खबर आएका छन्। अहिले अमेरिका विरुद्ध चेतावनी दिने उत्तर कोरियाको साप्ताहिक कार्यक्रम जस्तो भएको छ। तापनि केही यस्ता विषय छन् जसमाथी ध्यान दिन जरुरी छ। तेस्रो विश्व युद्धको तारिक तय ! केही दिन पहिले एक भविष्यवाणी गरिएको थियो जसमा भनिएको थियो, तेस्रो विश्व युद्ध सन् २०१७ १३ मेबाट सुरु हुनेछ। यो भविष्यवाणी आफुलाइ भगवानको दूत (म्यासेन्जर अफ गड) मान्ने एक व्यक्तिले गरेका थिए।...

Read More

अमेरिका तथा चिनियाँ राष्ट्रपतिबीच फोनवार्ता

११ वैशाख, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गबीच आज बिहान टेलिफोन वार्ता भएको छ । उक्त वार्तामा दुई देशका बीच रही आएको दौत्य सम्बन्ध र हालै उत्पन्न उत्तर कोरियाली समस्याको गम्भीर छलफल तथा बिश्लेषण गरिएको जनाइएको छ । केही हप्ता अघिदेखि उत्तर कोरियाले लगातार आफ्नो आणविक शक्ति र क्षेप्याश्त्र परीक्षण गरिरहेको र यसले कोरियाली प्रायद्वीप तथा जापान लगायतका राष्ट्रहरुमा चिन्ता पैदा भएकाले अमेरिकी तथा चिनियाँ राष्ट्रपतिले उक्त वार्तामा यसैलाई मुख्य बिषयबस्तु बनाएको पनि ज्ञात भएको छ । यो पढ्नुस्: अमेरिका उत्तर कोरिया भन्दा पनि बढी अर्को देशसंग डराउँछ चीनले सदैव संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको संकल्प प्रस्तावको...

Read More

उत्तर कोरियाभन्दा बढि रुससंग डराउँछ अमेरिका

११ वैशाख, एजेन्सी । अमेरिकी राजनीतिक पण्डित भलै उत्तर कोरियालाई सबैभन्दा खतरनाक मान्छन्, धेरैजसो अमेरिकीको धारणा भने ठिक उल्टो छ। उनीहरु प्योंगयांग भन्दा रुसलाई बढी खतरा ठान्छन्। प्यु रिसर्च सेन्टरले अमेरिकी नागरिकहरुबीच गरेको एक हप्ता लामो सर्भेबाट यो कुराको पुष्टि भएको हो । सर्भेको अनुसार हरेक ३ अमेरिकनमध्ये १ ले बढि खतरनाक राष्ट्रमा रुसको नाम लिएका थिए । रिपब्लीकनको तुलनामा डेमोक्रेट अमेरिकीहरुले रुस बढि खतरनाक भएको बताएका थिए। प्यु रिसर्च सेन्टरले यो ताजा सर्भे उत्तर कोरियासंगको हालै उत्पन्न तनाव भन्दा पहिले गरेको थियो। यो सर्वे ५ अप्रिल देखि ११ अप्रिलकोमा गराइएको थियो । यो पढ्नुस्: अमेरिकाले अफगानिस्तानमा खसालेको बम...

Read More

भारतलाई चीनको सुझाव: एयरक्राफ्ट क्यारिअरमा हैन आफ्नो अर्थतन्त्रमा ध्यान देउ

११ वैशाख, एजेन्सी। हिन्द महासागरमा चिनियाँलाई प्रभावित पार्न एयरक्राफ्ट क्यारिअर बनाउनु भन्दा भारतले आफ्नो आर्थिक विकासमा ध्यान दिनुपर्ने सोमबार चिनियाँ मिडियाले जनाएका छन्। सरकारी मिडिया ग्लोबल टाइम्सको एक लेखमा छापिएको छ, ‘नयाँ दिल्ली सायद एयरक्राफ्ट क्यारिअर बनाउन निकै अधैर्य छ। भारत अझै आफ्नो औधोगिकरणको सुरुवाती चरणमा छ, र एयरक्राफ्ट क्यारिअर बनाउन थुप्रै प्राविधिक चुनौति समाना गर्नुपर्ने हुन्छ।’ ‘पछिल्ला केही दशकमा, भारत र चीनले एअरकार्फ्ट क्यारिअरको विषयमा फरक फरक बाटो अंगालेको छ, तर दुवै देशले पाएको फरक परिणामले आर्थिक विकासको महत्वतर्फ इंकित गर्छ।’ लेखमा अगाडी लेखिएको छ, ‘हिन्द महासागरमा बढेको चिनियाँ प्रभावको ‘काउन्टर’ गर्न सायद नयाँ दिल्लीले आफ्नो एयरक्राफ्ट क्यारिअर विकासको चाहना कम गर्नुपर्छ,...

Read More

कोरियाली प्रायद्वीपका सम्बन्धमा ट्रम्प अबे फोनवार्ता

११ वैशाख, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच कोरियाली प्रायद्वीपमा पछिल्लो समयमा देखिएको असहजताका विषयमा सोमबार फोनवार्ता भएको समाचार छ । समाचारअनुसार जापानी प्रधानमन्त्री आबेलाई अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार फोन सम्पर्क गरेका थिए । उक्त समाचार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले आज जनाएको छ । कोरियामा पछिल्लो समयमा शान्ति भड्किएको छ । सो असहज परिस्थितिको नियन्त्रण कसरी गर्ने भन्ने बारेमा उनिहरुबीच कुराकानी भएको जापानी समाचार समिति, क्योडोले जानकारी दिएको छ । आबेले सो फोनका क्रममा भएको कुराकानीमा उक्त अशान्तिको अवस्थालाई कसरी समाधान गर्ने भन्ने बारेमा छलफल भएको जानकारी दिएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री आबेले आजको...

Read More

१२ वर्षीय बालकले एक्लै कार चलाएर १३०० किमि पार गरे

११ वैशाख, एजेन्सी । आफैले कार चलाएर १३ सय किलोमिटर पार गरेका एक १२ वर्षीय अष्ट्रेलीयन बालकलाई प्रहरीले पक्राउ गरेको छ । यि बालकलाई शनिवार न्यु साउथ वेल्सस्थित ब्रोकन हिलबाट नियन्त्रणमा लिइएको हो । कार हिलोमा फसेपछि प्रहरीको ध्यान उनको कारतर्फ गएको थियो । प्रहरीका अनुसार ति बालकले पश्चिमी अष्ट्रेलीयाको न्यु साउथ वेल्सदेखि पर्थ सम्म ४००० किलोमिटरको यात्रा गर्ने लक्ष्य राखेका थिए । उनका बुवाआमाले आफ्नो छोरा हराएको सुचना जारि गरेका थिए । यसैको आधारमा उनलाई गिरफ्तार ब्रोकन हिल प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार ति बालकले आफ्नो परिवारको कार लिएर निस्केका थिए । त्यसपश्चात परिवारले...

Read More

चिलीमा ६.१  रेक्टरको भुकम्प

११ वैशाख, एजेन्सी । दक्षिण अमेरिकी देश चिलीमा ६.१ रेक्टर स्केलको भुकम्प मापन गरिएको अमेरिकी जियोलजिकल सर्वेले जनाएको छ । भुकम्पबाट भएको जनधनको क्षतिबारे कुनै विवरण प्राप्त नभएको बताइएको छ । भुकम्पको मापन आइतवार राती ११ बजेर ३५ मिनेटमा गरिएको थियो । भुकम्पको केन्द्र वालपरासियो देखि ४२ किलोमिटर उत्तरपश्चिमको तटिय क्षेत्रमा थियो...

Read More