Category: मनोरञ्जन

निशा र शरद विवाह बन्धनमा

१६ असार,कठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषावकर र नायिक निशा अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । लामो समय देखिको प्रेमसम्बन्धले उनीहरुले आज काठमाडौंको एक होटमा आयोजित समारोहका बीच विवाहको रुप दिएका हुन् । विवाहमा आफन्त रनजिकका मित्रबाहेक खासै पाहुना बोलाइएको छैन । केहीसमय अघि मात्रै क्रिकेटर सुवास खकुरेल नरेश बुढाएर शौरभ खनाल, ममता थापा केही दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए । सञ्चारकर्मीलाई समेत विवाह स्थलमा फोटो खिच्न जान रोक लगाइएको बताइएको छ । शरद ढाकाको दौरा सुरुवाल र टोपीमा छन् । (हेर्नुस् तस्वीरहरु )...

Read More

सलमानलाई ‘आत्महत्या’ गर्न मन लाग्ने रोग

बलिउडका चर्चित अभिनेता सलमान खान एक डरलाग्दो न्युरोलोजिकल रोगबाट ग्रसित भएको थाहा भएको छ। उनले हालसालै सार्वजनिक भएको चलचित्र ट्युबलाइटको प्रमोशनल कार्यक्रमकका दौरान यसको खुलासा गरेका हुन्।   उनले आफूलाई ट्राइजेमिनल न्युरालजिया नामक रोग रहेको बताए। यसलाई निकै डरलाग्दो रोग मानिन्छ जसलाई सुसाइडल डिजिज अर्थात आत्महत्या गर्न मन लाग्ने रोग समेत भनिन्छ।   यस रोगबाट ग्रसित मानिस आत्महत्या गर्ने विषयमा सोच्ने गर्दछ ।सलमानले आफूलाई यही रोगका कारण कयौंपटक आत्महत्या गर्न सोच पलाएको बताए।   के हो सलमानलाई लागेको ट्राइजेमिलन न्युरालजिया ? ट्राइजेमिलन न्युरालजिया यस्तो क्रोनिक पेन डिसअर्डर जसले सिधै ट्राइजेमिनल नर्भलाई प्रभावित गर्दछ। यो नर्भ टाउको कयौं ठाउँबाट पार...

Read More

शरद र निशाा विवाह बन्धनमा बाँधिदै

१२ असार, काठमाडौं । नेपाली राष्ट्रिय टिमका क्रिकेट शरद भेषावकर यसै साता विवाह बन्धनमा बाधिने भएका छन् । अभिनेत्री निशा अधिकारीसँग उनले यहि असार १६ गते विवाह गर्न लागेका हुन् । विचमा ब्रेकअप हुँदै जोडिँदै आएको प्रेमलाई अन्ततः विवाहमा परिणत गर्न दुबै सहमत भएका हुन् । केही वर्षयता शरद र निशाबीच प्रेम सम्बन्ध भएको चर्चा चलेको थियो । उनीहरु फिल्मी कार्यक्रम र क्रिकेट ग्राउन्डमा सँगै देखिने गरेका थिए । उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुलाई बिहेको निमन्त्रणा कार्ड पनि बाँडिसकेका छन्...

Read More

अभिनेत्री मनिषाद्वारा क्यान्सर अस्पताललाई एक लाख सहयोग

१० असार, काठमाडौं । गरिब परिवारको अर्बुद (क्यान्सर) रोग उपचारमा सहयोग गर्ने उद्देश्यले चलचित्र अभिनेत्री मनिषा कोइरालाले नेसनल क्यान्सर अस्पताल, ललितपुरलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएको अस्पतालले जनाएको छ । जावलाखेलस्थित सो अस्पतालले विपन्न परिवारका बिरामीको उपचारमा उक्त रकमलाई सदुपयोग गर्ने जनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको रु एक लाख बराबरको उपचार सेवासमेत अस्पतालले निःशुल्क प्रदान गर्दै आएको छ । अस्पतालका अध्यक्ष डा मदनकुमार पियाका अनुसार अस्पतालले त्यहाँ उपचारका लागि आउने गरिब परिवारका बिरामीलाई निःशुल्क उपचारसमेत गराइएको जानकारी दिए । सोही अस्पतालद्वारा आज आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करिब ८०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । विशेष...

Read More

बाहिर नआएका बलिउड स्टारका दुर्लभ तस्विर (फोटो फिचर)

बलिउड स्टारबारे चर्चा हुनु कुनै नौलो कुरा होईन । स्टारको अफेयर्स, स्टाइल, तथा व्यक्तिगत जिवनको बारेमा जोकोहिले पनि चासो राख्नु सामान्य कुरा हो । आफुलाई मनपर्ने सेलेब्रेटिको बारेमा थाहा पाउन प्रशंसकहरु जे गर्न पनि तयार हुन्छन् । तिनै स्टारको नयाँ तस्विर प्राय सबैले देखेकै हुन्छन्, तर तिनका पुराना तस्विर भने मुस्किलले मात्रै देख्ने मौका मिल्छ । यहाँ सदावहार चर्चामा रहने बलीउड स्टारका दुर्लभ तथा पुराना तस्विरहरु सार्वजनिक गरिएका छन् । १. बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको यो दुर्लभ तस्विर फिल्म सेटबाट लिइएको हो । यो तस्विर फिल्म ‘जोश’को सुटिङको क्रममा लिइएको हो ।जसमा अभिनेता शाहरुख खान र ऐश्वर्याको मुख्य...

Read More

सलमान खानको फिल्म ‘ट्युबलाइट’लाई ‘U’ सर्टिफिकेट

३ असार, एजेन्सी। सलमान खानको अपकमिङ फिल्म ‘ट्युवलाइट’लाई सेन्सर बोर्डले ‘U’ सर्टिफिकेट दिको छ। साथै फिल्मबाट एउटा शब्द हटाउन भनिएको छ, बाँकी पुरै फिल्म सेन्सर बोर्डले बिना कुनै कट पास गरिदिएको छ। कुन शब्द हटाउन भनिएको हो सार्वजनिक भने गरिएको छैन। ‘ट्युबलाइट’ २३ जुनमा रिलिज हुँदैछ। फिल्ममा सलमानका भाइ सोहेल भाइकै भूमिकामा देखिनेछन। सोहेलले यो फिल्ममा लगभग ६ वर्षपछि अभिनय गरेका हुन। फिल्ममा चिनियाँ नायिक जू जू र शाहरुख खानको पनि अभिनय छ। यो पढ्नुस्। जुन सेक्स सिनले उडाएको थियो प्रिटी जिन्टाको निद्रा, सोही सिरिजको ट्रेलर सार्वजनिक ३ प्रकारका पोर्न दर्शक: तपाई कुन प्रकारको...

Read More

संरक्षित क्षेत्रलाई समेटेर २५ वटा विदेशी, एक सार्क र २३ नेपाली चलचित्र छायाङ्कन

३ असार, काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रलाई समेटेर स्वदेशी तथा विदेशी ४८ चलचित्र छायाङ्कन भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारी अनुसार यो आर्थिक वर्षमा उक्त चलचित्र छायाङ्कन भएका हुन् । छायाङ्कन भएका चलचित्रमध्ये २५ वटा विदेशी, एक सार्क र २३ नेपाली रहेका छन् । एक चलचित्र निर्माणका लागि विदेशी मुलुकसँग एक हजार अमेरिकन डलर, सार्क मुलुकसँग २५ हजार नेपाली रुपैँया र नेपालीसँग रु पाँच हजार रुपैँया लिने गरेको विभागले जनाएको छ । विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले छायाङ्कन भएका चलचित्रमध्ये सबैभन्दा धेरै सगरमाथा राष्ट्रिय निकुञ्जमा हुने गरेको जानकारी दिए । उनले भने, “सगरमाथा राष्ट्रिय...

Read More

जुन सेक्स सिनले उडाएको थियो प्रिटी जिन्टाको निद्रा, सोही सिरिजको ट्रेलर सार्वजनिक

३ असार, एजेन्सी। विवेक ओबरोय र ऋचा चड्ढा स्टारर वेब सिरिज ‘इनसाइड एज’ को ट्रेलर रिलिज भएको छ। यो त्यही सिरिज हो, जसको एक सेक्स सिनको कारण प्रिटी जिन्टाको निद्रा उडेको थियो। फरहान अख्तर र रितेश सिधवानीको कम्पनी एक्सेल मिडिया एण्ड एन्टरटेनमेन्टको ब्यानरमा बनेको यो सिरिज आइपिएलको ब्याकस्टेज डिल्सबाट प्रभावित छ। ऋचाले यसमा आइपीएल टीम ओनरको रोल गरेकी छिन, जसलाई प्रिटी जिन्टामाथी आधारित बताइएको छ। यो पढ्नुस्: क्याट्रिनाकी बहिनीलाई पनि सलमानले नै बोक्ने ! सिरिजमा ऋचा र विवेकबीच सेक्स सीन छ। जसलाई लिएर यसका निर्देशक अंशुमानले पहिले नै सफाइ समेत दिइसकेका छन्। उनले एक अन्तर्वार्तमा भनेका थिए, ‘हो, फिल्ममा...

Read More

नयाँ रेकर्ड: ट्विटरमा केटी पेरीको १० करोड फलोअर, केटीपछि छन् यी गायक

३ असार, एजेन्सी। अमेरिकी पप गायिका केटी पेरी विश्वभरमा ट्विटरमा सबैभन्दा बढी फलो गरिएकी सेलब्रेटी बनेकी छिन्। सन् २००९ मा ट्विटरमा आएकी केटीले ट्विटरमा दस करोड फलोअरको आंकडा पार गरेकी हुन। यो आंकडा ट्विटरको दुनियामै पहिलो पटक कटेको हो। अहिलेसम्म केटीले ८५०० भन्दा बढी ट्विट गरिसकेकी छिन्। ट्विटरमा सबैभन्दा बढी फलोअर हुनेमा केटी पछि पप गायक जस्टिन बीबर छन्। उनलाई ९ करोड ६५ लाखले फलो गरेका छन्। अमेरीकाका पूर्व राष्ट्रपति बाराक ओबामाको पनि ९ करोड ६ लाख भन्दा बढी फलोअर...

Read More

क्याट्रिनाकी बहिनीलाई पनि सलमानले नै बोक्ने !

३ असार, एजेन्सी। क्याट्रिना कैफ अहिले आफ्नो अपकमिङ फिल्म ‘जग्गा जासुस’ को प्रमोशनमा बिजी छिन्। प्रमोशनको लागि सामाजिक सञ्जालको प्रयोग पनि निकै गर्दैछिन्। केही समय मात्र भयो क्याट्रिना इन्स्टाग्राममा आएकी, अहिले त्यहाँ अपलोड गरिएको तस्विरहरुमा उनी भन्दा उनकी बहिनी इसाबेला कैफको चर्चा बढी छ। क्याट्रिनाकी बहिनी इसाबेला बलिउडमा इन्ट्री लिने कोसिस गर्दैछिन्। मोडलिङ गरिसकेकी इसाबेला अब क्याट्रिना झै बलिउडमा आउन चाहन्छिन्। बहिनीलाई लञ्च गराउन क्याट्रिना पनि लागिपरेकी छिन्। सलमान खानले नै इसाबेलालाई लञ्च गराउन सक्ने चर्चा पनि बलिउडमा छ। ३१ वर्षिया इसाबेलाको क्यानेडियन फिल्म Dr. Cabbie को निर्माता थिए सलमान खान। क्याट्रिनालाई बलिउडमा पनि सलमानले नै लञ्च गराएका...

Read More
Advertisements