shahrukh-khan

बलिउड सुपरस्टार शाहरुख खानमाथि मानहानीको मुद्दा हालिएको छ। उनमाथी मुद्दा हाल्ने अरु कोही नभएर पुराना बलिउड नायक मनोज कुमार हुन। प्रसंग हो शाहरुख खानको सन २००७ मा सार्वजनिक भएको चलचित्र ‘ओम शान्ति ओम’ को । उक्त चलचित्रका केही दृश्यहरुमा नायक मनोज कुमारको खिल्ली उडाइएको  थियो। नायक मनोज कुमारले चलचित्रका केही दृश्यमा आपत्ती जनाएपछि चलचित्र नायका र निर्देशक फराह खानले उक्त दृश्य हटाइने बताएका थिए।
हाल उक्त चलचित्र जापानमा सार्वजनिक गरियो तर चलचित्रको उक्त दृश्य अझैं नहटाइए पछि क्रुद्ध बनेका मनोज कुमारले शाहरूख र उनको कम्पनी विरुद्ध मानहानीको मुद्दा हालेका हुन्।