Advertisements

Category: समाज

भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु

११ जेठ, फलेवास (पर्वत) । भारतीय सेनामा कार्यरत तीन नेपालीको ज्यान गएको छ । ज्यान जानेमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका ४० वर्षिय डमरबहादुर पुन र ३८ वर्षीय गिरिश गुरुङ रहेका छन् । भारतको काश्मिरस्थित भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा शल्यक्रियाका क्रममा उनीहरुको गोली लागेर मृत्यु भएको हो । शर्मा पाँच वर्षअघि भारतीय सेनामा भर्ती भएका थिए । दुई दाजुभाइमध्ये रबिन परिवारका जेठा हुन् । उनि राइफलम्यान पदमा कार्यरत रहेका थिए । गत माघमा मात्रै विवाह बन्धनमा बाँधिएर गएका शर्माको मृत्युले सिङ्गो चुवा शोकमग्न बनेको छ...

Read More

भोली सार्वजनिक बिदा

१० वैशाख, काठमाडौं। गृहमन्त्रालयले भोली बिहिबार काठमाडौं उपत्यका भित्र सार्वजनिक बिदा दिएको छ। आज सूचना निकाल्दै गृहमन्त्रालयले बिहिबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले काठमाडौँ उपत्यका भित्र सार्वजनिक बिदा दिएको...

Read More

माल्कोट मतदान केन्द्र गोलीकाण्डमा प्रहरीको कमजोरीः प्रतिवेदन

१० जेठ, काठमाडौं । कालीकोटको माल्कोट मतदान केन्द्रमा मतदानबारे भएको सामान्य विवादलाई निर्वाचन अधिकृत तथा कर्मचारी, प्रहरी र राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र कार्यकर्ताबीच आवश्यक समन्वय र समझदारी कायम गर्न नसक्दा मालकोट घटना भएको निष्कर्ष निकालिएको छ । गत वैशाख ३१ गते घटेको गोलीकाण्डबारे मानवअधिकारकर्मीले स्थलगत अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा प्रहरी प्रशासनले संयमता अपनाउन नसकेको र अन्धाधुन्द गोली चलाइएको निष्कर्ष निकालेको हो । मतदान केन्द्रमा उपस्थित नेपाली सेनाको भूमिका अत्यन्त संयमित र जिम्मेवारीपूर्ण देखिएको प्रतिवेदनमा उल्लेख छ । सो समूहले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा घटना अवधिभर सेना आत्मसंयमित रहेको देखिन्छ । यदि सेनाले संयमता नअपनाएको भए त्यहाँ ठूलो जनधनको क्षति...

Read More

आजदेखि स्वयम्भूबाट सूर्यविनायकसम्म साझा यातायात

१० जेठ, काठमाडौँ । यात्रुको सुविधालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो सेवा आजदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ । काठमाडौँ, ललितपुर र उपत्यकाबाहिरका केही स्थानमा समेत आफ्नो सेवा विस्तार गरेको साझा यातायातले आजदेखि भक्तपुरमा पनि आफ्नो सेवा सुरु गरेको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। उनको अनुसार बिहान छ देखि राति ९ बजेसम्म साझा यातायातले नागरिकलाई उक्त रुटमा सेवा प्रदान गर्नेछ । आजदेखि हरेक दिन बिहान ६ बजे देखि स्वयम्भूबाट १० वटा साझा बस छुट्नेछन् भने त्यसैगरी १० वटा बस सूर्यविनायकबाट स्वयम्भूतर्फ आउने प्रमुख पाण्डेले जानकारी दिए । स्वयम्भूबाट छुटेको बस कलङ्की, कालीमाटी, रत्नपार्क, पुरानो बसपार्क,...

Read More

भोलिबाट चल्ने भो भक्तपुरमा साझा बस

९ जेठ, भक्तपुर । भक्तपुरका बस व्यवसायीको एकाधिकार तोड्दै साझा यातायातले बुधबारबाट भक्तपुरमा साझा बस सञ्चालन गर्ने भएको छ । भक्तपुरमा बस सञ्चालन गर्ने साझा यातायातको गत चैतदेखिको प्रयास अहिले आएर सफल भएको हो । उक्त यातायातले काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म भोलि बिहान ६:३० बजेदेखि २० वटा बस सञ्चालनमा ल्याउने भएको साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिए । पाण्डेले भने, “भोलि बिहान ६ः३० बजे पुल्चोकबाट भक्तपुरका लागि पहिलो साझा बस छुट्नेछ, प्रत्येक दिन बिहान ६:३० देखि राति ९ बजेसम्म बस चल्नेछ ।” साझा यातायातले काठमाडौँको स्वयम्भूबाट कलङ्की, रविभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, थापाथली, माइतीघर, बबरमहल, नयाँबानेश्वर,...

Read More

क्यान्सर पीडितद्वारा सहयोगको अपिल

९ जेठ, काठमाडौं । बाराको निजगढ नगरपालिका—७ योजनाटोलका क्यान्सरपीडित भेषराज घिमिरेलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । दुई बर्षअघि पिसाव थैलीमा पलाएको ट्युमरको पटकपटक शल्यक्रिया गरीरहनुपर्दा उहाँलाई आर्थिक समस्या परेको हो । वि.सं.२०७२ साल फागुन १० गते काभ्रेको धुलिखेल अस्पतालमा घिमिरेको पिशावथैलीमा पलाएको ट्यूमरको पहिलो शल्यक्रिया गरिएको थियो । तर जति काट्दा पनि पलाईरहेपछि अहिलेसम्म ५ पटक शल्यक्रिया गरिसकिएको उहाँका छोरा शंकरले घिमिरेले बताए । आफन्तको सहयोगमा ५ पटकसम्म शल्यक्रिया गराउँदा अहिलेसम्म ५५ लाख रुपैंया सकिसकेको र डाक्टरहरुले उपचार गराईरहे निको हुने बताएको शंकरले बताए । घिमिरेलाई एक पटक किमो दिंदा २५ हजार रुपैयाँ खर्च लाग्ने र...

Read More

तामाङ महिलाले पहिलो पटक गरें सगरमाथा आरोहण

९ जेठ, काठमाडौँ । तामाङ समुदायको पहिलो महिलाका रुपमा कान्छीमाया तामाङले सगरमाथा आरोहण गरेकी छिन् । सिन्धुपाल्चोककी तामाङले यही जेठ ६ गते बिहान ६ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन । आज यहाँ आयोजित पत्रकारसम्मेलनमा तामाङले मानव बेचबिखन र खेलकुदजगत्मा लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर पुर्याउने उद्देश्यले आफू सगरमाथा चढेको बताइन । फर्किंदा आफ्नो ‘अक्सिजन सिलिन्डर’ चोरिएका कारण धेरै समस्या भए पनि आफ्नो टोलीका प्रमुख पेम्बादोर्जे शेर्पाको सहयोगका कारण सकुशल आउन सफल भएको अनुभव सुनाए। आरोहणका क्रममा धेरैपटक अप्ठेरो परे पनि आफ्नो समुदाय र उद्देश्यलाई सार्थकता दिन ३२ दिनको यात्रापछि चुचुरोमा पुगी फर्किएर आएको जानकारी दिए । तामाङको टोलीप्रमुख रहेका १६ पटक सगरमाथको...

Read More

परीक्षाफल प्रकाशित

९ जेठ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल मङ्सिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२ आंशिक)को नेपाली र अङ्ग्रेजी विषय परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । उक्त परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np / www.educationkhabar.com मा हेर्न सकिनेछ ।...

Read More

विदुरलाई त्रिदेशीय पारवाहन विन्दु बनाउन पहल गर्छु–नगर प्रमुख पण्डित

नवदीप पण्डित ९ जेठ, काठमाडौँ। विदुर नगरपालिकाका नवनिर्वाचित प्रमुख सञ्जु पण्डितले विदुर नगरपालिकामा साबिकका छ गाविस थपिएको तथा पहाडी र ग्रामीण क्षेत्र धेरै समेटिएकाले यसलाई समानुपातिक रुपमा विकास गराउनका लागि दीर्घकालीन योजनाको खाँचो औँल्याएका छन् । नेकपा(एमाले)का तर्फबाट नगर प्रमुखमा विजयी भएपछि रासससँग कुरा गर्दै उनले नगरलाई विकास गर्न अल्पकालीन योजना सडक, ढल, खानेपानी र दीर्घकालीन योजनाका लागि विज्ञहरु ल्याएर गुरुयोजना बनाइने जानकारी दिए । त्रिशूली जलविद्युत् गृहलाई नगरको अधिकारमा ल्याउने, प्राकृतिक स्रोत ढुङ्गा बालुवा, खनिज, जडीबुटीको उपयोग गरी आयआर्जन बढाउने तथा नगरमा चार लेनको सडक– साइकल लेन– पैदल लेन बनाउने योजना पनि उहाँले उल्लेख गरे । भूकम्पका कारण...

Read More

प्रहरी सवार गाडी दुर्घटनामा मृत्यु

९ जेठ, सुर्खेत । कालीकोटबाट सुर्खेत आउँदै गरेको प्रहरी सवार गाडी दुर्घटना हुँदा रुकुम घर भएकी प्रहरी जवान तारा चन्दको मृत्यु भएको छ भने २५ प्रहरी घाइते भएका छन् । सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर– १४ साउनेपानीमा ना १ ग४७६ नं को मिनी जिप आज बिहान सडकबाट अन्दाजी २०० मि तल खसेको ट्राफिक प्रहरी चौकी छेडाका ट्राफिक प्रहरी गोपाल बोहराले जानकारी दिए । प्रहरीका अनुसार जिप अनियन्त्रित हुँदा दुर्घटना भएको हो । घाइतेको वीरेन्द्रनगरको देउती अस्पताल र क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।...

Read More