Category: खेलकुद

नेपाली क्रिकेटरको रोकिएको तलब दिने आइसीसीको निर्णय

१४ बैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब दिने भएको छ । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि खेलाडीहरुले १५ महिनादेखि तलब पाएका थिएनन् । आईसीसीको बोर्ड बैठकले नेपाली खेलाडीलाई रोकिएको तलव उपलब्ध गराउने निर्णय गरेको हो । निलम्बन फुकुवाका लागि भइरहेको प्रक्रियाको पनि आइसीसीले स्वागत गरेको छ । क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा क्यानलाई निलम्बन गर्ने निर्णय गरेको थियो । निलम्बनसँगै क्यानको बैंक खाता पनि रोक्का भएपछि खेलाडीले तलव पाउन सकेका थिएनन्...

Read More

आज राती इङलिस् लिगमा हुँदैछ सबैभन्दा ठूलो भिडन्त

१४ वैशाख, काठमाडौं । इङलिस प्रिमियर लिगमा आज महत्वपूर्ण म्यानचेस्टर डर्बीको खेल हुँदैछ । नेपाली समय अनुसार आज राती साढे १२ बजे म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच भिडन्त हुन लागेको हो । अब लिगमा ६ खेल मात्र बाँकी हुँदा लिगमा सिटी ६४ अंकसहित चौथो र युनाइटेड ६३ अंकसहित पाँचौ स्थानमा भएकोले पनि आजको खेल एकदमै महत्वपूर्ण छ । किनकी शीर्ष चारभित्र अटाउने टिमले च्याम्पियन्स लिग खेल्न पाउने भएकोले पनि आज जित्ने टिमले च्याम्पियन्स लिग खेल्ने सम्भावना धेरै छ । यस अघि बार्सिलोनामा रहेका पेप ग्वार्डिओला र रियल म्याड्रिडमा रहेका जोजे माउरिन्हो क्रमशः सिटी र युनाइटेडमा रहेकोले पनि यसपटकका भिडन्तलाई...

Read More

फुटबलको पत्याउनै गाह्रो रोचक पक्ष: जसले १९३ खेलपछि बल्ल बार्सिलोनाका लागि गोल गरे

१४ वैशाख । काठमाडौं फुटबल खेलाडी भन्नेवित्तिकै गोल सम्झिन्छ । फरवार्डहरुले नियमित गोल गरिरहेका हुन्छन् । तर, अर्जेन्टिनी बार्सिलोनाका जेभियर मास्चेरानोले १९३ औं खेलपछि १९४ औं खेल लेख्ने क्रममा बार्सिलोनको लागि गोल गरेका छन् । २०१२ देखि बार्सिलोनाबाट खेल्न थालेका डिफेन्सिभ मिडफिल्डर मास्चेरोनाले क्बलमा आएको पाँच वर्षमा पहिलो गोल गरेका हुन् । यसका लागि १९४ औं खेल कुर्दै बुधबार राती उनले ओसासुनाविरुद्ध गोल गरेका हुन् । तर, लामो समय गोल गर्दा पनि उनले पेनाल्टीको सहारा लिनुपर्यो । मास्चेरानोले ६९ औं मिनेटमा पोनाल्टीमा गोल गरेका हुन् । उनको यो गोल बार्सिलोनाका प्रशिक्षक लुइस इन्रिकेले बार्सामा प्रशिक्षण थालेदेखिको पाँच सयौं गोल...

Read More

मेसीको सनसनीपूर्ण गोलको सेलिब्रेसनका रोचक मीम, जो सामाजिक सञ्जालमा भाइरल भए

१२ वैशाख,  काठमाडौं । स्पेनका महारथीद्वय रियल म्याड्रिड र बार्सिलोना आफैंमा चरम फुटबल प्रतिद्वन्दी हुन् । साथै, बार्सिलोना क्याटालोनिया क्षेत्रको भएकोले यी दुईबीच भौगोलिक र राजनीतिक द्वन्दले पनि परम्परादेखिनै जरो गाड्दै आएको छ । यस्तोमा यी दुईबीच फुटबल खेल्छन् तर, यिनको फुटबललाई युद्धभन्दा पनि माथि राखेर व्याख्या गर्ने पनि उत्तिकै छन् । किनकी म्याड्रिड र बार्सिलोनाको खेल भावनामा बढी बग्छ, त्यसैले यी दुई क्लबबीचको खेल तिक्ततापूर्ण र शत्रुतापूर्ण हुँदै आएको छ । यस्तैमा रियलले लालिगाको दोस्रो भिडन्त अर्थात इएल क्लासिकोमा बार्सिलोनालाई आफ्नो मैदानमा स्वागत गर्दा खेल नाटकीय बन्दै ८५ मिनेटसम्म दुई-दुईको बराबरीमा पुग्ने छाँट देखियो । २८ औं मिनेटमा...

Read More

आइपिएलको एउटा खेल: जसले समर्थकलाई छक्क बनाउँछ, दिक्क बनाउँछ

११ वैशाख, काठमाडौं । आइपिएलको २७ औं म्याचमा स्टार खेलाडीले भरिएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेजर्स बैंग्लोरबीचको खेल धेरै नै प्रतिस्पर्धी हुने आंकलन गरिएको थियो । पहिलो ब्याटिंग गरेको कोलकाताले १० ओभरमा ९० रन बनाएर यस्तो संकेत नदिएको होइन तर, त्यसपछि १३१ रन पुग्दा सबै विकेट गुमाउँन बाध्य भयो । अर्कोतिर थियो आरसिबी जहाँ क्रिस गेल, विराट कोहली, एभिडे भिल्लर्स, मन्दिप सिंह, केएम जाधव, स्टुआर्ट बिन्नी जस्ता आक्रामक ब्याटसम्यान हुँदा उसले सजिलै खेल जित्ने अनुमान गरिएको थियो । तर, भयो के भने १३२ रन पछ्याउने क्रममा आरसिबीले आइपिएलको इतिहासमैं सबैभन्दा कम रन अर्थात ४९ रन बनाउन सक्यो ।...

Read More

क्लब फुटबलमा मेसीको दुर्लभ रेकर्ड

११ बैशाख, काठमाडौं । इएल क्लासिकोमा उत्कृष्ट २ गोल गरेसँगै बार्सिलोनाका सुपरस्टार लियोनेल मेसीले क्लब फुटबलका सबै प्रतियोगितामा गरेर ५०० गोल गरेका छन् । रियलविरुद्ध दुई गोल गरेपछि उनले ५०० गोलको रेकर्ड राखेका हुन् । अहिलेसम्म क्लब फुटबलमा २७ खेलाडीले मात्र यो रेकर्ड राखेका छन् । मेसीले ५७७ खेल खेल्दै यति गोल गरेका हुन् । इएल क्लासिकोका उच्च गोलकर्ता रियलविरुद्ध दुई गोल गरेका मेसी इएल क्लासिकोमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । मेसीले इएल क्लासिकोमा २३ गोल पुर्याएका छन् । रोनाल्डोको नाममा १६ गोल छ । अल्फ्रडो डो स्टेफानोको नाममा १८ गोल छ । यो पढ्नुस्: सनसनीपूर्ण खेल:...

Read More

सनसनीपूर्ण खेल: मेसीले फुटबलकै ठूलो भिडन्तमा रियललाई उसकै मैदानमा धूलो चटाएपछि …

११ वैशाख, काठमाडौं । सुपरस्टार लियोनेल मेसीको सनसनीपूर्ण गोलमा विश्वचर्चित इएल क्लासिको भिडन्तमा बार्सिलोनाले बाजी मारेको छ । आज बिहान सकिएको खेलमा बार्सिलोनाले परम्परागत र प्रतिस्पर्धी रियल म्याड्रिडलाई ३–२ ले पराजित गरेको हो । २८ औं मिनेटमा डिफेन्डरको गल्तीको फाइदा उठाउँदै कासिमेरोले गोल गरेपछि रियल आफ्नै मैदानमा एक शुन्य गोलको अग्रता दिलाउन सफल भयो । तर, रियलको यो अग्रतालाई बार्सिलोनाका मेसीले एकल प्रयासमा डिफेन्डरको धज्जी उडाउँदै ३३ औं मिनेटमा गोल गरेर खेलमा १–१ गोलको बराबरी गरे । पहिलो हाफसम्म खेल बराबरीमैं टुंगियो । दोस्रो हाफमा बार्सिलोनाले सुन्दर मौका गुमाउन पुग्यो भने मेसी, सुवारेजको उत्कृष्ट प्रयासलाई रियलमा किपर नाभासले विफल...

Read More

फुटबलको महाभिडन्तमा मेसीको बार्सिलोना र रोनाल्डोको रियल भिड्दै

१० बैशाख, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आज राती बार्सिलोना र रियल म्याड्रिड आमनेसामने हुँदैछन् । लिगका खेल सकिंदै लाग्दा लिगको उपाधि रियलले जित्छ की बार्सिलोना पनि उपाधि होडमा फर्किन्छ भन्ने टुंगो लाग्ने भएकोले पनि यी दुईबीचको आज हुने इएल क्लासिको भिडन्तलाई निक्कै महत्वका साथ हेरिएको छ । एक खेल कम खेलेको क्रिश्चियानो रोनाल्डोको टिम रियल लिगमा बार्सिलोनाभन्दा ३ अंकले अघि छ, अर्थात उसको ७५ अंक छ । बार्सिलोनाको ७२ अंक छ । यस्तोमा लिगमा फर्किनका लागि बार्सिलोनालाई जित्नैपर्ने दबाब छ । आज हारे रियललाई ६ अंकको अग्रता र थप एक खेलमा पनि तीन अंकको अग्रता लिंदै ९...

Read More

डिपिएलको उपाधि पारसको टिम चौराहालाई

९ बैशाख, काठमाडौं । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उपाधि धनगढी टिम चौराहाले जितेको छ । लिग चरणमा खेलेका ५ मध्ये २ मा मात्रै जित निकालेको राष्ट्रिय टिमका कप्तान पारस खड्काको टिम चौराहले आज बिराटनगर किंग्सलाई ६२ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको टिम चौराहले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । उसका लागि आरिफ शेखले ३० बल खेल्दै ४ छक्का र ४ चौकाको मद्दतमा ५४ रनको महत्वपूर्ण योगदान गरे । अमर रौतेलाले १५ बलमा ३१ रन हाने भने कप्तान पारस २९ रन बनाएर पभेलियन फर्किएका थिए । जवाफी...

Read More

डिपिएल फाइनल: कप्तान पारसको टिमले दिएको १६० रन पछ्याउँदै विराटनगर किंग्स

९ बैशाख, काठमाडौं । धनगढी प्रिमियर लिगको फाइनलमा कप्तान पारस खड्काको टिम चौराह धनगढीले विराटनगर किंग्सलाई १६० रनको लक्ष्य दिएको छ । कप्तान पारस खड्काले टस जितेपछि पहिले ब्याटिंग गर्ने निर्णय गरेका थिए । धनगढीले २० ओभरमा ५ विकेटको क्षतिमा १५० रन जोड्न सक्यो । टिम चौराहका लागि आरिफ शेखले अर्धशतक हाने । पारसले २९ रन बनाए । शरद भेषवाकरको टिमले जवाफी ब्याटिंग थालेको छ ।  यो पढ्नुस्: आइपिएल क्रिकेटमा दुर्लभ र अनौठो कीर्तिमान, जसले बनाए दौडदैं नदौडी ४२...

Read More