Advertisements

Category: समाज

आदिवासी चलचित्र महोत्सव सुरू

१७ फागुन, बुटवल । छैटौ नेपाल अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सवको बिहीबार बुटवलमा उद्धघाटन गरिएको छ । विगत ५ वर्षदेखी हुदै आईरहेको महोत्सवमा थारु, नेवारी, तामाङ, गुरुङ, मगर लगाएतका जातीहरुको विशेष चलचित्रहरू प्रर्दशन गरिने छ । सामाजिक संस्कृति मौलिक संस्कृति, धर्म र परम्परालाई विषयवस्तु बनाएर निर्माण गरिएका चलचित्रहरु १९ गतेसम्म चल्ने कार्यक्रम संयोजक दिलु प्रसाद थापाले बताए । कलाकार तथा रगंकर्मी दया हाङ राईको प्रमुख अतिथ्यतामा उद्धघाटन कार्यक्रममा चलचित्र निर्माता खगेश्वर पुन, पत्रकार महासघ रुपन्देही शाखाका अध्यक्ष दिपक ज्ञवाली, मगर चलचित्र कर्मी मेजन पुन मगर, संजोग लाफा मगर लगायतको उपस्थिती रहेको थियो ।...

Read More

मलेसियामा ज्यान गुमाएका खोटाङका मृतकका परिवारलाई आर्थिक सहयोग

केदार मगर  १८ फागुन, खोटाङ ।  मलेसियामा सडक दुर्घटनापरी ज्यान गुमाएका खोटाङका एक मृतक परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । मलेसियाको जोहोरबारुस्थित पासिर गुडाङमा रहेको ह्वाईट हर्स कम्पनीमा काम गर्नेक्रममा ज्यान गुमाएका खोटाङको राजापानी–७ का कमलकुमार राईको परिवारले आर्थिक सहयोग प्राप्तगरेका हुन् । ह्वाइट हर्स कम्पनीमा कार्यरत कामदारहरुले चन्दा संकलन गरेर पठाएको तीन लाखभन्दा बढी सहयोग रकम मृतक परिवारले पाएका हुन् । नेपाली तथा अन्य देशका कामदारबाट संकलन गरिएको ११ हजार ३ सय ५९ रिंगेट एजेन्टमार्फत मृतकका पिता जयबहादुर राईको नाममा पठाइएको खोटाङ सेवा समाज मलेसियाले जनाएको छ । रोजगारीका सिलसिलामा दुई वर्षअघि मलेसिया पुग्नु भएका राईको निधन भएपछि बिचल्लीमा परेका परिवारको सहयोगका लागि सहयोग रकम पठाइएको हो । तरकारी किनेर फर्कनेक्रममा कामदार ओसार÷पसार गर्ने बसको ठक्करबाट राईको गत माघ–११ गते राती घटना स्थलमै ज्यान गएको थियो । मृतकले पाउने बिमा र राहतका लागि मलेसिया सरकारसँग पहल भइरहेको र रकम प्राप्त हुने बित्तीकै मृतकको परिवारलाई पठाइदिने कम्पनीले जनाएको...

Read More

छोराले रिसले आगो लगाउँदा,बाबुको ज्यान गायो

घनश्याम बुढाथोकी १८ फागुन, दाङ । रोल्पामा बाबुछोराको बिवाद हुदा छोराले घरमा आगो लगाएपछि बाबुको जलेर ज्यान गएको छ भने दुइ घर नष्ट भएका छन् । दुबिडाडा गाविस वडा नं ३ बाइजा स्थीत एक घरमा गयराती बिवादले उग्र रुप लिदा छोरा सागर खत्रीले घरमा लगाउदा आगोमा परि करिव ४५ वर्षीय बाबु दल बहादुर खत्रीको डढेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । आगलागीबाट सो घर संगै रहेको आफन्त खिम बहादुर खत्रीको घर पनि जलेर नष्ट भएको छ । घरमा रहेका सवै अन्नपात,लत्ताकपडा ,धनमाल ,गरि लाखौको क्षती भएको अनुमान गरीएपनि क्षतीको एकीन बिवरण आउन भने वाकी रहेको जनाइएको छ । होलेरी बजार वाट करिव २ घण्टाको पैदल दुरी मा पर्ने घटनास्थलका बारेमा थाहा पाउने बित्तीकै गयरातीनै इलाका प्रहरी कार्यलय होलेरीबाट गएको प्रहरीले स्थानियको सहयोगमा आगोलाइ नियन्त्रणमा लिएको थियो । पुर्णरुपमा जलेको अवस्थामा रहेको देव बहादुरको शवलाइ प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यलय होलेरीका प्रहरी सहइन्चार्ज सहदेव डागीले जानकारी दिए। फरार रहेका अभियुक्त सागरको भने खोजी कार्यलाइ तिब्र पारिएको इलाका प्रहरी कार्यलय होलेरीले जनाएको छ...

Read More

बाख्रीले जन्मायो एकै बेतमा ६ वटा पाठापाठी

१८ फागुन, स्याङ्जा । रस्याङ्जामा भने स्थानीय जातको बाख्रीले एकै बेतमा ६ ओटा पाठापाठी जन्माएर चकित पारिदिएको छ। स्याङ्जाको स्वरेक गाविस ७ सालथुम्कास्थित मसिना थापाको घरमा पालिएको स्थानीय जातको बाख्राले एकै बेतमा ४ ओटा पाठा र २ ओठा पाठी जन्माएको हो । बाख्रीले ६ वटा पाठापाठी जम्माए पनि एउटा पाठी मरेको छ भने बाँचेक अन्य पनि स्वस्थ रहेका छन् । विरलैरुपमा यस्तो अवस्था देखा पर्ने भएकाले पाठापाठी हेर्न जानेहरुको भिड लागेको छ । अघिल्ला वर्षहरुमा भने उक्त बाख्रीले बढिमा ३ ओटा सम्म पाठापाठी जन्माएको थियो...

Read More

लाटोकोसेरो महोत्सव आजदेखि

१८ फागुन,चितवन। चितवनको सेतीदेवी सामुदायीक वनमा आजदेखि नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव शुरु हुँदैछ। । प्रकृतिका साथीहरु र सेती देवि सामुदायीक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा दुर्लभ पन्छिमा पर्ने ती चराको संरक्षणका लागि उत्सव आयोजना गर्न लागिएको हो । सो अवसरमा चरा अवलोकनको व्यवस्था समेत मिलाइएको छ । उत्सवमा चरा संरक्षण सम्बन्धी भजन , गुरुङ समुदायको घाँटु नाच , लाटोकोसेरो सम्बन्धी वृतचित्र प्रदर्शनी , फोटो प्रदर्शनी लगायत कार्यक्रमहरु हुनेछन । विश्वभर २ सय २५ प्रजातीका लाटोकोसेरो रहेका छन भने २१ प्रजाती नेपालमा र १० प्रजाती चितवनमा रहेका छन्...

Read More

दुई क्यापसमा क्रान्तिकारी र अखिलबीच झडप, ६ कार्यकर्ता घाइते

१७ फागुन, काठमाडौ । एकिकृत नेकपा (माओवादी) सम्बद्ध अखिल क्रान्तिकारी र नेकपा एमाले सम्बद्ध अखिलका कार्यकर्ताबीच दुई क्याम्पसमा भएको झडपमा ६ जना घाइते भएका छन् ।थापाथली क्याम्पसमा पढिरहेको अवस्थामा अखिल क्रान्तिकारीका विद्यार्थीमाथि आक्रमण गरेर अखिलका कार्यकर्ताले ३ जनालाई घाइते बनाएका हुन् भने रत्न राज्य क्याम्पसमा भएको झडपमा पनि २-३ जना घाइते भएका छन् । थापाथली क्याम्पसमा क्रान्तिकारीका कार्यकर्तामाथी आक्रमण गरी ३ जनालाई घाइते बनाएर रत्न राज्य क्याम्पसमा बसेका अखिलका कार्यकर्तामाथि थापाथली क्याम्पसबाट गएका क्रान्तिकारीका विद्यार्थी कार्यकर्ताले आक्रमण गर्दा भएको दोहोरो झडपमा ३ जना घाइते भएको हो । क्रान्तिकारीका कार्यकर्ताले रत्न राज्य पुगेर आफ्ना कार्यकर्ता कुटपिट गरेको विरोधमा अखिल कार्यकर्ताहरूले अहिले रत्न राज्य क्याम्पस अगाडि नाराबाजी सहित सडक अवरूद्ध बनाएका छन् । यता, थापाथलीमा अखिलको कुटाइपछि घाइते भएका तीन क्रान्तिकारी कार्यकर्ताको अहिले अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको छ...

Read More

नेपाली कांग्रेस पार्टी कार्यलयमा चोरी

१७ फागुन, सिन्धुली । नेपाली कांग्रेस सिन्धुली पार्टी कार्यलयमा गएराती चोरी भएको छ । पार्टी कार्यलयमा रहेको नेपाली कांग्रेस जिल्ला कार्यालय, क्षेत्रीय कार्यालय, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र दलित संघको दराज फोडी करिब ४८ हजार नगद चोरी भएको पार्टी कार्यालयले जनाएको छ । पार्टी कार्यलयका प्रारम्भिक अनुसन्धान अनुसार नेपाली कांग्रेस निर्वाचन नं. १ क्षेत्रीय कार्यलयको करिव २५ हजार, नेपाल विद्यार्थी संघको करिव १७ हजार ५ सय, दलित संघको ५ हजार, नेपाल तरुण दलको ३ हजार ५ सय र महिला संघको २ हजार नगद चोरिएको पार्टीले जनाएको छ ।क्रियाशिल सदस्यताबाट उठेको रकम, नयाँ सदस्य फमको पैसा चोरी भएको पार्टी सभापति मोहन बरालले जानकारी दिएका छन् । घटनाको छानविन भईरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घटनाको प्रकृति हेर्दा कार्यालय सम्बन्धी जानबुझ रहेको मानिसको संलग्नता भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ...

Read More

कानैबाट लुटियो एक तोला सुन

१७ फागुन, रूकुम । रूकुमको मग्मा गाविसकी एक महिलाको कानबाटै एक तोला सुन लुटिएको छ । मग्गा गाविस वडा नम्बर ५ की ४८ वर्षीया अमृता खत्रीले कानमा लगाएको एक तोला बराबरको सुन दुई जना लुटेराले लुटेका हुन् । स्थानीय जङ्गलमा घाँस लिन गएकी खत्रीलाई लुटेराहरुले चक्कु देखाएर धम्क्याउँदै लगाएको सुन खोल्न लगाएका थिए । लुटेरा दुवैले मुखमा कालोपट्टी बाँधेका कारण उनीहरु को हुन् भनेर आफूले चिन्न नसकेको पिडित खत्रीले बताएकी छिन्...

Read More

‘पश्चिमी सिमा पुल चौबिसै घण्टा खोलिन्छ’

१७ फागुन, कञ्चनपुर । भारतीय राजदूत जयन्त प्रसाद सिंहले पश्चिमी सीमा नाका शारदा व्यारेजको पुल चौबिसै घण्टा खुला गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले शारदा व्यारेजको जीर्ण पुलमा मालवाहक गाडीहरु सञ्चालन हुन नसक्ने भएकाले नयाँ पुल निर्माणका लागि उपयुक्त क्षेत्र छनोट गरी दुबै मुलुकका उच्चस्तरीय पदाधिकारीको सहमतिमा पुल निर्माण गरिने बताए। उनले नयाँ पुल निर्माण भएपछि दुवै देशको व्यापारमा सहजता आउने बताए । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेश दत्त जोशीले भारतीय सुरक्षाकर्मी एसएसबीले व्यापारी र सर्वसाधारणमाथि गर्ने ज्यादतीबारे राजदूत सिंहलाई अवगत गराएका थिए ।राजदूत सिंहले महाकाली नदीमा बनेको एसियाकै नमूना मल्टीस्पान झोलुङ्गे पुलको पनि अवलोकन गर्नु भयो। आज उनले टनकपुर बाँधको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ।भारतको रु नौ करोड सात लाख सहयोगमा विद्यालय, हुलाकी मार्ग र सडकका सात वटा परियोजना सञ्चालन भइआएकामा छ वटा सम्पन्न भइसकेका छन्।...

Read More

पाँच उच्च माविका लागी चार कोठे भवन बाँडियो

केदार मगर१७ फागुन, खोटाङ । खोटाङका पाँच उच्च माविका लागि चार कोठे भवन बाँडिएको छ । जिल्ला शिक्षा समितिको दुई दिनसम्म चलेको बैठकले क्षेत्र नम्बर १ का लागि ऐसेलुखर्कको त्रिभुवन उच्च मावि र डुम्रेधारापानीको देउराली मावि तथा क्षेत्र नम्बर २ कालागि दोर्पाचिउरीडाँडाको विद्योद्धय उच्च मावि, ओख्रेडाँडागाँउको महेन्द्रोद्धय उच्च मावि र फाक्टाङको बालकन्या उच्च माविका लागी चार कोठे भवन बाँडिएको हो । जिल्लाका राजनैतिक दलका प्रमुखहरुको सहभागीतामा बसेको शिक्षा समितिको बैठकले २४ लाख बराबरको चारकोठे भवन बाँडेको हो । दुई दिन लगाएर चार कोठे भवनको टुंगो लगाइए पनि १२ वटा दुई कोठे भवन भने, एसएलसी परीक्षापछि मात्र बाड्ने निर्णय गर्दै बैठक टुंगिएको छ । अघिल्ला वर्षहरुमा जिल्लाका राजनैतिक दलहरुलाई भागबण्डामा विद्यालयको भवन बाँड्ने गरिएको आरोप लाग्दै आएको थियो...

Read More