holi and lola१३ चैत, काठमाडौ । आज होली पर्व विषेश गरी पहाडी जिल्लाहरूमा निकै हर्सोल्लासपूर्वक खेलिँदैछ । विभीन्न रंगहरुको मिश्रण दलेर खेलिने यो होलीमा कहिले काँही अनावश्यक पदार्थहरू समेत शरिरमा पर्दा त्यसले शरिरलाई पनि बेफाइदा पुर्याउन सक्छ । त्यसैले होलीमा प्रयोग गरिने रंगमा विषेश ध्यान दिनु आवश्यक हुन्छ ।
होलीमा प्रयोग गरिने रातो, हरियो, निलो, पहेंलो अनेकौं रंगहरूले अनुहारको छालामा हानी पुर्‍याउँन सक्छ । अनुहारको छालामा लगाइएको होलीको रंग राम्रोसँग सफा नहुँदा त्यसले छालालाई नकारात्मक असर गर्छ । त्यसैले होलीको सफा गर्दा पनि विषेश ध्यान दिनुपर्छ । यसरी होलीको रंगलाई पुर्ण रूपमा अनुहारबाट हटाउनका लागी विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ । केही त्यस्ता उपायहरू यस्ता छन्…
– कांक्रोको रस दुई चम्चा, एक चम्चा ‘भिनेगर’ र आधा चम्चा गुलाव जल मिसाएर मिश्रण तयार गर्ने र उक्त मिश्रणले हातमुख धुने ।
– दुधमा काँचो मेवा पिसेर मिसाउने र त्यसमा मुलतानी मिट्टी र बदामको तेल हालेर बनाइएको लेप अनुहारमा लगाउने । आधा घन्टासम्म त्यतिकै राखेर मुख धुने ।

– चनाको पिठोमा कागतीको रस र दुध मिसाएर लेदो बनाएर छालामा लगाउने र १५–२० मिनेट राखेर मन तातो पानीले सफा गर्ने ।
– मुलाको रस, दुध र मैदामा मिसाएर बनाइएको पेष्ट अनुहारमा लगाएर केही बेरपछि मनतातो पानीले सफा गर्ने ।