स्वास्थ्यको लागी दैनिक ६ देखी ८ घण्टा सुत्नु अनिवार्य नै मानिन्छ। तपाई थाहा छ ? कहिले कहिँ सुत्नु हानिकारक पनि हुन्छ ।

अर्थ र नीतिका महाविद्धान आचार्यले चाणक्यले यस्ता विशेष परिस्थिति पनि बताएका छन् त्यतिबेला सुत्नु हुँदैन्। उनका यी विचार सयौं वर्ष पहिले लेखिएका हुन। केही असंगत र सामान्य पनि लाग्न सक्छन् तर त्यतिखेरको परिस्थिति र आजको बेलमा मुल्याङकन गरेर पढ्दा सहि निचोड निकाल्न सकिन्छ। अर्थशास्त्रमा त चाणक्य निति आज पनि अब्बल मानिन्छन्।

chanakya-niti

आचार्य चाणक्य भन्छन्-यी सात किसिमका मानिस सुतेका छन् भने उनिहरुलाई तुरुन्त उठाउनु पर्दछ।

आचार्य भन्छन्-
विद्यार्थी सेवक: पान्थ: क्षुधार्तो भयकातर:।
भाण्डारी प्रतिहारी च सप्त सुप्तान् बोधयेत्।।

यो श्लोक भनिएको छ-यदी कोही विद्यार्थी परिक्षाको समयमा सुतिरहेको छ भने उसलाई तत्काल उठाइदिनु पर्दछ किन भने उसले राम्रो अभ्यास गर्न सक्छ परिक्षा को लागि। अन्यथा विद्यार्थी सुतिरहन्छ र परिक्षामा राम्रो गर्न सक्दैन्।

  • यदि नोकर कामको समयमा सुतिरहकेो भने उसलाइ उठाइ दिनु पर्छ अन्यथा कार्य पुर्ण सक्दैन्।
  • यदि कोइ मानिस निन्द्रामा डराइ रहेको छ भने उनलाई पनि तत्काल उठाइ दिनु पर्छ ताकी भयानक सपनामा अवरोध होस र उनलाई शान्ति मिलोस
  • यदि कोइ यात्री बाटोमै निदाइरहेको छ भने उसलाइ पनि तत्काल उठाइदिनु पर्दछ, उसको सामान चोरी हुन सक्दछ।
  • यात्रीलाइ सुतेर देखेर चोरले उसका धनमाल लिएर भाग्न सक्छ ।
  • यदि भोको मानिस सुतिरहेको छ भने उसलाई उठाएर भोजन गर्न लगाउनु पर्छ । भोको पेटमा सुत्नाले शारीरिक कष्ट र विरामी पर्ने संभावना हुन्छ ।
  • कुनै भण्डारका रक्षक पनि सुतिरहेका छन् भने तुरुन्त उठाइदिनु पर्छ। भण्डार गृहका रक्षक सुत्नाले चोरी सातै अन्य खतरा हुन्छ।