hugo chavez dies२३ फागुन, एजेन्सी । भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज करिब १ वर्ष लामो स्वास्थ्य समस्याबाट जुध्दै गर्दा उनको आज बिहान स्थानीय समानुसार ३ बजेर ५५ मिनेटमा निधन भएको छ । उनको निधनको घोषणा गर्दै उपराष्ट्रपति निकोलस मधुरोले आफ्ना राष्ट्रपति रोगका कारण मरेको नभइ अमेरिकी षड्यन्त्रका कारण मरेको बताएका छन् ।
उनले आँखाभरी आँशु लिँदै ह्युगो चाभेजको निधनको खबर सुनाउँदै अमेरिकाले बदला लिनका लागी षड्यन्त्रपूर्वक ह्युगो चाभेजलाई मारेको बताएका थिए । उनका अनुसार ह्युगो चाभेजलाई क्यान्सर हुनुमा अमेरिकी दुई अधिकारीको मुख्य हात रहेको बताएका थिए । भेनेजुयलामा अमेरिकी सेनाले गरेको हवाई आख्रमणका कारण ह्युगो चाबेज बिरामी परेको बताएका छन् । उनले अमेरिकी दुई अधिकारी कर्णेल डेभिड डेलमोनाको र मेजर डेभ्लिन कोस्टललाई भेनेजुयला सरकारले देशबाट निकाल्ने समेत बताएका छन् ।
यता अमेरिकाले पनि ती दुई अधिकारी अमेरिकाको भएको स्विकार गरेको छ भने डेभिड डेलमोनाको अहिले अमेरिकामा नै भएको बताएको छ ।