Category: मनोरञ्जन

धेरै सेक्सी भएको भन्दै नायिकालाई मन्त्रालय बोलाइयो, १ वर्ष फिल्म खेल्न प्रतिबन्ध

१४ वैशाख, एजेन्सी। एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ। देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको हो। २४ वर्षिया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन्। नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुन: पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो। अन्य नायिकाले झै आफुले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र तीस लाख फलोअर छन्। ‘कम्बोडियामा धेरै सेक्सी कलाकारहरु छन्। केही त सुटिङमा म भन्दा पनि ज्यादा कामुक बन्छन् अनि किसिङ सिन दिन्छन्।’, उनले भनिन। ‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो,...

Read More

बलिउड नायक विनोद खन्नाको निधन

१४ वैशाख, एजेन्सी। बलिउडका चर्चित कलाकार विनोद खन्नाको आज बिहान निधन भएको छ। क्यान्सरसंग जुधिरहेका उनको ७० वर्षको उमेरमा निधन भएको हो। १०० भन्दा बडी बलिउड फिल्ममा अभिनय गरिसकेका उनी पञ्जावको गुरदास्पुरबाट सांसद समेत हुन। उनी पत्नी कविता खन्ना छोराहरु राहुल, अक्षय र छोरीहरु श्रद्धा खन्नासंग बस्दै आएका थिए। उनी सन् १९७० देखि १९८० दशकमा बलिउडमा सबैभन्दा बढी खोजिने नायक थिए। उनले सन् १९९९ मा फिल्मफेयर लाइफटाइम अवार्ड, बेस्ट सपोर्टिङ एक्टर विधामा फिल्मफेयर अवार्ड र सन् २००७ मा जिसिने अवार्डको लाइफ टाइम अवार्ड पाएका थिए। करिअर राम्रो चलिरहेको समयमा उनी सन् १९८२ मा कामबाट ब्रक लिएर उनका गुरु रनजीश...

Read More

आमिरकी छोरीको हट फोटोसुट

एजेन्सी। फतिमा सना सेख जसले फिल्म दंगलमा आमिर खानको छोरीको भूमिका निभाएकी थिइन, अघिल्लो वर्षको डिसेम्बरमा फिल्म रिलिज भएपश्चात बलिउडमा चर्चमा छिन्। रेलरल गिता फोगाटको भूमिका निभाएसंगै उनको अभिनयको जमेर तारिफ भयो। तिनै बलिउडकी नवप्रवेशीको अहिले बेग्लै चर्चा छ। चर्चा हो उनको नयाँ फोटोसुटको। उनले यी तस्विर आफ्नो इन्स्टाग्राम अकाउन्टमा अपलोड गरेकी...

Read More

औंसीको उपहार, आमाको माया यस्तो हुन्छ (भिडियो सहित )

आमाको मुख हेर्ने दिनको अबसरमा आमाप्रतिको भक्ति, सम्मान र आदरको भाब लाई उठान गर्ने गीत “आमा ” रिलिज भएको छ । गायक स्वरुप राज आचार्यको स्वरमा सजिएको “आमा खै कसरी सुन्छिन्” बोलको गीतको भिडियो सार्बजनिक गरिएको हो । सागर ज्ञवालीको शब्द रहेको उक्त गीत केहि समय अगाडि मात्र युट्युबमा सार्वजनिक भएको हो । गैरे सुरेशको कम्पोज र सचिन सिंहको एरेन्ज रहेको यस गीतको भिडियोमा रंगकर्मी अरुणा कार्की, भोला तिमल्सिना, अमृता खनाल र रिदम सुवेदिको निकै नै मन छुने अभिनय गरेका छन् । भिडियोलाई गीतकार सागर ज्ञवाली आफैले निर्देशन गरेका हुन् । मातृत्व को भावलाई भिडियोले कलात्मक रुपमा उठान गरेको...

Read More

रनवीरको कारण आमा बनिन् मनिषा कोइराला

१३ वैशाख, एजेन्सी । अभिनेत्री मनिषा कोइराला बलिउड नायक संजय दत्तको बायोपिक फिल्ममा संजय दत्तकी आमा नरगिस दत्तको भूमिका निभाउदै छिन् । संजय दत्तको बायोपिक फिल्ममा संजयकी आमाको भूमिकामा देखा पर्न लागेकी मनिषाले यो भूमिका रणवीर कपुरको कारण निभाउन लागेको बताएकी छिन्। रनवीर आफुलाई सबैभन्दा मनपर्ने अभिनेता भएको कारण पनि यो फिल्मप्रति बढि प्रभावित भएको उनले बताइन् । मनिषाले आफ्नो मर्जीको फिल्म मात्र रोज्ने गर्दछिन् । यो फिल्ममा संजयको भूमिका रणवीरले निभाउँदै छन्। एक अन्तरवार्तामा मनिषाले नरगिसको भूमिका र उनको लुक्सबारे बताउदै यस्तो भूमिका खेल्न पाउदा आफुलाई सौभाग्यवती ठानेको बताइन् । उनको भूमिकामा देखा पर्न उनले कडा मेहेनत गर्नुपरेको समेत बताएकी...

Read More

कपिलको शो बन्द हुनसक्ने, निर्माण पक्षले लगानी गर्न मानेन

१३ वैशाख, एजेन्सी । १०० औँ इपिशोड पुर्याएको ‘द कपिल शर्मा शो’ बन्द हुने खवर आएपछि कपिल शर्मा र उनका फ्यानलाई झट्का लाग्ने भएको छ । कमेडियन सुनिल ग्रोवर र कपिलविचको विवादले प्रशंसक निकै रुष्ट बनेका थिए । यो घटना सेलाउन नपाउँदै ‘द कपिल शर्मा शो’ लाई सोनी च्यानलले रिन्यु गर्न अस्वीकार गरेको छ । आफ्नै कारणले उत्पन्न विवाद कपिल शर्माले हालसम्म पनि समाधान भएको जानकारी समेत गराएका छैनन् । साथै पछिल्लो समय कपिल शर्मा शो ओरालो लागिरहेको छ । विवादपश्चात उनका बाँकी सहकर्मीसंगै अन्य कलाकारले उनको शोबाट मुख मोडिदिएपछि कपिललाई आफ्नो शो सहि दिशातिर धकेल्न पनि मुस्किल परिरहेको...

Read More

बाहुबली २ ले कति कमाउला नेपालमा ?

१३ वैशाख। पछिल्लो समय बलिउड सहित संसारभरी चर्चा बटुलेको फिल्महरुको नाम लिदाँ सबैभन्दा पहिलो स्थानमा आउँछ बाहुबली। कथा, प्रस्तुति र ग्राफिक्सको जोडदार समिश्रणले फिल्म सुपरहिट त भयो नै फिल्मले दोस्रो सिक्वेलको लागि बाटो समेत खोलेर गयो। फिल्म हिट भएसंगै कटप्पाले बाहुबली किन मारे ? भन्ने प्रश्न नेपालमा समेत सोधियो। फिल्मको दोस्रो भाग यहि शुक्रबार नेपालमा पनि रिलिज हुँदैछ। सम्भवत: यसले पहिलो फिल्मले उब्जाएको प्रश्न समाधान पनि गर्ला । र यहि समाधान खोज्न दर्शकहरु सायद हलसम्म पनि पुग्लान । के बाहुबलीले नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापार गर्ला त ? कस्तो छ बलिउड फिल्मको कमाइ ? बलिउडमा सबैभन्दा बढी कमाइ गरेको...

Read More

१७ वर्षपछि छुट्यो फरहानको जोडी

१२ वैशाख, एजेन्सी। बलिउड नायक फरहान अख्तर र अधुना भवानी १७ वर्ष पश्चात अलग भएका छन्। सोमबार फरहान र अधुनाको बयान सुने पश्चात भारतको बान्द्रा स्थित एक अदालतले सम्बन्द विच्छेदको लागि अनुमति दिएको छ। फरहान र अधुनाले आपसी समझदारीले अघिल्लो अक्टोबमा सम्बन्ध विच्छेदको लागि निवेदन दर्ता गराएका थिए। यो जोडीले सन् २००० मा विवाह गरेको थियो। सम्बन्ध विच्छेद पश्चात दुई छोरी, शाक्या (१४ वर्ष) र अकिरा (६ वर्ष) अधुनासंग बस्नेछन्। चाहेमा फरहानले छोरी भेट्न सक्नेछन्। यो पढ्नुस्। अमिरले तोडे १६ वर्ष पुरानो...

Read More

सबैभन्दा महंगा ९ बलिउड फिल्म

उत्पादनको हिसावले हेर्ने हो भने विश्वको सबैभन्दा बढि फिल्म उत्पादन गर्ने देश भारत हो । उत्पादन मात्र नभएर व्यापारीक दृष्टिकोण तथा बक्स अफिसको आधारबाट पनि हिन्दी फिल्मले सदैव उत्तिकै चर्चा कमाएको पाइन्छ । यहाँ त्यस्ता ९ बलिउड फिल्म छन् जसले दर्शक र बलियो आम्दानी गरेको मात्र नभई निर्माण खर्चको आधारमा पनि सबैभन्दा महंगा रहे । १. महाभारत – दुबईमा आफ्नो विजनेश चलाइरहेका वि आर सेठ्ठी ले महाभारतको लागी १००० करोड भारतीय रुपैयाँ खर्च गर्ने भएका छन् । दुई भागमा रिलिज हुने यो फिल्मको सुटिङ सुरु भइसकेको छ। २. २.०- बलीउड क्षेत्रका दुई ठुला स्टार रजनिकान्त र अक्षय कुमार संगै देखा...

Read More

अमिरले तोडे १६ वर्ष पुरानो प्रतिज्ञा

१२ वैशाख, एजेन्सी। बलिउड सुपरस्टार अमिर खान धेरै विषयका लागि चर्चित छन्। ‘मिस्टर परफेक्सनिस्ट’ भनिने अमिर जुन पायो त्यही चलचित्रमा काम गर्दैन। कुनै चलचित्रमा काम गरेपछि त्यसका लागि हदैसम्म लागिपर्छन्। वर्षमा एउटै चलचित्र पनि उनका लागि पर्याप्त हुन्छ । चलचित्रले सार्वजनिक भएपछि जनमानसमा एउटा तरंग नै ल्याउँछ । उनका प्राय चलचित्रले अर्बौ रुपैया कमाउँछ। अमिर खानको अर्को पनि विशषेता छ त्यो हो उनि कुनै अवार्ड कार्यक्रममा जाँदैनन्। तर अब भने यो तोडिएको छ । हो, अमिर खानले १६ वर्षपछी एउटा अवार्ड कार्यक्रममा गएर अवार्ड थापेका छन्। मूल्य र मान्यताका लागि लड्ने र एउटै विषयमा लामो समयसम्म अड्ने खूबी भएका...

Read More