Category: स्वास्थ्य

विश्वका ३० करोड व्यक्तिलाई डिप्रेसन

एजेन्सी । विश्व स्वास्थ्य संघ डव्ल्यु एचओ को ताजा विवरण अनुसार विश्वभरका करिब ३० करोड भन्दा बढि व्यक्ति डिप्रेशनबाट ग्रसित छन् । संयुक्त राष्ट्रसंघले विश्व स्वास्थ्य दिवसको अवसरमा शुक्रवार नै यो तथ्य सार्वजनिक गर्दै भनेको छ, ‘यो आँकडा विश्वका सबै राष्ट्रको लागि एक चेतावनी हो । यसलाई सबैले मनन गरि समस्या समाधान तिर लाग्नुपर्दछ ।’ यसका अनुसार डिप्रेशनका कारण ग्रसित हुनेको संख्या सन् २००५ देखि २०१५ सम्ममा १८ प्रतिशतले बढेको हो । रिपोर्टका अनुसार आत्महत्या गर्नेको संख्या पनि दिनानुदिन बढ्दै छ...

Read More

नेपालका ८० प्रतिशत मानसिक रोगी उपचारबाट बञ्चित

१८ चैत, काठमाडौँ । नेपालमा मानसिक स्वास्थ्य समस्या भएका ८० प्रतिशत मानिस उपचार पाउनबाट बञ्चित रहेको एक अध्ययनले देखाएको छ । काठमाण्डौँमा अाज सार्बजनिक गरिएको अध्ययन प्रतिवेदन अनुसार मानसिक समस्या भएका २० प्रतिशतले उपचार पाए पनि ८० प्रतिशतले जीवनभर नै उपचार पाउन सकेका छैनन् । कोशिस संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा समाजमा हुने गरेका नकारात्मक व्यवहार र उचित उपचारको अभावमा धेरै व्यक्तिहरुले आत्महत्या गर्दै आएको उल्लेख छ । नेपालमा १ प्रतिशत मानिसहरुमा जटिल किसिमको मानसिक समस्या रहेको र करिब ३० देखि ५० लाखसम्म मानिसहरुमा कुनै न कुनै किसिमको मानसिक समस्या रहेको अनुमान छ । नेपालका भौगोलिक क्षेत्रमा सञ्चालन गरिएको कार्यक्रम...

Read More

जान्नुस्, गर्मीमा सुत्नअघि नुहाउँनुका ८ फाइदा

गर्मी मौसम भित्रिइसकेको छ । यस मौसममा यदि तपाई नुहाएर सुत्नुहुन्छ भने धेरै फाइदा लिन सक्नुहुन्छ । त्यसो भए जान्नुहोस्, तपाई के–कस्ता फाइदा लिन सक्नुहुन्छ । १. मिठो निन्द्रा – रातमा सुत्नअघि नुहाएमा दिनभरिको थकान टाढा भाग्छ । यसो गर्नाले मांसपेशीलाई आराम दिलाउँछ र मिठो निन्द्रा लाग्छ । २. ब्लड सुगर नियन्त्रण – अमेरिकी डायबिटिक एसोसिएसनका अनुसार, रातमा मनतातो पानीले नुहाउँनाले ब्लड सुगरको मात्रा कम हुन्छ । ३. माइग्रेनबाट छुट्कारा – एक अध्ययनले रातमा सुत्नअघि मनतातो पानीले नुहाउनाले माइग्रेनको समस्याबाट राहत मिल्ने बताएको छ । ४. तौल घट्छ – यदि तपाई मोटोपनबाट दिक्क हुनुहुन्छ भने, चिसोपानीले रातको समयमा नुहाउँनुहोस्...

Read More

थकाइ मेटाउने ९ खाद्य पदार्थ, दैनिक खाँदा थकान र सुस्ती भगाउँछ

दिनभरको दौड–धुपका कारण हाम्रो शरीर निक्कै थाक्छ । यदि तपाई आफ्नो शरीरलाई दिनानुदिन ऊर्जाशील राख्न चाहानुहुन्छ भने आफ्नो दैनिक खानामा केही यस्ता खाद्य पदार्थ सहभागी गराउँनुहोस्, जसले तपाईको थकान वा सुस्तीलाई टाढा भगाउँछ । तर, ध्यानमा राख्नुहोला यी खाद्य पदार्थ दैनिक लिन आवश्यक हुन्छ, एक दुई पटकमा यसो असर देखिँदैन । १. ब्राउन राइस – चिकित्सकका अनुसार, ब्राउन अर्थात् खैरो चामल शक्तिवद्र्धक हुन्छ, कम्तिमा पनि यसलाई बेलुकाको खानामा खानुभए राम्रो हुन्छ । २. सख्खरखण्ड – सख्खरखण्डमा कार्बोहाइड्रेट र बीटा क्यालोरी पाइन्छ, जसले हाम्रो शरीरको थकाइलाई हटाउँछ । ३. मह – बिशेषगरी चिसो मौसममा महले शरीरलाई बिशेष ऊर्जा दिन्छ ।...

Read More

चुम्बनबाट सर्ने ७ प्रकारका रोग

चुम्बनका फाइदा र बफाइदा दुवै छन् । चुम्बन गर्दा पार्टनरको मुखसंग प्रत्यक्ष सम्पर्क हुनेहुँदा केही रोग सर्ने सम्भावना सधै रहन्छ। १. संक्रमण सर्ने खतरा – जब हामी कसैलाई चुम्बन गर्ने क्रममा अघि बढ्छौ, हाम्रो दिमागमा रोग सर्ने खतराबारे एउटा कुरा पनि दिमाग आउँदैन । यौन सम्पर्कबाट मात्रै रोगको संक्रमण हुन्छ भन्ने मानसिकता छ, तर चुम्बनका क्रममा पनि एक व्यक्तिबाट अर्कोमा संक्रमणको खतरा हुन्छ । २. रुघाखोकी – रुघाखोकी लागेको व्यक्तिले अर्कोलाई चुम्बन गर्दा र्यालबाट सर्न सक्छ । विशेषगरी यो तीन तरिकाले सर्छ, हाछ्यु गर्दा, खोक्दा र चुम्बन गर्दा । ३. फोका वा ठेउला उठ्ने – ओठमा फोका वा ठेउला...

Read More

दिमागबाट उत्पन्न विद्युतले बत्ती बाल्न सकिन्छ, जान्नुहोस् दिमागबारेका ११ रोचक तथ्य

एक महत्वपूर्ण अंगको रुपमा हाम्रो शरीरमा रहेको मस्तिष्कबारे धेरैजसोलाई थाहा नहुन सक्छ । मस्तिष्क वा दिमागलाई लिएर लगातार अध्ययन गरिँदै आएको छ । त्यसमध्यकै ११ रोचक तथ्यबारे यहाँ चर्चा गरिएको छ । १. हाम्रो दिमागले प्रत्येक समय १२ देखि २५ वाट बराबरको विद्युत उत्पादन गर्छ । यसबाट एक सानो लेड बल्ब बाल्न सकिन्छ । २. महिलाको दिमागको तुलनामा पुरुषको दिमाग १० प्रतिशतले बढी हुन्छ । ३. मस्तिष्कमा रहेको ‘ब्लड भेसल्स’को कुल लम्बाई करिब ६४५ किलोमिटर हुन्छ । ४. दिमागको आकार लगातार कम हुँदै गइरहेको छ । पछिल्लो २० हजार बर्षमा यसको आकार घटेर टेनिस बल जति पुगेको छ । ५....

Read More

कपाल कलर गर्दा उत्पन्न हुन्छन् यी ८ समस्या

कपाल सुन्दर बनाउने नाममा कैयौ व्यक्तिले विभिन्न कपालमा विभिन्न रङहरु लगाउने गर्दछन् । तर ती रंगहरुले गर्ने असरको बारेमा कसैले ध्यान दिदैनन् । बजारमा पाइने हेयर ट्रिटमेन्ट तथा कलरहरुमा विभिन्न रसायनिक पदार्थ मिसाइएको हुन्छ । जसको असर सिधै कपाल तथा टाउकोमा पर्न जान्छ । त्यसैले यस्ता वस्तुहरु प्रयोग गर्नुपुर्व यी कुरामा ध्यान पुर्यान जरुरी छ । १. कपालमा प्रयोग गरिने हेयर कलरमा क्षार तथा पिपिडी नामक केमिकल हुन्छ । यसले छालामा रातो दाग र धब्बा बनाउँछ । २. नियमित रुपमा हेयर कलर प्रयोग गर्नाले कपालमा भएको पौष्टिक तत्व नाश भइ कपाल रुखो हुने तथा झर्ने समस्या सुरु हुन्छ ।...

Read More

जुन हर्मोनको कारण तपाई पुरुष हुनुहुन्छ त्यसको यसरी राख्नुस् ख्याल

टेस्टोस्टेरन हर्मोन पुरुषको अण्डकोषमा उत्पन्न हुन्छ। सामान्य रुपमा बुझ्दा यहि हर्मोन पुरुष हुनुको मुख्य कारण मानिन्छ। यो हर्मोनले पुरुषको आक्रमकता, दारी, मसल्स र यौन क्षमतासंग सीधा सम्बन्ध राख्छ। शारीरिक र मनोवैज्ञानिक स्वास्थ्यको लागि यो हर्मोनबारे सबै पुरुषले बुझ्न जरुरी हुन्छ। टेस्टोस्टेरन हर्मोन उमेरसंगै कम हुँदै जान्छ । एक अनुमानको अनुसार ३०-४० वर्षको उमेर पश्चात हेरकवर्ष २ प्रतिशतको दरले यसको उत्पादनमा कमी आउँछ। यसको क्रमिक गिरावट स्वास्थ्यको लागि कुनै समस्या होइन तर केही यस्ता रोग, उपचार विधि तथा चोट छन् जसको कारण शरिरमा टेस्टोस्टेरनको मात्रा सामान्य भन्दा कम हुन सक्छ। टेस्टोस्टेरन हर्मोनको कमीलाई हाइपोगोनडिजम भनिन्छ। ब्रिटिश पब्लिक हेल्थ सिस्टमको अनुसार...

Read More

आलुले १ मिनेटमै निको पार्छ दाँतको दुखाई, जान्नुस् ५ घरेलु उपाय

राम्ररी दाँत सफा नगर्दा वा चिसो पानी पिए लगत्तै तातो चिज खाएपछि दाँत दुख्ने हुन्छ । दुखाई सहन नसक्दा प्राय हामी चिकित्सक कहाँ पुगिहाल्छौ, तर घरेलु उपायतिर ध्यान दिँदैनौँ । जान्नुहोस्, दाँत दुख्दा अपनाउन सकिने घरेलु उपाय, जसले तत्कालै आराम दिन्छ । कागती – कागतीमा भिटामिन सी हुन्छ, जसले दाँतको दुखाईबाट छुट्कारा दिलाउँन सक्छ । दुखेको भागमा कागती लगाउँन तुरुन्तै राहत मिल्छ । आलु – यदि दाँतको दुखाईका साथ–साथै सुन्निने पनि भए आलुलाई ताछेर त्यसको टुक्रालाई दुखेको ठाउँमा १५ मिनेट राख्नुहोस्, चाँडै आराम महशुस गर्नुहुन्छ । लसुन – लसुनको एक पोटीलाई नुनसँग खानुहोस्, यसले दाँतको दुखाईबाट राहत दिन्छ ।...

Read More

पानी पिउँने सहि तरिका र समय, जसलाई अपनाएमा धेरै रोगबाट बच्न सकिन्छ

पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बुधबार विश्व पानी दिवस मनाइँदै छ । विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो । सबैलाई थाहा भएकै हो शरीरका लागि पानी अत्यावश्यक छ । तर, पानी पिउनुको पनि सही तरिका र समय हुन्छ । जसलाई अपनाएमा धेरै रोगबाट बच्न सकिन्छ । पानी पिउने तरिका : आयुर्वेद चिकित्साअनुसार, पानीको तापक्रम शरीरको तापक्रम भन्दा कम हुनुहुन्न । गर्मी मौसममा धेरै जसो...

Read More