Advertisements

Category: विश्व

कारबाहीमा ३० तालिवानको मृत्यु

६ साउन , काबुल । अफगानिस्तानमा तालिवानविरुद्ध अफगान सैनिक, प्रहरी र नेटोसँग आवद्ध सैनिकले जारी राखेको कारबाहीका क्रममा ३० तालिवान लडाकूको मृत्यु भएको छ । संयुक्त सेनाले हिजोदेखि सुरु गरेको कारबाहीमा परी आइतबार बिहानसम्म कम्तीमा पनि ३० जना तालिवान सशस्त्र लडाकूको मृत्यु भएको अफगानिस्तानको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । गत २४ घण्टाभित्र अफगानिस्तानको बाघलान, कुन्दुज, कान्दाहार र घाज्नी प्रान्तमा ती सेनाले गरेका कारबाही क्रममा २० तालिवानको मृत्यु हुनुको साथै अन्य २१ घाइते भएका छन् । त्यसैगरी फराह प्रान्तको बाला बुलु जिल्लामा संयुक्त सेनाले गरेको कारबाहीको क्रममा ९ तालिवानको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रान्त्तीय प्रवक्ता राउफ रहमानीले बताएका छन् । अफगानिस्तानमा अफगान र नेटोसँग आवद्ध सेनाले तालिवान लडाकूविरुद्ध विभिन्न स्थानमा कारबाही जारी राखेका छन् । कारबाहीका क्रममा दिनहुँ त्यहाँका नागरिक हताहति हुने गरेको पनि समाचारमा जनाइएको छ । यस वर्षको जनवरीदेखि मध्य जुनसम्म तालिवान आतङ्ककारीहरुले जारी राखेका हत्या हिंसामा दुई हजार ५०० अफगान नागरिकको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले हालै जनाएको छ । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने समय नजिकिँदै गर्दा तालिवान विरुद्धको कारबाहीलाई थप तीव्र पारिएको पनि समाचारमा जनाइएको छ । सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फिर्ता गरिसक्ने घोषणा सो सैन्य समूहमा संलग्न रहेका सबै देशले यसअघि नै गरिसकेका छन् । तर, हालैका दिनमा अफगानिस्तानमा जारी रहेको हिंसाको प्रकृति हेर्दा भने त्यहाँ शान्तिको आशा कमै मात्र देखिन्छ । सिन्ह्वा...

Read More

तीन घण्टासम्म पतिको परस्त्रीसँगको यौन चर्तिकला फोनमा सुनेपछी…

६ साउन, एजेन्सी । कुनै महिलाले आफ्नो पति कुनै परस्त्रीसँग रात बिताइरहेको छ र त्यो पनि आफ्नै कानले परस्त्रीसँग यौन आनन्द लिइरहेको थाहा पाउँदा ती महिलालाई कस्तो लाग्ला । पतिले फोन गर्छन्, फोन उठाउँदा फोनमा पतिसँग कुरा नभइ पतिले परस्त्रीसँग गरिरहेको घिनलाग्दो हर्कतबारे सुन्दा ती महिलाको मनमा पुग्ने चोट कस्तो होला ? त्यो सायद सामान्य मानिसले कल्पना पनि गर्न सक्दैन । यस्तै घटना भोगेकी छिन्, एक महिलाले । पति घर आउने आशमा बसेकी २८ वर्षकी लिसाको मोबाइलमा पतिको साटो फोन आउँछ । जब उनले फोन उठाउँछिन्, तब पतिले उताबाट केही बोल्दैनन् । पतिले केही नबोलेपछी झूक्किएर फोन लागेको होला...

Read More

न्युजिल्याण्डमा शक्तिशाली भुकम्प

६ साउन, काठमाडौ । न्युजिल्याण्डमा शक्तिशाली भूकम्प गएको छ । न्युजिल्याण्डको वेलिङ्टनमा गएको उक्त भुकम्प ६.९ रेक्टर स्केलको रहेको भुगर्भ विद्हरूले जनाएका छन् । निकै शक्तिशाली भुकम्प गएपनि सुनामीको आशंका भने गरिएको छैन् । सुनामी नजाने बताउँदै सुनामी आउनसक्ने बारेको कुनै सूचना जारी गरिएको छैन् । आज बिहान गएको उक्त भुकम्पको गहिराई १४ किलोमिटर रहेको युएस जिओलोगिकल सर्भेले जनाएको छ । उक्त भूकम्पबाट के-कति क्षति भयो भन्ने बारे कुनै जानकारी प्राप्त भएको छैन्...

Read More

प्रहरीले कुटेको झोकमा बेइजिङ विमानस्थलमा बम विस्फोट…(फोटोसहित)

६ साउन, काठमाडौ । चीनको बेइजिङ विमानस्थलमा शनिबार बम विस्फोट गरिएको छ । शनिबार बेइजिङ अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल-३ को आगमनद्वारमा गरिएको उक्त बम विस्फोटका कारण पुरै टर्मिनलनै धुँवाले ढाकिएको थियो । उक्त बम विस्फोट प्रहरीद्धारा दुर्व्यव्यवहार भोगेका एक व्यक्तिले गराएको चीनीयाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । हि्वलचेयरमा आएका उत्तरपूर्वी चीनको मध्य सानडोङ प्रान्तका ३४ वर्षे जी झोङझिङले घरमा आफैले बनाएको बम विमानस्थलमा विस्फोट गराएको बताइएको छ । उनलाई सन् २००५ मा दक्षिणी चीनमा प्रहरीले कुटपिट गरेका थिए । प्रहरीको उक्त कुटपिटबाट उनको कम्मरमुनिको भाग चल्न छाडेको थियो । कम्मरमुनीको भाग चल्न छाडेका उनले सोही घटनाको बदला लिन विमास्थलमा विस्फोट गराएको...

Read More

इराकमा श्रृंखलाबद्ध बम विस्फोट, ३४ को मृत्यु

५ साउन, काठमाडौ । इराकमा भएको श्रृखंलाबद्ध आक्रमणमा कम्तिमा ३४ जनाको ज्यान गएको छ भने १ सय भन्दा घाइते भएका छन् । इराकको पूर्वी तराज्य दियालामा भएको बम बिस्फोटमा कम्तिमा २६ जनाको ज्यान गएको छ भने ८० भन्दा बढी घाइते भएका छन् । मुस्लिम समुदायको प्राथर्नाका समय उक्त बिस्फोट भएका कारण उक्त घटनामा धेरै मानिस हताहत भएको बताइएको छ । यस्तै, शुक्रबार बिहान मक्दादियाह शहरमा गरिएको बम बिस्फोटमा १ जनाको ज्यान गएको थीयो भने अन्य २ जना घाइते भएका थिए । यसैगरी इराकका अन्य विभिन्न ठाऊँमा भएको बम आक्रमणमा अन्य ७ जनाको ज्यान गएको र २० भन्दा बढी मानिस घाइते भएको बताइएको छ...

Read More

भारतको रेल चढ्दै हुनुहुन्छ ? होसियार…(तस्विरसहित)

यदी तपाई भारतमा रेल चढ्न जाने सोचमा हुनुहुन्छ भने एकपटक सोच्नु्स तपाई कस्तो रेल चढ्दै हुनुहुन्छ । अझ तपाई भारतको धनवाद देखी बोकोरो हुँदै अल्लपूजा जाने सोचमा हुनुहुन्छ भने त दुई पटक सोच्नु्स । उक्त रूटमा चल्ने रेलमा निकै सुविधा दिइन्छ भनेपनि त्यहाँको सुविधा नाम मात्रको छ । उक्त रूटको रेलमा न त पंखा नै चल्छ न त शौचालय नै सफा छ । हरेक कुनामा फोहोर मात्र भेटिन्छ । उक्त रेलमा रेल अधिाकरीहरुले निरिक्षण गर्दाको समय निकै सफा राखिन्छ तर केहीदिनपछी फेरी उस्तै फोहोर हुन्छ, जबसम्म फेरी अधिकारीहरूले निरिक्षण गर्ने समय आउँदैन । रेलमा रहेको खाना बनाउने भाँडा पनि...

Read More

अमेरिकामा ४ पुरूष वर्षौँसम्म बन्धक

५ साउन, सिकागो । टेक्सासको एक घरमा चार पुरुषलाई वर्षौँसम्म बन्धक बनाइएको र उनीहरूले सरकारबाट पाउने गरेको सुविधाको रकम बन्धक बनाउनेलाई दिन बाध्य पारिएको जानकारी प्रहरीले शुक्रबार दिएको छ । यीमध्ये तीन पुरुषलाई नराम्रोसँग कुपोषण भएको र उनीहरूलाई अस्पताल लगिएको बताइएको छ । सोही घरमा मानसिक रूपमा असक्त तीन महिला पनि फेला परेका थिए र उनीहरूलाई पनि यस्तै व्यवहार त भएको थिएन भनी अधिकारीहरूले अनुसन्धान गरिरहेको बताइएको छ । उनीहरूको अवस्था केही राम्रो देखिएको छ । उक्त घरमा नबस्ने एक पुरुषलाई हिरासतमा राखिएको छ तर निजमाथि कुनै पनि अभियोग लगाइएको छैन । यी पुरुषलाई एक ग्यारेजमा राखिएको र ‘लिनोलियम’ मा सुत्न बाध्य पारिएको प्रहरी प्रवक्ता केज स्मिथले बताए । उनीहरूलाई त्यहाँ बियर र चुरोट खान दिने लोभमा लगिएको र उनीहरूले पाउने गरेको सुविधारको रकम बन्धक बनाउनेलाई दिन बाध्य पारिएको स्मिथले बताए । स्मिथले उक्त ग्यारेजको अवस्था निकै नराम्रो भएको बताए । एक पुरुषले आफू त्यस ग्यारेजमा १० वर्षदेखि बसिरहेको बताए । स्मिथले यो कुरा प्रमाणित भइनसकेको उल्लेख गरे । प्रहरीले अस्पताल लगिएका पुरुषहरू ८०, ७४ र ५० वर्ष नाघेका व्यक्ति भएको जानकारी दिए । धेरै व्यक्तिलाई उक्त ग्यारेजमा राखिएको जानकारी प्राप्त गरेपछि प्रहरी उक्त स्थानमा पुगेको थियो ।...

Read More

कन्या पुजा गर्ने भन्दै ५ बालिकालाई जलाउने प्रयास

५ साउन, काठमाडौ । भारतको संगम बिहारमा कन्या पूजा गर्ने भन्दै एक व्यक्तिले पाँच बालिकालाइ जलाएर मार्न खोजेका छन् । ५० वर्षका भूषणले कन्या पुजा गर्ने भन्दै पाँच बालिकालाई आफ्नो घरमा पुर्याएका थिए । घरमा पुजा गरेजस्तो गर्दै ती पाँचै जना बालिकालाई घर जाने बेला ढोका थुनेर भित्रै राखे र भूषणले ती बालिकाहरूलाई जलाउनका लागि पहिले देखीनै ग्याँस सिलिण्डरको पाईप काटेर छाडेका थिए र कोठामा मट्टितेल पनि छरेका थिए । आफ्ना छोरीहरू हराएपछि खोज्दै आएका बाबुआमाले छोरी भूषणको कब्जामा रहेको थाहा पाएपछी निकाल्ने पर्यत्न गरेका थिए तर भूषणले आगो लगाइदिने धम्की दिएपछि उनीहरू चुपचाप घर बाहिर नै बस्न बाध्य भए यसैबीच कसैले प्रहरीमा यस घटनाबारे जानाकरी दिएको थियो । र प्रहरी पनि तत्कालै उक्त स्थानमा आइपुगेपछी प्रहरीले भूषणालाई ढोका खोल्न र बालिकाहरूलाई बाहिर पठाउन आग्रह गरेका थिए तर भूषणले भने उक्त कुरालाई अस्विकार गरी यदी कसैले भित्र पस्ने कोशिष गरे आफूले आगो लगाइदिने बताएर प्रहरीलाई समेत समस्यामा पारिदिएका थिए । त्यसपछि स्थानीयबासी र प्रहरीले मिलेर घर नजिकै पानी र च्यादरको व्यवस्था गरे र प्रहरीले ढोका फोरेर भित्र छिरे । ढोका फोरेर प्रहरी भित्र छिरेपछी प्रहरीले भूषणलाई पक्राउ गरी बालिकाहरुलाई उद्धार गरेको थियो...

Read More

चीनमा अर्को चमत्कार, यसरी झुक्याइन् यी युवतीले मृत्युलाई…(फोटोसहित)

५ साउन, एजेन्सी । एक युवतीले आफ्नो मृत्युलाई समेत छलेकी छिन् । चीनकी एक युवतीको सवारी दुर्घटनामा कारको सिसा फुटाएर टाउको निस्किँदा समेत उनलाई चोटपटक मात्र लागेको छ । यस्तो दुर्घटना प्राय मानिसहरूको ज्यानै जाने भएपनि उनी भने भाग्यले बाचेकी छिन् । उनको अहिले अस्पतालको आइसियुमा उपचार भइरहेको छ । यस्तै, उनीसँगै रहेका सवारी चालक पनि घाइते भएका छन् । उनलाई पनि गम्भिर घाइते अवस्थामा अस्पताल पुर्याइएको छ । यी दुवैलाई उद्धारकर्मीहरूले कारबाट निकै होसियारीका साथ निकालेका थिए । चालकलाई कारबाट सिसा फोरेर निकालेका थिए भने युवतीलाई पनि सिसालाई निकै होसियारीका साथ निकालिएको थियो । उनलाई निकाल्न उद्धारकर्मीहरुले निकै...

Read More

इराकको मस्जिदमा बम हमला, २० को मृत्यु

५ साउन, एजेन्सी । इराकको एक मस्जिदमा प्रार्थनाका क्रममा शुक्रबार गरिएको बम हमलामा परी २० जनाको ज्यान गएको छ भने ५४ जना घाइते भएका छन् । इराकको पूर्वी प्रान्त दियालामा रहेको सुन्नी मुसलमान समुदायका नागरिकको मस्जिदमा भएको हमलामा घाइते भएकामध्ये २५ जनाको अवस्था गम्भिर रहेको छ । पछील्लो समय इराकमा बम हमलाका घटनाहरू बढ्दै गएका छन् भने राजधानी बग्दादलगायतका विभिन्न सहरमा यस्ता आक्रमण जारी रहेको छ । राजधानीमा रहेको सुन्नी मस्जिदमा तीन दिनअघि मात्र पनि बम आक्रमण भएको थियो । इराकमा यसैहप्ता भएका बम हमलालगायतका विभिन्न हिंसात्मक आक्रमणहरूबाट कम्तीमा पनि १५० व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई सयभन्दा बढी घाइते भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । मुस्लिम समुदायको रमाजान पर्व चलिरहेका बेला इराकका विभिन्न क्षेत्रमा यस्ता बम हमलाहरू जारी नै रहेको छ । इराकमा सुन्नी र सिया मुसलमानका बीचमा विगत लामो समयदेखि आक्रमण र हत्याका शृङ्खलाहरू जारी नै रहका छन् र त्यस्ता आक्रमणहरू प्राय शुक्रबार हुने गरेका छन्...

Read More